दार्जीलिङमा चुनावमा नेपालीबीच प्रतिस्पर्धा


रोशन साँवा, दार्जीलिङ, चैत १८- दार्जीलिङमा आफ्नौ राजनीतिक हैसियत मापन गर्न नेपालीभाषी दलहरु विधान सभाको निर्वाचनमा भाग लिंदैछन्। दार्जीलिङमा सुवास घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको शासन अन्त्य भएपछि अप्रिल १८ अर्थात् वैशाख ५ मा पहिलोपटक विधान सभाको निर्वाचन हुन लाग्दैछ।

निर्वाचनमा अढाई वर्ष अघिदेखि गोर्खाल्याण्ड माग गर्दै आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चासँगै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र अखिल भारतीय गोर्खा लिगले छुट्टाछुट्टै भाग लिंदैछन्। नेपालीभाषाकै तथा स्थानीयस्तर दोश्रो ठूलो दलको रुपमा चिनिने क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले चाहिं निर्वाचनलाई ‘नाटक’ भन्दै बहिष्कार गर्ने जनाएको छ।

भारतको २२ वटा राज्यमा सञ्जाल भएको भारतीय गोर्खा परिसंघले चासो राख्दै दार्जीलिङमा साझा उम्मेदवारका लागि पहल गरेपनि आफू शक्तिशाली भएको दाबी गर्दै अडान नछाड्नाले क्षेत्रीय दलहरु निर्वाचनमा छुट्टाछुट्टै भाग लिन लागेका हुन्। निर्वाचनमा मिलेर जान दलहरुले आपसमा पटक-पटक वार्ता गरेका थिए।

ती दलहरुले अलग-अलग चुनावी नारा अघि सार्दै विधान सभाको निर्वाचनलाई जनमत देखाउने अवसरको रुपमा लिएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङमा छैटौं अनुसूची लागू गर्नुपर्ने पुरानै अडानमा छ। त्यसैले उसले विधान सभाको निर्वाचनलाई छैटौं अनुसूचिको पक्षमा जनमत देखाउने माध्यम बनाएको छ। गोजमोको आन्दोलनपछि छिन्नभिन्न भएको गेरामुमोले अझै पनि आफू बलियो रहेको दाबी गर्दै आएको छ।

सन् १९८६ देखि २८ महिना गोर्खाल्याण्ड माग्दै आन्दोलन गरेको गोरामुमोले विधान सभाको अघिल्लो निर्वाचनमा दार्जीलिङ, कालिम्पोङ र खर्साङका तीन वटै सिट अत्यधिक मतले जितेको थियो तर, अहिले तीन विधायकमध्ये शान्ता क्षेत्रीमात्र गोरामुमोमा छिन्।

गोरामुमोले यसपटक दार्जीलिङमा भीम सुब्बा, कालिम्पोङमा प्रकाश दाहाल र खर्साङमा पेमु क्षेत्रीलाई उठाएको छ। दार्जीलिङ गोर्खा पार्वत्य परिषदबाट सत्ताच्युत भएपछि निस्क्रिय बनेको गोरामुमो विधान सभाको निर्वाचन नजिकिएपछि एकाएक सक्रिय बनेको हो।

गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा त्रिलोक देवान, कालिम्पोङमा हर्कबहादुर क्षेत्री र खर्साङमा रोहित शर्मालाई उठाएको छ। मोर्चाले जलपाइगुडीको कालचिनीमा वर्तमान स्वतन्त्र विधायक विल्सन चाप्रामारीलाई सहयोग गर्ने जनाएको छ। सिब्सु घटनापछि चाप्रामारी जेलमा छन्। मोर्चाले जलपाइगुडीकै नगरकट्टामा प्रोग्रेसिभ पिपल्स पार्टीलाई सहयोग गर्ने भएको छ।

दार्जीलिङका नेपालीभाषी दलसँग गठबन्धन हुने अड्कल गरिएपनि अलग्गै राज्य माग्नेसँग गठबन्धन गर्दा बंगालको अरु भोट बिग्रने डरले राष्ट्रिय दलहरु पन्छिएका छन्। पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र राष्ट्रिय कांग्रेसले गठनबन्धन गरेका छन्। जुन गठनबन्धनले यसपटक मार्क्सवादी कम्युनिष्ट पार्टीको ३५ शासनकाल अन्त्य गर्ने धेरैको दाबी छ।

दार्जीलिङ, कालिम्पोङ र खर्साङमा नेपालीभाषी क्षेत्रीय दलका प्रतिष्पर्धी मार्क्सवादी कम्युनिष्ट पार्टी र कांग्रेस रहेका छन्। ’emका उम्मेदवार पनि नेपाली नै छन्। उम्मेदवार मनोनयन गर्ने अन्तिम दिन विहीवार थियो।

पश्चिम बंगालमा दुई सय ९४ सिटको विधान सभाको लागि १८ अप्रिलदेखि १० मेसम्म छ चरणमा निर्वाचन हुँदैछ। १८ अप्रिलमा ५४ सिटको लागि दार्जीलिङ, कुचविहार, जलपाइगुडी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र माल्दा जिल्लामा चुनाव हुँदैछ।

posted by:Suresh

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.