राजन “कल्पित”
कोपिलामै ओईली झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटिगए सबै जीवन तर्ने पूलहरु…
अगष्ट महिनाको प्रचण्ड गर्मि संगै चलेको कहाली लाग्दो हुरी बतास संगसंगै उडेको कुवैतको धुलो भित्र रुमलिएको एउटा निर्थक जीवन.. फगत रोजी रोटिको खोजीमा मृगतृष्णा बनेको भविष्यको सपना बोकेर भौंतारिईरहेको मेरो जीवन… उफ कस्तो उकुश-मुकुश निसास्सिएको मन र तातेका सडक पेटीहरु ! मौसम परिवर्तनसंगै उठेको वास्पिकरण (रुतुवा) ले निथ्रुक्क भिजेको शरीर र थकित मन अनि मिठो मिलनको कल्पना… भताभुङ्ग अनि लाथालिंग हजारौ जीवनका गल्लि अनि गल्छेडाहरु…!! पढ्नेक्रम जारी राख्नुहोस्