गल्फमा सूर्य नेपालको कीर्तिमानी प्रायोजन


 काठमाडौ, चैत्र १८ – सूर्य नेपाल प्रालिले गल्फमा कीर्तिमानी रकम प्रायोजन गरेको छ । सूर्य नेपालले नेपाली गल्फ क्षेत्रमा वाषिर्क १ करोड १२ लाख रुपैयाँको प्रायोजन गर्नेछ । नेपाली खेलकुदमा यो प्रायोजन रकम अहिलेसम्मकै सर्वाधिक हो । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपीजीए) र सूर्य नेपालले तीन वर्षका लागि बिहीबार सम्झौता नवीकरण गरे । एनपीजीएका तर्फबाट अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपालका मार्केटिङ उपप्रमुख लेसराम बुद्ध सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सूर्य नेपालले एनपीजीएले गर्ने सूर्य नेपाल गल्फ टुरका लागि एक वर्षमा १ करोड १२ लाख रुपैयाँ प्रदान गर्नेछ । यो रकम पहिलेको भन्दा २२ प्रतिशत बढी हो । यसअघि सूर्य नेपालले गल्फ टुरका लागि सन् २००८ मा वाषिर्क ९२ लाख रुपैयाँ दिने गरी ३ वर्षका लागि सम्झौता गरेको थियो । अब सूर्य नेपाल गल्फ टुरको पुरस्कार राशि ७५ लाख रुपैयाँ पुगेको छ । साथै, एनपीजीएले वर्षमा कम्तीमा पनि ८ प्रतियोगिता गर्नेछ । 

यो पुरस्कार रकम अघिल्ला वर्षको तुलनामा ४० प्रतिशतले बढेको हो । यसअघि जम्मा पुरस्कार रकम ५३ लाख रुपैयाँ थियो । मार्केटिङ उपप्रमुख सिंहले गल्फलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपालमा गल्फ र पर्यटन दुवै विकास गर्न सहयोग पुगेको छ,’ उनले भने, ‘पुरस्कार राशितर्फ वाषिर्क  रूपमा १० प्रतिशतले वृद्धि गरिनेछ ।’

एनपीजीएका अध्यक्ष श्रेष्ठले नेपाली गल्फलाई यो अवस्थासम्म ल्याउन सूर्य नेपालले ठूलो भूमिका निर्वाह गरेको बताए । ‘सूर्य नेपालको सहयोग बिना नेपाली गल्फ यसरी अगाडि बढ्ने थिएन,’ उनले भने, ‘सहयोगप्रति धन्यवाद दिन चाहन्छौं । आगामी वर्षमा अझै राम्ररी प्रतियोगिता गर्दै लानेछौं ।’ एनपीजीएका महासचिव दीपक आचार्यले सन् २००८ मा सूर्य नेपालले गल्फमा प्रायोजन गर्दा १९ व्यावसायिक गल्फर रहेको र अहिले त्यो संख्या बढेर ४४ पुगेको बताए ।

सूर्य नेपालले गरेको प्रायोजनले नेपाली खेलाडीलाई व्यावसायिकता दिन मदत पुर्‍याएको नेपालका पहिलो व्यावसायिक गल्फर दीपक थापामगरले बताए । सन् १९९३ मा नेपालमा पहिलोपल्ट गल्फमा व्यावसायिक प्रतियोगिता हुँदा दीपक नेपालका एकमात्र व्यावसायिक गल्फर थिए । त्यसबेला गल्फको पुरस्कार राशि ५ लाख रुपैयाँ थियो ।

दुई साताअघि फुटबलले कीर्तिमानी रकमको प्रायोजन पाएको थियो । गोर्खा ब्रुअरीले फुटबलसँग एक करोड रुपैयाँको सम्झौता गरेको थियो ।

शिवराम सर्वाधिक कमाउने

काठमाडौं- शिवराम श्रेष्ठ यो सिजन गल्फमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एपीजीए) ले सन् २०१०-२०११ सिजन जितेको पुरस्कार राशिका आधारमा निकालिएको सूचीमा शिवराम अग्रस्थानमा छन् । उनले ५ लाख ८८ हजार रुपैयाँ कमाएका छन् । सूर्य नेपाल गल्फ टुरको यो सिजनमा शिवरामले उक्त रकम

जितेका हुन् ।

रूपक आचार्य ५ लाख ८२ हजार २ सय ५० रुपैयाँ जित्दै दोस्रो स्थानमा छन् । सर्वाधिक कमाउने खेलाडीको तेस्रो स्थानमा रहेका रवि खड्काले ३ लाख १५ हजार ८३ रुपैयाँ हात पारेका छन् । यस्तै, चौथो भएका सञ्जय लामाले २ लाख ७३ हजार २ सय ५०, पाँचौं भएका दीपक थापा मगरले १ लाख ८२ हजार ५ सय, छैटांै भएका मणि राईले १ लाख ७४ हजार ५ सय, सातौं भएका राम थापाले १ लाख ७१

हजार ३ सय ३३, आठौं भएका रमेश नगरकोटीले १ लाख ५२ हजार ७ सय ५०, नवौं भएका राजन थापाले १ लाख ३३ हजार र दसौं भएका उमेश नगरकोटीले १ लाख ३२ हजार ३ सय ३३ रुपैयाँ हासिल गरेका छन् ।

posted by : Suresh

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.