१९ चैत, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारमा गएर समस्यामा परेका महिला कामदारको सुरक्षाका लागि विभिन्न चार मुलुकमा संरक्षणगृह (सेफ हाउस) सञ्चालन गर्न सुरु गरेको छ । बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाका अनुसार महिला कामदारको सुरक्षाका लागि हाल साउदी अरब, कतार, संयुक्त अरब इमिरेटस्, कुबेतमा सेफ हाउस सञ्चालन गरिँदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/04/2011
वैदेशिक रोजगारीमा गएका महिलाका निम्ति सेफ हाउस
Posted in नेपाल समाचार
नयाँ सडक पुरानै व्यवहार
कञ्चन अधिकारी, काठमाडौं, चैत १९ – काठमाडौं-भक्तपुर सडक विस्तार परियोजनाका कर्मचारीले बिहीबार केक काटेर खुसी बाँडे। खुसीको कारण- तीनकुने-सूर्यविनायक सडकको कालोपत्रे सकिनु। ‘आज हामीले १९.१ किलोमिटर सडक पिच सक्यौं,’ आयोजना प्रबन्धक सरोजकुमार प्रधान भन्दै थिए, ‘अब सडकमा दायाँबायाँ रेलिङ राख्न र सानातिना मर्मतमात्र बाँकी छन्।’ तीनकुने-सूर्यविनायक सडक खण्डको पिच पुरा भए पनि सल्लाघारीदेखि सूर्यविनायकसम्मको एक खण्ड सडक प्रयोगमा आइसकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
माओवादी नेताहरु सिन्धुपाल्चोकमा, इक्वेटर विच रिसोर्टमा स्थायी समिति बैठक
ध्रुव दङ्गाल, सुकुटे सिन्धुपाल्चोक, चैत १९ – एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक सिन्धुपाल्चोकको सुकुटेस्थित इक्वेटर विच रिसोर्टमा सुरु भएको छ। पार्टीको आन्तरिक विवाद, सरकार विस्तार लगायतका विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल, तीन उपाध्यक्ष र नेताहरु भोटेकोशी किनारको रिसोर्टमा पुगिसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लालीगुँरास साँस्कृतिक परिवारको दोस्रो सांगितिक प्रस्तुती पूर्ण तयारी अवस्थामा / कुवेतवासी नेपालीलाई निम्तो
जय आले, कुवेत
०२ अप्रिल । “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराकासाथ कुवेतमा स्थापना भएको लालीगुँरास साँस्कृतिक परिवार, नेपाल-कुवेतले नेपाली नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी ०८ अप्रिल २०११ शुक्रवारको दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा दिनको २.३० बजेदेखी आफ्नो दोस्रो सांगितिक प्रस्तुती स्वरुप प्रस्तुत गर्न गईरहेको साँस्कृतिक कार्यक्रमको पूर्ण तयारी भएको जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
डोल्पा र हुम्लामा भएको बम विष्फोटमा चारको मृत्यु
चैत्र १९ – डोल्पा र हुम्लामा भएको छुट्टा-छुट्टै बम विष्फोटमा चार जनाको मृत्यु भएको छ । डोल्पामा शनिबार बिहान र हुम्लामा शुक्रबार बम विष्फोट भएको हो । मृतकमा दुई जना बालबालिका छन् ।डोल्पा सदरमुकाम नजिक एक घरमा बिहान बम विष्फोट हुँदा आमा छोरीको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार