Daily Archives: 01/04/2011

नेविसंघ विघटन प्रस्ताव विवादित


काठमाडौं, चैत १८ (नागरिक)- पार्टीको सबैभन्दा ठूलो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ विघटन गर्ने कांग्रेस महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव केन्द्रीय समितिमा विवादित भएको छ। सभापति सुशील कोइरालाको निर्देशनमा ल्याइएको प्रस्तावमा उनकै निकटका दर्जन केन्द्रीय सदस्यले विरोध जनाएपछि विघटन प्रस्ताव अनिर्णित भएको हो।  पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड र बाबुराम फाइनलमा


काठमाडौं, चैत्र १८ । एकीकृत नेकपा माओवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीका सम्पूर्ण शाक्तिहरू विभाजित भईसकेको सञ्चारमाध्यमहरू आइसकेको छ । माओवादी लडाकु, विद्यार्थी संगठन, बुद्धिजिवी संगठन, मजदुर संगठन, वाइसियल लगायत विभिन्न जनवर्गीय संगठन र जातिय मोर्चाहरू पनि विभाजित भइसकेको छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बस दुर्घटनामा १५ घाइते


दाङ, चैत्र १८ – घोराहीस्थित भ्यालीटप बोर्डिङ स्कुलको गाडी दुर्घटना हुँदा १५ बिद्यार्थी घाइते भएका छन् । जखेरातालमा पिकनिक खान घोराहीबाट देउखुरीतर्फ जाँदै गरेको ना. अ. च ३११७ नम्बरको गाडी घोराही लमही सडक खण्डको मसोट खोलानजिक पल्टिएको थियो । घाइतेमध्ये ५ जनालाई नेपालगञ्ज रिफर गरिएको र १० जनाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको छ । गाडी ३० फिट तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको पूरा विवरण आइ नसकेको प्रहरीले जानकारी दिएको छ ।

-दुर्गालाल केसी/दाङ

 Posted by: Shiva Paudel

Source: ekantipur

पार्टी नफुटाउन माओवादी युवाहरुको दवाव


 काठमाडौ, चैत्र १८ – फुटको संघारमा पुगेको माओवादीलाई नफुटाउन युवा नेताहरुले पार्टी नेतृत्वलाई दवाव दिएका छन् ।स्थायी समितिको बैठक भइरहेकै बेला शुक्रबार अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, कल्पना धमलालगायत करिव एक सय जनाको संख्यामा आएका युवा नेता कार्यकर्ताहरुले पार्टी नफुटाउन दवाव दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सभासद पासवानले संवैधानिक समितिको बैठकमा कुर्सी फाले


२४ नम्बरको कुर्सी चार तलामाथिबाट फ्याँकियो-
काठमाडौँ, चैत १८ (नागरिक)- संविधानको मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक बसिरहेका बेला दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले कुर्सी फालेको हिमालय टेलिभिजनले जनाएको छ। हिजो पनि समितिको बैठकमा विवाद भएपछि आज बिहानसम्मका लागि बैठक स्थगित गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्