ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग १)


राजन “कल्पित”

कोपिलामै ओईली झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटिगए सबै जीवन तर्ने पूलहरु…

अगष्ट महिनाको प्रचण्ड गर्मि संगै चलेको कहाली लाग्दो हुरी बतास संगसंगै उडेको कुवैतको धुलो भित्र रुमलिएको एउटा निर्थक जीवन.. फगत रोजी रोटिको खोजीमा मृगतृष्णा बनेको भविष्यको सपना बोकेर भौंतारिईरहेको मेरो जीवन… उफ कस्तो उकुश-मुकुश निसास्सिएको मन र तातेका सडक पेटीहरु ! मौसम परिवर्तनसंगै उठेको वास्पिकरण (रुतुवा) ले निथ्रुक्क भिजेको शरीर र थकित मन अनि मिठो मिलनको कल्पना… भताभुङ्ग अनि लाथालिंग हजारौ जीवनका गल्लि अनि गल्छेडाहरु…!! अनेकौं अप्ठ्यारा घुम्तीहरु… मरभूमिमा फुलेको एउटा सुनौलो गुलाफको फुल अनि त्यसलाई चुम्ने चाहना बोकेको एउटा लोभी भवंराको सपना आहा ! खुशीले मन चंगा बनेर हावामा उडी रहेछ कतै उड्दाउड्दै धागो टुटेको चंगा झैँ मेरो जीवनको अस्तित्व  हराउने त होइन ? छि..! कस्तो अर्थहीन सोंचाई जीवनको सबैभन्दा सोणिम क्षण जताततै पुष्पगुच्छाको वर्षा हुने क्षण फगत मेरा सोचाईहरु…!!

आहा ! आज दुई वर्ष देखिको लामो प्रतिक्षाको बर्ष घडी सकिंदैछ यानी दुई वर्ष पछी  पहिलो पटक हाम्रो भेट हुँदैछ, साँचिनै मेरी सिमा रानी मायाको तुफान लिएर आउने छिन् अनि मलाई पूर्ण रुपमा… मेरो ब्यर्थ कल्पने बानि नराम्रो मेरो मनमा निकै कौतुहलताको आँधिहुरी नै चलेको छ । कस्ती होलि ऊ ? बोलिबचन त निकै राम्रो छ । स्वर त कोइलीको भन्दा एक रति पनि कम होइन, मेरो मनको चाहना हो पक्कै राम्री छ हुन त मान्छे राम्रो कहाँ हुनु पर्छ र दिल बसेको राम्रो भन्छन मायालाई नजिकबाट स्पर्श गर्नेहरु ! अनि मान्छेको सुन्दरता अनुहारमा होइन त्यसलाई हेर्ने नजर र बुझ्ने मनमा भर पर्छ । कतिबेला ऊ मेरो मन मुटुमा अड्डा जमाई थाहै छैन । कुवेतमा VIVA (लाइन) को आगमन संगसंगै बिजारोपण भएको हाम्रो (प्रेम) बिरुवा आज फुल बनि फक्रि रहेछ, फगत ऊसको ’boutमा सोच्दै म बसको यात्रा गरिरहेछु । बिचरी एउटी नोकरानीको बाध्यता होला, बिहानदेखि फोनमा कुरा हुन सकेको छैन । मनमा केहि खिन्नता र निराशापन… विचरा मालिकले छुट्टि दिए त आउने होलानी नत्र भने कसरी ? तर पनि मनमा पूर्ण आशा र बिश्वासका साथ म उसैको पर्तिक्षामा पर्खिरहेछु । तिनबर्ष पछी मालिकनिलाई गोडा मोल्दामोल्दै बल्लतल्ल मिलेको छुट्टि त्यो पनि मात्र २ घन्टाको बिचरी मेरी काली सिमा रानी… मालिकको घर बाहिर कस्तो छ भन्ने केहि पनि नजानेकीलाइ कता हो कुवैत सिटी, कता मालिया सिटी ? ऊ अबोध अनि अन्जान तर पनि आसाको दियो निभ्न सकेको थिएन, बिश्वासको घिऊ थप्दै म उसलाई नै कुरी रहें अनि मिठो मिलनको प्रतीक्षामा बसिरहें । म उसलाई ह्रिदय देखिनै माया गर्थें र ऊ पनि मलाई त्यतिकै चाहन्थी, चाहना र समर्पणको भाव दिन प्रति दिन चुलिंदै थियो ।

अचानक मोबाइलमा आएको अपरिचित मिसकलबाट शुरु भएको हाम्रो फ्रेन्डशिप अन्तत: अमुल्य अनि अनमोल प्रेममा बदलिन पुग्यो । हाम्रो बोल्ने क्रममा एक दिन उसले मोबाईल देखिनै मलाई प्रेम प्रस्ताव राखी साथसाथै एउटा सुनौलो फोटो पनि । उसको चित्त नदुखोस भनेर उसको नाकको अनि आँखाको प्रशंसा गर्दै मेरो फोटो पठाई दिएं । समयको गतिसंगै हाम्रो माया दिन दुईगुना रात चौगुना हुँदै गयो । हुँदाहुँदै फोनबाटै हाम्रो बिवाह भयो, फोनमानै हामीले एक छोरा अनि एक छोरी जन्मायौं, सपनाको चिटिक्क परेको घर आगनमा खेल्दै गरेका भन्ट्याङभुन्टुङहरु एउटा सुनौलो गार्डेन आदि आदि । एउटा श्रीमान/श्रीमतीमा हुने सबै कुरा हुने गर्थ्यो, म उसलाई कहिले बुढी त कहिले प्यारी श्रीमती त कहिले सिमा रानी त कहिले कालिले सम्बोधन गर्थें त उसले पनि कहिले प्यारो श्रीमान मेरो राजा कालु त कहिले राज । हामी कहिले काँही फोनमा रुँदारुँदै हाँस्ने गर्थ्यौं त कहिले हाँस्दाहाँस्दै रुँने गर्थ्यौं । सधैं म उसलाई भन्ने गर्थे “कालि मेरी रानी म त एक विवाहित पुरुष त्यसमा पनि दुईवटा बच्चाको बाबु घरमा श्रीमती  छ किन यसरी आफ्नो जिन्दगी बर्बाद गर्छेउ ? हामि श्रीमान/श्रीमतीको सम्बन्ध भन्दा अरु सम्बन्धबाट पनि त आगाडी बढ्न सक्छौनी हैन र ? तिमी अबिबाहित उमेरकी छौ, राम्री छौ म नै तिम्रो जीबन साथि खोजि बिबाह गरि दिउँला हुँदैन र ? न त हाम्रो जात मिल्छ, तिमी राइकी छोरी म बाहुन भोलि समाजले स्वीकार गर्ला त ? किन तिमी खुकुरीको धारमा पाइला राखेर जीवन यात्रा गर्न चाहन्छौ ? किन आफैलाइ बर्बाद गर्न चाहन्छौ ? किन जानीजानी आगोको भुरोमा हम्फाल्न चाहन्छौ ? प्रेम मात्र सम्पुर्ण जीवन होइन यो त जीवनको एक हिस्सा मात्र हो । प्रेम सिङ्गो बोट होइन मात्र फुलेको सुनौलो फुल हो !” प्रतिउत्तरमा भने गर्थी “मेरो राजा के भनेको त्यस्तो म हजुरको सम्पत्ती जात अनि घरपरिवार हेरेर प्रेम गरेकी हो र ! म त बस कुवेतमा रहेको मेरो राजासंग प्रेम गर्छु हो म हजुरको भनाइमा सहमत छु तर मुटु बिनाको जीवनको के अस्तित्व ? फुल बिनाको बोटको के अर्थ ? अनि प्रेम बिनाको जीवन फगत बेकार जीउनुको के अर्थ ? मात्र पृथिवीको भार हो । तपाईंलाई पाउँदिन थाहा छ तर पनि हजुर बाहेक अरु म कसैको हुने कुरा सोंच्न पनि सक्दिन यो जुनीमा हजुरको हुन नसके र के भयो त अर्को जुनीमा हजुरकै हुन पाउँ, म हजुरलाई जुनी-जुनीसम्म कुरी रहनेछु । मेरो कारणले हजुरलाई पिडा दिन म चाहन्न, म हजुरदेखि टाढा बसेरै भए पनि हजुरको खुशी हेर्न चाहन्छु । मलाई हाम्रो मायाको चिनो एउटा बच्चा दिनुहोस म उसको अनुहारमा हजुरको पर्तिमुर्ती देख्नेछु र हुर्काउनेछु, पढाउनेछु, आफै कमाउनेछु” आदि इत्यादी ! अचानक मोबाईलमा बजेको मिठो धुन “तिमीले दिने माया अजम्बरी छ भनें… गंगाको पानी भन्दा चोखो छ भने मेरो मनको बाटो गरि जीन्दगीमा आइदिनु, तिम्रो दिलमा बसी दिउँला… संगै म झस्किएं ऊ मेरै सामुन्ने एकोहोरो मलाई हेरी रहेकी थिई ।

अचानक हामीहरु एक अर्कामा अंकमाल गर्न पुग्यौं, त्यहा लाखौ चुम्बनकावर्षाहरु बर्षिनै रहे, विस्तारै हाम्रो यात्रा समुन्द्रको किनारतर्फ लम्कियो । हामीहरु एकअर्काको आलिंगनमा बेरिंदै मायाको चिनो साटसाट गर्यौं । उसले आफ्नै हातले बनाएको मिठो खाना खाँदै मुखामुख गरी हेरी रह्यौं । एकछिनको सन्नाटा पछि शुन्यतालाई चिर्दै उस्को केशराशीहरु सुम्सुम्याउँदै भनें साँचिकै तिमी सोँचे भन्दानी राम्री रहिछौ, सागर जस्तै हाम्रो माया सधैं अटल र बिशाल हुनेछ । ऊ लाजले रातोपिरो भई, मलाई झनै उस्को अनुहारमा थप सुन्दरता छाएको आभाष हुँदै गयो, लाग्थ्यो कताकता मनमा अनौठो अनुभब हुँदैछ । हामीहरु पारि क्षितिजमा अस्ताउन लागेको सुर्यको अवस्था हेरेर हाम्रो जीवनसंग तुलना गर्दै म भन्दै थिएं -सिमा रानी समयले हामीलाई पनि एकदिन त्यो पारि क्षितिजमा पुर्‍याउने छ र हामी पनि अस्ताउनु पर्नेछ । प्रतिउत्तरमा उसले भनि, मेरो राजा यो त प्रकृतिको नियम हो, जन्मनु नै मर्नु हो, प्रकृतिले देखाएको बाटोमा  चल्नु हाम्रो धर्म र कर्तब्य हो यसलाई हामीले चाहेर पनि त नकार्न सक्दैनौं । उसको उत्तरले म भावुक बन्थें र मनमनै भन्थें कति बुद्दीजीबी र ज्ञानी छ मेरी काली… मलाई उसको हरेक शब्द, हरेक बानी व्यवहार मन पर्थ्यो र उसलाई पनि मेरो हरेक चिज मन परेको कुरा सुनाउँथी ।

हामी एक अर्कालाई निकैनै इज्जत दिएर सम्बोधन गर्ने गर्थ्यौं । ऊ निकै सहनशील, सुशिल र समाजदार थिई त्यसैले होला एक दिन पनि नराम्रो बोलेको र झगडा गरेको कुनै रिकर्ड थिएन हामी संग । हामी फरक-फरक जात र फरक पारिवारिक वातावरणमा हुर्किए पनि समान विचार, भावना र आत्मसम्मान गर्ने शैलीले होला कुनैदिन नमिठो आनुभब गर्नु परेन । सुर्यले आफ्नो रुप क्षितिजपारि समुन्द्रको काखमा लुकाउनै लाग्दा प्रकृतिले फेरी एउटा अन्याय गर्‍यो, मानब जगतमा कुरूप प्रहार गर्‍यो, फेरी यो धर्तीलाई हेर्दाहेर्दै पारि क्षतिजबाट सुनामीको नकाब लगाएर एउटा भिषण धुवाको मुश्लो बनि धुलो र बालुवाका कण हावाको बेगमा आएर हामी सबैलाई आक्रमण गर्‍यो । चारैतिर अन्धकार नै अन्धकारले छायो कता जाने के गर्ने केहि मेलोमेसो भएन, सास फेर्न पनि अप्ठ्यारो भएको महशुस हुँदै थियो । मन निसास्सियो, हावा हुरी र धुलोको सुनामिनै आयो एकैछिनमा सबै कुवैतलाइ आफ्नो बैंश देखायो, सबैलाई रुवायो, सबैलाई बिरूप बनायो, निसास्सिएको मन र मैलिएको शरीर कता जाने, के गर्ने, ऊ त रुन पो थाली… म सम्झाउँदै भनें -सिमा रानी के हामी प्रकृतिलाई रोक्न सक्छौ ? ऊ चुप भई, मलाई अचानक एउटा साथीको याद आयो कुनै दिन आपत परेमा मलाई फोन गर्नु भनेको थियो, मैले फोन लगाएं र सबै कुरा बताएं उसले केहि शान्तावना दिंदै भन्यो, चिन्ता लिनु पर्दैन मालिया सिटीमा मैले चिनेको एउटा भैया छ उसलाई फोन गर्नु र मेरो नाम लिनु एक घन्टाको लागि कोठाको ब्यबस्था हुनेछ चार्ज आली महँगो होला । मैले भने मर्नु भन्दा बहुलाउन निको म त्यो भैयालाई फोन गरें सम्पर्क हुन सकेन… नेटवर्कले कामै गरेन मन झनै ब्याकुल बन्यो । हामीहरु बिस्तारै-बिस्तारै सडक पेटी छेउमा बलेका मधुरा बत्तिहरुको प्रकाशलाई आधार मानेर अगाडी बढ्दै थियौं । टाढाको जुनभन्दा नजिकको जुनकिरी नै प्यारो थियो हामीलाई । अचानक भैयाको मोबाईलमा फोन लाग्यो मैले सबै कुरा बताएं, हामी उसैको बिल्डिङको वरिपरी भौंतारीनै रहेका रहेछौ । मनमा केहि शितलता छायो अली हलुका भएको महसुस भयो । ऊ काँपेका हातले मेरो हात समाउदै ठुलो राहतको श्वास फेरी । भैयाले अपार्टमेन्टको ढोका उघार्‍यो, मैले उसले भने बमोजिमनै कुनै बार्गनिङ्ग नै नगरी पैसा बुझाएं ऊ निकै खुसि हुँदै एउटा अध्यारो कोठाको चापी खोलिदियो र समय चालु भएको जानकारी दियो । मैले घडी हेरें, घडीमा ६ बजेको थियो हामी दुवै कोठा भित्र प्रवेश गर्‍यौं मोबाइलमा एउटा मिठो धुन बजी रहेको थियो । केहि मिठो बात गर रात त्यसै ढल्किदैछ… भरे फेरी एकान्तमा रुनु त छँदैछ…

एउटा बन्द कोठामा धिपधिप बलेको बत्तिको मधुरो प्रकाश, मिठो संगीतको धुन, मन्ध मुस्कान दिवालमा टाँगीएका अर्धनग्न तस्बिरहरु, एउटा सुकिलो तन्ना बिछाएको बेड, भित्तामा टांगिएको एउटा फुटेको ऐना, झ्यालमा टांगिएको रातो पर्दा, झ्याल बाहिर भिषण हावाहुरी र बालुवाको कणले झ्यालको सिसामा झ्याम-झ्याम हिर्काएको एकोहोरो आवज अनि एक युगल जोडी… एकछिन सुन्यताले छायो । ऊ भित्तामा टाँगीएका अर्धनग्न तस्बिरहरुलाई एकोहोरो नियालेर हेरी रहेकी थिई, म भने उसको निखारिएको सौन्दर्यताको अवलोकन गर्दै निकै रोमान्टिक बनि सकेको थिए । अचानक उसका आँखा तस्बिरबाट हटेर मेरो भौतिक शरीर माथि पर्‍यो, म उसलाई एकोहोरो हेरी रहेको थिएं । उसले लाजले शिर झुकाई, रगतै चुहिएला जसरी उसको अनुहार रातो बनेको थियो म उसको लाजको घुम्टो उघार्ने हेतुले उसको सामिप्यमा समर्पित बन्न पुगें । ऊ पनि मेरो बाहुमा कसिन पुगी दुवै शरीरको घर्षणले त्यहाँ आगो बल्यो हजारौं सुर्यको तापलाई मिथ्या गर्ने प्रेममय रापले हामीहरु पग्लन बाध्य हुनु पर्‍यो । जसरी आगोको छेउमा घिउको वाध्यता… एउटा स्विकार्यको सम्बन्ध, एउटा प्रेम भावले समर्पित दुई आत्मको मिलन हजारौ चुम्बनका वर्षाहरु वर्षी रहे पूर्णस्वर्गीय आनन्दको आभाष अनुभूत हुँदै थियो । उसको सपना पुरा हुँदै थियो यानी उसको आमा बन्ने सपना… आहा ! हाम्रो प्रेम सधै अटल र अमर बनिरहोस् कहिल्यै दुई टुक्रा हुन नपरोस हामीहरु एक साथमा बाचा कसम खाएका थियौं । ऊ मलाई उसको वर्तमान समर्पित गर्न चाहन्थी बदलामा म उसलाई भविष्य सुम्पने बाचा गरें । सहबासको बेला नाग, नागिनीहरु बेरीए जसरी हामीहरु पूर्ण समर्पित भएर एक अर्काको आलिंगनमा बेरिएका थियौं ।

अचानक उसको मोबाइलमा आएको कलसंगै हामी पुन वास्तविकतामा फर्किन बाध्य हुनु पर्‍यो, कल उसको मालिक्नीको थियो विचरी एउटा नोकरानीको बाध्यता अनि विवशता मालिक्नीको बोलिसुन्ने बित्तिकै ऊ डरले कालीनिली हुन थाली, समर्पणको बेगमा समर्पित हुँदै जाँदा कति बेला हामीहरु सम्पुर्ण रुपमा… निस्ठुरी समयले नेटो काटिसकेको थियो, पसिनाले निर्थुक्क भिजेको थकित नग्न शरिर र लथालिङ्ग छरपस्ट छरिएका सामानहरु बिग्रिएका केशराशीहरु… हतासिएको मन अनि कामेका हातहरुले सम्हाल्ने असफल प्रयास पर्दै थिइ ऊ म भनें उसको नग्न शरीरमा प्रष्टै देखिने निलाडामहरुको रहस्य खोजिरहेको थिएं अनि फुटेका कुर्कुच्चाहरुको ब्यथा जान्न चाहन्थे । म उसको कन्चुकीको दुवै छेउ मिलाउदै निलाडामहरुको रहस्य सोधें । ऊ सबै कुरा क्रमश पोख्दै गइ.. शुरुमा भाषा नबुझ्दा काम गलत हुन गएर भोग्नु परेको सास्ती अनि खानुपरेको शारीरिक तथा मानशिक पिडाको नतिजा हो यी निलाडामहरु ऊ बर्बराउदै गइ मालिक्नी (मेडम) घर नहुँदा आफ्नै बाबु समानको मालिकबाटै कयौ पटक वलात्कारको शिकार हुनु परेको आत्म कथा, उरन्ठेउला छोराहरुको बैंश थमि दिनु पर्ने, निर्जीव मेशिन सरह बनेको उसको शरीर अनि आफुलाई निकै सभ्य र सम्भ्रान्त ठान्ने अथितीजन भनाउँदाहरुको सत्कारमा आफुलाई पस्कन परेको कथा व्यथा अनि चरम यौन शोषणको शिकारबाट कुण्ठित शरीरको उपज हो म ! मेरो शरीर शरीर नभई केवल यो त फुटपाथमा बेच्न राखिएको सस्तो खेलौना मात्र हो, म कयौं पटक मरेर पनि जीवित छु अनि जीवित भएर पनि कयौ पटक मरी सकेकी छु अब म फेरीफेरी मर्न चाहन्न म यो नर्कमा नरकिय जीवन जिउन चाहन्न, मलाई मुक्त गर्नुहोस म स्वतन्त्र हुन चाहन्छु, म बाहिर निस्किन चाहन्छु । उसको पिडामा मलाई दुखिरहेको थियो म निकै भाबुक बनिसकेको थिएं, उसका स्वरहरु काँपिरहेका थिए गहभरि आँसु छचल्किएका थिए उसको आसु पुछ्दै मैले उसलाई सम्झाउँदै भनें -काली तिम्रो दु:खमा मलाई दुखिरहेछ के गर्नु मानिस परिस्थितीको दास हो, बाहिरी दुनियाँ झनै कष्टकर हुन सक्छ, घर छाडेर भाग्नु कुवैतको कानुनमा राम्रो मानिदैन । पाईलै पिच्छे पुलिसको डर, बेरोजगारीको जोखिम अनि कुनै ठुलो रोग लाग्यो भने न त उपचार गर्न सकिने न त नेपाल नै फर्किन सकिने ? बरु पैसा जम्मा गरेर रिलिज लिनु पर्छ त्यस्को लागि केहि समय अरु दु:ख गर्नुपर्छ म उसलाई जीवन र मृतुसंग लडिरहेकी शान्ति माया दोङ्ग जस्ता हजारौ पिडितहरुको कथा व्यथा सुनाएं ऊ किमकर्तब्यविमूढ एकोहोरो मलाई हेरी रही, उसको मोबाइलमा एकोहोरो मालिक्नीको फोन बजिरहेको थियो बाहिर धुलो कम भएको कुनै छनक थिएन हावाको बेगसंगै उडेको बालुवाका कणहरु समयले फेरी हामीलाई हावाको बेगमा धकेली दियो । बाहिर भिषण हुरी चलिरहेको थियो, मनमा कुनै शान्ती थिएन भारि मन थकित शरीर, लुला खुट्टाहरुको सहाएताले ऊ पार्क तर्फ लागि जहाँबाट मालिक्नीको ड्राईभरले एकोहोरो हर्न मारिरहेको थियो । ऊ त्यसै तर्फ लागि, म उस्लाई हेरी रहें हेर्दाहेर्दै ऊ धुलोमा हराई, भारि मन विछोडको पीडाले चर्केको छाती अनि मायालुले थमाई दिएको मायाको चिनो बोकी मेरा लुला पाइलाहरु गन्तब्यहिन यात्रा तर्फ बढि रहे । कालो कुहिरोमा हराएको काग बनेर…!!

क्रमश…

Posted by: Jay Ale

2 responses to “ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग १)

  1. nice love story rajan jee keep it up im waiting for part -2 laso

  2. rajan g, yo euta kasaiko lagi kalpanik story vaye pani satya yatharthma dherai mil6 yo ghatana hun sak6 kuwait jasto marbhumi maa ra ghatana ajhai pani hudai hola hami sabai sang-sanstha le pani thah 6 yahako keta keti ko barema. hjur ko yo lekh dherai ramro lagyo ra aru pani padhne sathi lai ramro lageko hola malai pura biswas 6 tar uha haru le comment rakhn nsakeko dhukh lag6. hjur ko dosro bhag padher tesro ko dherai parkhaima 6u dherai lamo samay vayo tar ahile samm rakhnu bhayen plz…chadai prakasti garnu hola hjur ko tesro bhag……..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.