सुरेश गुरुङ्ग, कुवेत
नेपाली नयाँ वर्ष २०६८ को स्वागतार्थ कुवेतमा कृयाशिल रहेको कालीगण्डकी बचत समुह, कुवेत-नेपालले आगामी २२ अप्रिल २०११ को दिन, अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । कुवेतमा गर्मी तिव्र रुपमा बढ्दै गएकोले खेल मैदान तय नगरिएको र १५ अप्रिल टिम दर्ता एवं टाईसिटको दिनमा खेल मैदान समेत तय गरी पुन सूचित गरिने समुहका अध्यक्ष श्री आषिश कुवँरले जानकारी दिनु भयो । आयोजक कालीगण्डकी बचत समुहले आम कुवेतवासी नेपाली भलिवल खेलाडीहरुलाई सहभागीताको लागि आव्ह्वान गर्दै जारी गरेको केही नियमावली सहितको सूचना जस्ताको तस्तै तल:
सूचना !! सूचना !! सूचना !!
आदरणीय कुवैताबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
बिगत दुई बर्षदेखि यस कालिगण्डकी बचत समूह कुवेत नगरीमा क्रियाशील रहेको कुरा त यहाँहरु सबैलाई अवगतनै छ । यसै क्रममा यहि आउदो अप्रिल २२ तारिक शुक्रबारको दिन नयाँ बर्ष २०६८ को स्वागत संगै यस संस्थाले भलिबल प्रतियोगिताको आयोजना गरेको हुँदा सम्पूर्ण कुवेतबाशी नेपाली संघ-संस्थाहरु, कम्पनीहरुको नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।
प्रतियोगिता सम्बन्धी नियम र जानकारीहरु:
१) प्रतियोगिता अप्रिल २२ तारिख बिहान ७ बजेबाट शुरु हुनेछ ।
२) टिम दर्ता गर्ने अन्तिम मिति अप्रिल १५ तारिक साँझ ३ बजेसम्म रहने छ ।
३) टिम दर्ता फोन मार्फत अथवा इमेल मार्फत पनि गर्न सकिने छ ।
४) गोलाप्रथा वा टाईसीट अप्रिल १५ तारिखकै दिन साँझ ३ बजे पश्चात गरिने छ ।
५) प्रतियोगितामा समाबेश हुनको लागि शुल्क के.डी १५ लाग्नेछ ।
६) खेल टीटी काउन्टबाट नकआउट चरणको आधारमा खेलाइने छ ।
७) खेल अवधिभरि खेलाडीहरुले रेफ्रीको नियम र निर्णयलाइ स्वीकार गर्नु पर्नेछ ।
८) प्रत्येक टिममा नौ’जना खेलाडीको नाम समाबेश हुनु पर्नेछ ।
९) प्रत्येक टिमबाट पाँच जना साथीहरु स्वयंसेवकको रुपमा खटाउनु पर्नेछ र स्वयंसेवक साथीहरुको नाम खेलाडी साथीहरुको नाम दर्ता गराउने समयमा दिनु पर्नेछ ।
१०) प्रत्येक टिमको टिम क्याप्टेन वा टिम मेनेजरको सिभिल आइडीको कपि र एक प्रति फोटो गोला प्रथाको दिनमा अनिबार्य रुपमा बुझाउनु पर्नेछ ।
११) कुनै पनि टिमको खेलाडी वा टिम सपोर्टरले मादक पदार्थ सेवन गरेर वा नगरेर पनि प्रतियोगिताको नियम बिपरित कार्य गरी प्रतियोगितामा दखल पुर्याउन गएको खण्डमा उक्त खेलाडी या सपोर्टरलाई आयोजक समितिले कुवेतको स्थानिय सेक्युरिटीलाई जिम्मा लगाई कानुन अनुसारको कार्वाहीको लागि अपिल गर्न वाध्य हुनेछ ।
१२) खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी टिम क्याप्टेनले कुनै प्रकारको अशान्ति र नियम बिपरित जाने छैन भनेर लेखेको मन्जुरी पत्रमा सहिछाप गरेपछी मात्र खेल मैदानमा प्रवेश गराइने छ । जुन पत्र अरबिक र अंग्रेजी दुवै भाषामा लेखिएको हुनेछ ।
१३) बिगतका प्रतियोगिताहरुमा भएका हो-हल्ला र अशान्तिलाई मध्येनजर गर्दै यसपालिको प्रतियोगितामा कडा सुरक्षाको व्यवस्था भएकोले सम्पूर्ण टिमका टिम क्याप्टेनलाइ आफ्नो खेलाडी र सपोर्टरलाई अनुशाशित र मर्यादामा राखिदिनु हुन अनुरोध समेत गरिएको छ ।
१४) प्रतियोगितामा प्रथम र द्दित्तीय हुने टिमलाई खसी, कप, प्रमाणपत्र र त्रितिय हुने टिमलाई खसी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भनें चौंथो हुने टीमलाई सान्तवना पुरस्कार दिईने छ ।
१५) प्रतियोगिता भरिकै उत्कृष्ट अनि अनुशाशित खेलाडीलाई ‘मेन अफ द म्याच’को उपाधि दिईने छ ।
१६) खेल खेलाइने खेल मैदान १५ अप्रिलको दिन गोला प्रथा गर्ने समयमा निश्चित गरिने छ । यदि कवर्ड हलमा खेलाइने निर्णय भएमा दर्ता शुल्क के डी २५ लाग्ने छ ।
आदरणीय कुवेतवासी दाजुभाई, दिदीबहिनीहरु !! हामी सधै तपाईहरुको अमुल्य सुझाब सल्लाहको प्रतिक्षामा हुनेछौं र यस प्रतियोगितामा कोहि संघ-संस्था वा व्यक्तिगत तर्फबाट सल्लाह सुझाब अनि आर्थिक सहयोग अथवा कसैले सह-प्रायोजक गर्न चाहनु हुन्छ भने यहाँको महान भावनालाई हामी सहज रुपमा स्विकार गर्नेछौं । साथै “सानो बचत ठुलो सिर्जना” भन्ने मूल नारा सहित अगाडी बढिरहेको यस संस्थामा केहि कार्यकारिणी समितिको सदस्य पद खाली भएको हुँदा जो कोही इच्छुक महानुभावले सम्पर्क गरि सदस्यता लिन सक्नु हुनेछ भन्ने जानकारी समेत यसै सूचना मार्फत सुचित गराउँदछौं ।
सम्पर्क: टीम क्याप्टेन सुबाश श्रेष्ठ – ५५४५१३७४
आशिष कुँवर – ६५९९९११२/५०५४१२९५
ईमेल: kaligandaki.samuha@rocketmail.com
आयोजक समिति,
कालीगण्डकी बचत समूह, कुवेत- नेपाल
Posted by: Jay Ale