दक्षिण एसियाली देशहरू भारत, बंगलादेश र श्रीलंकामा आयोजित दसौं विश्वकप क्रिकेट प्रतियोगिता करिब ५ सय अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । फेब्रुअरी १९ बाट सुरु भएको प्रतियोगिताले विज्ञापन, प्रसारण तथा व्यापारमा चलहपहल बढाउँदै भारतीय अर्थतन्त्रलाई गतिशील बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ईसपीएन स्टार स्पोर्ट्सलाई करिब २ अर्ब अमेरिकी डलर (१ सय ५० अर्ब रुपैयाँ) मा प्रसारण अधिकार बिक्री गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/04/2011
कती भए आम्दानी विश्वकप क्रिकेटबाट ?
Posted in विश्व समाचार
नेपालकुवेत म्यानपावर एसोसियसनको परिचय तथा उद्वेश्य
जय आले/राजु गुरुङ्ग, कुवेत
नेपालकुवेत म्यानपावर एसोसियसन ०१ मे २०१० को दिन नामांकरण भई वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा घरयासी काममा भित्रिने श्रमिकहरुको हक, हितको लागि सञ्चालित रहँदै आएको संस्था हो । यो संस्थामा कुवेत सरकारवाट मान्यता प्राप्त रोजगारदाताको नेपाली प्रतिनिधिहरु आवद्व छन । कुवेतमा आउने नेपाली श्रमिक मध्ये ६० प्रतिशत भन्दा धेरै कामदारहरु घरयासी कामका लागि आउने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, परिचय/चिनारी
मर्यादामा नहिंड्ने सभासदमाथि कारबाही हुन्छः सभामुख
– सभामुख सुवासचन्द्र नेम्वाङ्गले संविधानसभाले बनाएको मुल्य मान्यता र प्रकृयाबाट नहिंड्ने सभासदमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।पछिल्लो समयमा सभासदहरुको विषयमा आएको रातो पासपोर्ट दुरुपयोग,एसएलसीमा अन्यलाई सहभागी गराएकोलगायतका विषय गम्भीर प्रकृतिको भएको भन्दै सभामुखले भने, ‘उनीहरुलाई कानून बमोजिम कारबाही हुन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, सन्देश
सरकारी कार्यालयमै कर्मचारीको पसल, उपभोक्ता ठगिए
पोखरा/१९ चैत, सरकारी कार्यालय परिसरभित्र व्यवसाय सञ्चालन गर्न पाइदैन् । तर लेखनाथको गगनगौंडास्थित नेपाल विद्युत प्रधिकरण शाखा केन्द्र तालचोकमा भने कर्मचारीले व्यवसाय सञ्चालन गर्दै आएका छन् । कर्मचारीले केन्द्रभित्रको पसलबाट विद्युत सामाग्री खरिद गरेमात्रै विद्युत जडान कार्य अगाडि बढाउने गुनासो समेत उपभोक्ताहरुले लगाउँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कास्कीमा ल्वङ्घलेल उत्पादित चिया र कफी सहकारी मार्फ विदेश निर्यात
पोखरा/२० चैत, जिल्ला सहकारी संघ मार्फ पोखराबाट वाषिर्क दशहजार केजी चिया र सात हजार केजी कफी निर्यात हुदैंआएको छ । सहकारी संस्था बाहेक किसानहरुले पनि चिया र कफी निर्यात गर्दै आएका छन् । चिया र कफी विशेष गरी जापान, अमेरिका, कोरिया, जर्मन लगायतका देशहरुका निर्यात हुने गरेको छ । कास्कीको ल्वाङघलेल, लुम्ले लगायतका गाविसहरुमा व्यवसायिक चिया खेती हुर्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रधानसेनापति गुरुङको रहस्यमय अमेरिका भ्रमण
काठमाडौं/२० चैत्र, नेपाली सेनाका प्रधान सेनापति छत्रमान सिंह गुरुङले हालै रहस्यमय अमेरिका भ्रमण गर्नु भएको छ । सधैं नेपाली सेनाका गतिविधि’bout टिप्पणी गर्ने माओवादीले समेत गुरुङ्गको यो भ्रमणका ’boutमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । नेपालमा उच्च चिनियाँ सैनिक प्रतिनिधिमण्डल र बेलायतका रक्षामन्त्रीले भ्रमण गरेलगत्तै उहाँ अमेरिका पुग्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार