सर्वाधिक राशिको प्रायोजन गल्फलाई


१७ चैत्र, काठमाडौं । गल्फ खेलको विकासका लागि नेपाल प्रोफेसनल गल्फ एसोसियसन (एनपिजिए) लाई सूर्य नेपाल प्रालिले वाषिर्क रु एक करोड १२ लाख प्रायोजनबापत उपलब्ध गराउने भएको छ ।उक्त राशि नेपालको खेलकुद इतिहासमा प्रायोजनबापत प्राप्त हुने आर्थिक सहयोगमा हालसम्मकै सर्वाधिक राशि मानिएको छ । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गोर्खा ब्रुअरीले वाषिर्क रु एक करोड उपलब्ध गराएको थियो ।गल्फ एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपाल प्रालिका सेल्स एण्ड मार्केटिङ विभागका उपाध्यक्ष लाइशन बुद्व सिँहबीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भयो ।सम्झौताअनुसार साझेदारी समयावधि तीन वर्षको हुनेछ । जसअनुरुप प्रालिले तीन वर्षसम्मका लागि वाषिर्क रु. एक करोड १२ लाखका दरले प्रतियोगिताका लागि गल्फ एसोसिएसनलाई रकम उपलब्ध गराउने छ ।

कार्यक्रममा सूर्य नेपालका उपाध्यक्ष सिँहले गल्फ खेललाई व्यावसायिक बनाउनका लागि प्रायोजनबापत उक्त रकम उपलब्ध गराइएको जानकारी गराउनुभयो ।विस २०६७ मा टप गल्फ खेलाडीद्वय शिवराम श्रेष्ठले रु ५८ लाख ८ हजार र रुपक आचार्यले रु ५८ लाख २ हजार २५० आम्दानी गरेका जनाइएको छ ।

सन् १९९३ देखि सूर्य नेपालले गल्फ खेलको विकासका लागि प्रायोजनबापत केही रकम उपलब्ध गराउदै आएको थियो । रासस

Posted By : Narayan Nepal                                                          Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.