डोल्पा र हुम्लामा भएको बम विष्फोटमा चारको मृत्यु


चैत्र १९ – डोल्पा र हुम्लामा भएको छुट्टा-छुट्टै बम विष्फोटमा चार जनाको मृत्यु भएको छ । डोल्पामा शनिबार बिहान र हुम्लामा शुक्रबार बम विष्फोट भएको हो । मृतकमा दुई जना बालबालिका छन् ।डोल्पा सदरमुकाम नजिक एक घरमा बिहान बम विष्फोट हुँदा आमा छोरीको मृत्यु भएको छ । मेअलसारास्थित अकलबहादुर शाहीको घरमा बिहान साढे ७ बजे भएको विष्फोटमा परि २७ वर्षीय चाँदनी चन्दको घटनास्थलमै र गम्भीर घाइते आमा गौरी शाहीको उपचारका क्रममा मृत्यु भएको छ । विष्फोटका कारण घर ध्वस्त भएको छ । विष्फोटको कारण खुल्न सकेको छैन ।

यसैबीच, हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट देखि सात कोष पश्चिम ठेहे गाउँ विकास समितिको मानेचौरमा वेवारिसे बम विस्फोटहुँदा शुक्रबार दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठेहे गाविस वडा नम्बर-३ निवासी चक्रबहादुर बोहोराकी ७ वर्षीया छोरी रस्मीता बोहोरा र कर्ण बोहोराको ८ वर्षीय छोरा मानबहादुर बोहोरा रहेका छन् । मृतक बालबालिकाको लास क्षत विक्षेत अवस्था फेला परेको र विस्फोट भएको स्थानम बमका कुनै टुक्रा फेला नपरेको प्रहरीले वताएको छ ।

बम पडकेको अवस्थामा अन्य कुनै व्यक्ति नभएकाले विस्तृत जानकारी पाउन नसकेको प्रहरीले वताएको छ । मृतक बालबालिकाको शा पोष्टमार्टमका लागी शनिबार सदरमुकाम ल्याउन लागेको निमित्त प्रहरी नायब उपरीक्षक खडगबहादुर भण्डारीले बताए ।

त्यस्तै,सदरमुकाम सिमकोट गाउ विकास समिति वडानम्बर ९ हिल्दुम गाउमा एक महिलाको मृत अवस्थाको लास फेला परेको प्रहरीले जनाएको छ ।

धिरबहादुर शाहीकी श्रीमती गोरीकला शाहीको लास शुकबार आफनै घरमा मृत अवस्थामा फेला परेको हो । श्रीमानको मृत्यु भैसकेकाले घरमा एक्लै वस्दै आएकी शाही मृत अवस्थामा फेला परेको बुहारी कला शाहीले मौखिक जानकारी गराएकाले आवश्यक अनुसन्धान भैरहेको निमित्त प्रनाउ  भण्डारीले बताए । मृतक शाहीको लास पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ

posted by: DPR                             Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.