Daily Archives: 01/04/2011

भारतको जनसंख्या एक अर्ब २१ करोड


नयाँदिल्ली (एजेन्सी), चैत्र १८ – एक दशकमा भारतको जनसंख्या १८ करोड १० लाख बढेर १ अर्ब २१ करोड पुगेको छ ।जनगणना २०११ अनुसार देखिएको यो जनसख्या अमेरिका, इन्डोनेसिया, ब्राजिल, पाकिस्तान र बंगलादेशको जोड्दा पनि बढी हो । सन् २०३० सम्म जनसंख्याको हिसाबले भारत चीनलाई उछिन्ने दिशातिर अघि बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दार्जीलिङमा चुनावमा नेपालीबीच प्रतिस्पर्धा


रोशन साँवा, दार्जीलिङ, चैत १८- दार्जीलिङमा आफ्नौ राजनीतिक हैसियत मापन गर्न नेपालीभाषी दलहरु विधान सभाको निर्वाचनमा भाग लिंदैछन्। दार्जीलिङमा सुवास घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको शासन अन्त्य भएपछि अप्रिल १८ अर्थात् वैशाख ५ मा पहिलोपटक विधान सभाको निर्वाचन हुन लाग्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्

गल्फमा सूर्य नेपालको कीर्तिमानी प्रायोजन


 काठमाडौ, चैत्र १८ – सूर्य नेपाल प्रालिले गल्फमा कीर्तिमानी रकम प्रायोजन गरेको छ । सूर्य नेपालले नेपाली गल्फ क्षेत्रमा वाषिर्क १ करोड १२ लाख रुपैयाँको प्रायोजन गर्नेछ । नेपाली खेलकुदमा यो प्रायोजन रकम अहिलेसम्मकै सर्वाधिक हो । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपीजीए) र सूर्य नेपालले तीन वर्षका लागि बिहीबार सम्झौता नवीकरण गरे । एनपीजीएका तर्फबाट अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपालका मार्केटिङ उपप्रमुख लेसराम बुद्ध सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  पढ्नेक्रम जारी राख्नुहोस्

अञ्जुको सम्बन्ध बिच्छेद !


अहिलेकी सुपरहिट गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच खटपटका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग वारपारको झगडा गरेका खबरले संचारमाध्यम तातिरहे पनि यससलाई बजार हल्ला ठान्दै नपत्याउनेहरु धेरै थिए । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वाधिक राशिको प्रायोजन गल्फलाई


१७ चैत्र, काठमाडौं । गल्फ खेलको विकासका लागि नेपाल प्रोफेसनल गल्फ एसोसियसन (एनपिजिए) लाई सूर्य नेपाल प्रालिले वाषिर्क रु एक करोड १२ लाख प्रायोजनबापत उपलब्ध गराउने भएको छ ।उक्त राशि नेपालको खेलकुद इतिहासमा प्रायोजनबापत प्राप्त हुने आर्थिक सहयोगमा हालसम्मकै सर्वाधिक राशि मानिएको छ । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गोर्खा ब्रुअरीले वाषिर्क रु एक करोड उपलब्ध गराएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

दूधको मूल्य ४ रुपैयाँ बढ्यो


काठमाडौं, चैत्र १७ । दुग्ध विकास संस्थानले बिहिबारबाट लागुहुने गरि दूधको मुल्य प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको छ । किसानलाई बढि मुल्य तिर्नुपर्ने भएकाले दुधको मुल्य बढाउनु परेको संस्थानले जनाएको छ । नयाँ मुल्य अनुसार निलो प्याकेटको दुधमा २ रुपैयाँ बृद्धि गरि २२ पुर्‍याइएको छ भने हरियो प्याकेटको दुधलाई २३ बाट २५ रुपैयाँ बनाइएको छ । किसानकै मागअनुसार दुधको मुल्य बढाइएको जनाइएको छ ।

Posted by: Jay Ale

नेविसंघ विघटन प्रस्ताव विवादित


काठमाडौं, चैत १८ (नागरिक)- पार्टीको सबैभन्दा ठूलो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ विघटन गर्ने कांग्रेस महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव केन्द्रीय समितिमा विवादित भएको छ। सभापति सुशील कोइरालाको निर्देशनमा ल्याइएको प्रस्तावमा उनकै निकटका दर्जन केन्द्रीय सदस्यले विरोध जनाएपछि विघटन प्रस्ताव अनिर्णित भएको हो।  पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड र बाबुराम फाइनलमा


काठमाडौं, चैत्र १८ । एकीकृत नेकपा माओवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीका सम्पूर्ण शाक्तिहरू विभाजित भईसकेको सञ्चारमाध्यमहरू आइसकेको छ । माओवादी लडाकु, विद्यार्थी संगठन, बुद्धिजिवी संगठन, मजदुर संगठन, वाइसियल लगायत विभिन्न जनवर्गीय संगठन र जातिय मोर्चाहरू पनि विभाजित भइसकेको छन् । पढ्नेक्रम जारी राख्नुहोस्