– सभामुख सुवासचन्द्र नेम्वाङ्गले संविधानसभाले बनाएको मुल्य मान्यता र प्रकृयाबाट नहिंड्ने सभासदमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।पछिल्लो समयमा सभासदहरुको विषयमा आएको रातो पासपोर्ट दुरुपयोग,एसएलसीमा अन्यलाई सहभागी गराएकोलगायतका विषय गम्भीर प्रकृतिको भएको भन्दै सभामुखले भने, ‘उनीहरुलाई कानून बमोजिम कारबाही हुन्छ ।’
रिपोर्टर्स क्लवको साक्षात्कारमा सोमबार सभामुख नेम्वाङले संवैधानिक समितिको बैठकबाटै कुर्सी फालिएको घटनाप्रति चिन्ता व्यक्त गरे । सभासद् विश्वेन्द्र पासवानले कुर्सी फालेको र ‘आफ्नो माग पुरा नभए मान्छे पनि फाल्ने’ भनि दिएको अभिव्यक्तिले संसदीय मूल्य मान्यतालाई चुनौति दिएको उनले बताए ।
संविधानसभाको अधिकारक्षेत्र बाहिरका विषयहरुले संविधान निर्माण कार्यलाई अवरुद्ध पार्ने गरेको सभामुख नेम्वाङले गुनासो गरे । शान्ति प्रक्रिया टुङ्गयाउने र राज्यको पुनः संरचना आयोग गठन गर्नेजस्ता विषय संविधानसभाको क्षेत्राधिकारभित्र नपरेको भन्दै उनले त्यसलाई उठाएर संविधान निर्माण प्रक्रियालाई प्रभावित पार्ने गरिएको उल्लेख गरे ।
सभामुख नेम्वाङले संविधान निर्माणको क्रममा रहेका २१० विमति मध्ये अब ३० बटामात्रै बाँकी रहेकोले दलहरुले सघन छलफल गरेर त्यो पनि सहमतिमै छिट्टै टुङ्गिने विश्वास व्यक्त गरे । ‘कति सदनात्मक सदन भन्ने विषय टुङ्गसिकेपछि अब शासकीय स्वरुपमाथिको विवाद सहजै टुङ्गनिछ र राज्य पुर्नसंरचनाको विषयमा पनि धेरै छलफल भएकोले त्यसो पनि सहजै टुङ्गनि सक्छ,’ उनले भने ।
Posted by: DPR Source: ekantipur