लालीगुँरास साँस्कृतिक परिवारको दोस्रो सांगितिक प्रस्तुती पूर्ण तयारी अवस्थामा / कुवेतवासी नेपालीलाई निम्तो


जय आले, कुवेत

०२ अप्रिल । “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराकासाथ कुवेतमा स्थापना भएको लालीगुँरास साँस्कृतिक परिवार, नेपाल-कुवेतले नेपाली नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी ०८ अप्रिल २०११ शुक्रवारको दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा दिनको २.३० बजेदेखी आफ्नो दोस्रो सांगितिक प्रस्तुती स्वरुप प्रस्तुत गर्न गईरहेको साँस्कृतिक कार्यक्रमको पूर्ण तयारी भएको जानकारी दिएको छ ।

लालीगुँरास परिवारको आयोजनामा प्रस्तुत हुने दोस्रो सांगितिक प्रस्तुतिको गायनतर्फ चर्चित एवं लोकप्रिय युवा गायकहरु चन्दन लिम्बु, राजेन्द्र बिरही, देव लिम्बुको साथमा मनोज काफ्ले, बी.बी मल्ल, दुत बहादुर लोप्चन, जोहान दर्नाल, सागर राई र अस्मिता खडकाले आ-आफ्नो सुमधुर स्वरले आमदर्शकलाई भरपुर मनोरञ्जन दिलाउने छन भनें नृत्यमा सुरज शाह, मनिता रसाइली, वविता गुरुङ्ग, रिना शाक्य, धन गुरुङ्ग, टंक श्रेष्ठ र जितेन्द्र चौधरी लगायतले आ-आफ्नो नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई आफुसँगै नचाउने छन ।

यसैगरी नेपाली संगित दुनियाँमा विगत १७ वर्षदेखी लगातार योगदान दिंदै आउनु भएका ख्यातिप्राप्त संगितकार तथा नृत्य निर्देशक श्री नबिन श्रेष्टज्यूको पनि ३/४ दिन पहिला मात्र कुवेत आगमन भएको छ भनें तत्कालै वहाँ लालीगुराँस साँस्कृतिक परिवारमा आवद्व हुनु भएको र वहाँले यस कार्यक्रममा कमेडी तथा वाध्यबादन जस्ता आफ्ना जोड्दार प्रस्तुतिहरु कुवेतवासी नेपाली दर्शकहरुलाई पस्कनु हुने चर्चित लोक गायक एवं लालीगुराँस परिवारका उपाध्यक्ष श्री राजेन्द्र बिरहीले कुवेतनेपाल डटकमलाई बताउनु भयो ।

३ के.डी प्रवेश शुल्क तोकिएको उक्त साँस्कृतिक कार्यक्रममा सहभागी मध्ये १ जना दर्शकलाई भाग्यशाली गोलाप्रथाद्वारा कुवेतदेखी नेपालसम्मको एयर अरेबियाको १ हवाई टिकट उपहार स्वरुप दिईने थप जानकारी गराउँदै, सम्पूर्ण कुवेतवासी नेपालीहरु, नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास लगायतलाई कार्यक्रममा उपस्थितिको लागि निम्तो दिंदै, सफलतापूर्वक सम्पन्न पार्नमा सहयोग गरिदिनु हुन लालीगुराँस साँस्कृतिक परिवार, नेपाल-कुवेतले हार्दिक अनुरोध गरेको छ ।

—————————————————————————————

News update…

नव वर्ष २०६८ को स्वागतमा लालीगुराँस परिवार कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने

Posted on 09/03/2011 by जय आले, कुवेत

०९ मार्च । कुवेतमा कृयाशिल लालीगुराँस साँस्कृतिक परिवारले नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी ०८ अप्रिल २०११ शुक्रवारको दिन, आफ्नो दोस्रो सांगितिक प्रस्तुती स्वरुप कुवेतको एसिया-एसिया होटलमा आफ्ना लोकप्रिय (स्थानिय) कलाकारहरुको साथमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गत वर्ष नेपालीहरुको महान चाड बडा दशैंलाई स्वागत गर्दै आफ्नो प्रथम प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम-२०१०” सफलतापूर्वक प्रस्तुत गरी चर्चाको शिखरमा पुगेको यस परिवारले आफु एउटा साँस्कृतिक एवं सांगितिक संस्था हुनुको वावजुद पनि खेलप्रेमी प्रवासी नेपालीहरुको भावनालाई कदर गर्दै गत वर्षको बक्रे इदमा “१३ नेपाली टिमहरुको सहभागीतामा” अन्तर नेपाली भलिवल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

लालीगुराँस साँस्कृतिक परिवारले नव वर्ष २०६८ को स्वागतार्थ आफ्ना लोकप्रिय कलाकारहरुको साथमा प्रस्तुत गर्न गईरहेको प्रस्तुतिको गायन तर्फ संस्थाका सचिव एवं चर्चित गायक चन्दन लिम्बु र नृत्य तर्फ नृत्यकार सागर राई र नृत्यांगना मनिता रसाईलीको संयोजकत्वमा व्यापक तयारी भईरहेको संस्थाका अध्यक्ष बि.बि मल्ल ठकुरीले कुवेतनेपाल डटकमलाई जानकारी गराउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.