भारतको जनसंख्या एक अर्ब २१ करोड


नयाँदिल्ली (एजेन्सी), चैत्र १८ – एक दशकमा भारतको जनसंख्या १८ करोड १० लाख बढेर १ अर्ब २१ करोड पुगेको छ ।जनगणना २०११ अनुसार देखिएको यो जनसख्या अमेरिका, इन्डोनेसिया, ब्राजिल, पाकिस्तान र बंगलादेशको जोड्दा पनि बढी हो । सन् २०३० सम्म जनसंख्याको हिसाबले भारत चीनलाई उछिन्ने दिशातिर अघि बढेको छ । चीनको जनसंख्या १ अर्ब ३० करोड छ । विगत १० वर्षमा पुरुषको संख्या महिलाको भन्दा बढी देखिएको छ । १ हजार बालक जन्मिँदा ९ सय १४ मात्र बालिका हुने गरेको छ । सन् २००१ मा १ हजार बालक जन्मिँदा ९ सय २७ जना मात्र बालिका जन्मिथेे । ‘यो गम्भीर चासोको विषय हो,×’ गणना आयोगका प्रमुख सी चन्द्रमौलीले नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भने ।

लिंग पहिचानका लागि अल्ट्रासाउन्ड अवैधानिक भए पनि स्त्री भ्रुण पतन गराउने चलन भारतमा सामान्य छ । भारतको जनसंख्यामध्ये ६२ करोड ३७ लाख पुरुष र ५८ करोड ६५ लाख महिला छन् । भारतमा अहिले विश्वको १७ प्रतिशत जनसंख्या छ । सबैभन्दा बढी जनघनत्व भएको उत्तर प्रदेशको जनसंख्या १९ करोड ९० लाख छ । बढेको १८ करोड १० लाख जनसंख्या ब्राजिलको जनसंख्या बराबर हो । तर भारतको जनसंख्या वृद्धिदर भने सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखिकै भन्दा पनि कम देखिएको छ ।

पछिल्लो जनगणनाअनुसार जनसंख्या वृद्धिदर १७ दशमलव ६ प्रतिशत छ । यसअघिको दशकमा २१ दशमलव ५ प्रतिशत थियो । ढिलो वृद्धिदरले जनसंख्या नियन्त्रण र महिला शिक्षाको प्रयासले काम गरिरहेको छ भन्ने देखाएको बीबीसीले जनाएको छ । साक्षरता दर अघिल्लो जन गणनामा ६५ प्रतिशत देखिएकोमा अहिले ७४ प्रतिशत पुगेको छ । गत वर्ष भारतले पछिल्लो जनगणना थालेको हो । यसका लागि करिब २२ अर्ब भारतीय रुपैयाँ खर्च भएको थियो ।भारतका ७ हजार सहर र ६ लाख गाउँमा करिब २७ लाख कर्मचारी परिचालन गरिएको थियो । लिंग, धर्म, शिक्षा र पेसा’bout जानकारी लिइएको थियो । भारतको ठूलो क्षेत्र र सांस्कृतिक विविधताले जनगणना चुनौतीपूर्ण छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.