अञ्जुको सम्बन्ध बिच्छेद !


अहिलेकी सुपरहिट गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच खटपटका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग वारपारको झगडा गरेका खबरले संचारमाध्यम तातिरहे पनि यससलाई बजार हल्ला ठान्दै नपत्याउनेहरु धेरै थिए ।तर, उनीहरुबिच लामोसमयदेखि चल्दै आएको असझदारी अब सम्बन्धबिच्छेदमै पुग्ने भएको छ । करिव एक महिनाअघि झगडा भएपछि मनोजले अञ्जुलाई मरणासन्न हुने गरि पिटे । त्यसपछि माइत गएकी अञ्जु अहिलेसम्म मनोजको घर फर्किएकी छैनन् ।

उनका पति मनोजराजका अनुसार अञ्जुले मनोजको फोनकल उठाउँदिनन् भने एसएमएसको पनि रेस्पोन्स गरेकी छैनन् । स्रोतका अनुसार अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।

मनोजले आफ्नो चरित्रका ’boutमा अनाबश्यक शंका गर्ने गरेको र त्यसले सधै घरझगडा भई सँगै बस्न नसक्ने अबस्था सिर्जना भएकाले सम्बन्ध बिच्छेद गर्नुपरेको अञ्जुले आफ्ना निकटवर्तीहरुलाई बताउने गरेकी छन् । जसले गर्दा मनोज र अञ्जुकी ९ बर्षिया छोरीको भबिष्यसमेत अन्यौलमा परेको छ ।

मनोजले भने आफुले अञ्जुलाई अति नै माया गर्ने कारण हरपल सँगै रहोस भन्ने चाहाना राखेको तर त्यसले अञ्जुको ब्यक्तिगत जीवनमा डिष्टर्व भएकाले झगडा हुने गरेको बताउँछन् । कान्तिपुर साप्ताहिकलाई हालै दिएको अन्र्तवार्तामा उनले रिसाएपछि हातै छोड्नु आफ्नो गल्ती भएको बताएपनि आफ्नो सम्बन्ध अञ्जुसित पुनः जोडिने बिषयमा भने यकिनसाथ भन्न नसक्ने बताएका छन् ।

कुनैबेला करिअर बनाउन संर्घष गरिरहेका दुवै संगीतकर्मीले मन मिलेर बिबाह गरेका थिए । तर, पछिल्लो सयममा अञ्जुको लोकपि्रयता ह्वात्तै बढ्यो, मनोजको सांगीतिक करिअर सपि्रन सकेन् । ब्यस्ततामात्रै हैन अञ्जुको बिदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अञ्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा डिप्रेस्ड देखिने गरेको उनका साथीहरु बताउँछन् ।

भूमिका श्रीमान श्रीमति भएपनि मन दुई किनारा पुगेपछि अन्ततः दुवैले सम्बन्धबिच्छेदको बाटोलाई रोजेको बताइएको छ । मनोज भन्छन-’उनको खुसीका लागि म जे पनि गर्न तयार छु, डिभोर्स पनि । म भिन्नै ढंगबाट जीउने प्रयास गर्दैछु ।’

Posted By : Narayan  Nepal                                           Source : Onlinekhabar

One response to “अञ्जुको सम्बन्ध बिच्छेद !

  1. manoj sir sochara bichar garara agadi badnu nai ramro hola .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.