Daily Archives: 31/03/2011

अष्ट्रेलियमा नेपाली युवतीले आत्महत्या गरिन


सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।

सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा एक नेपालीको हत्या


-रामचन्द्र गिरी

क्वालालम्पुर, चैत्र १७ । जोहोरको कुलाइजयास्थित विलिनियम प्लाष्टिक कम्पनीमा कार्यरत एक नेपालीको अज्ञात् समूहले हत्या गरेको छ । सिसौटिया-२, सर्लाही घर भई सो कम्पनीमा कार्यरत चन्द्रीका प्रसाद यादवको मंगलबार मध्यराति अज्ञात् समूहले छुरा प्रहार गरी हत्या गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पुस्तक बिक्रीको रकमबाट अक्षयकोष स्थापना


स्याङ्जा जिल्लाको भाटखोला गाउँ विकास समिति वडा नं २ मा रहेको शारदा रमणीय डाँडा प्राविबाट अक्षर सिकेका असफल गौतमले सोही विद्यालयमा आफ्नो  चौथो प्रकाशनको पुस्तक सिलोक बन्दैछन् मुक्तक सङ्ग्रह बिक्रीको रकमबाट अभिभावक स्मृती अक्षयकोष स्थापना गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

साहित्य समाजको बैठक सम्पन्न


ब्रुनाई, २७ मार्च ११, गत प्रवासमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरु मध्ये आफ्नो छुट्टै परिचय बनाउन सफल साहित्य महासंघ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज ब्रुनाई तथा वेलायतको बैठक सम्पन्न भयो ।समाजले प्रत्येक बर्ष प्रदान गर्दै आएको प्रभात पुरस्कार र अघिल्लो बर्ष झै यो वर्ष पनि साहित्यिक प्रतियोगिता गर्ने सम्बन्धमा छलफल गरिएको थियो । समाजले गतबर्ष विश्वब्यापी रेडियो अडियो गजल प्रतियोगिता सम्पन्न गरेको थियो l पढ्नेक्रम जारी राख्नुहोस्

अख्तियारका पूर्व प्रमुख भ्रष्टाचारमा संलग्न


विनिता दाहाल/किरण भण्डारी, काठमाडौं, चैत १७- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन कायममुकायम प्रमुख आयुक्त ललितबहादुर लिम्बु र आयुक्त वेदप्रसाद शिवाकोटीलाई भ्रष्टाचारमा संलग्न ठहर गर्दै उनीहरूलाई कारबाही गर्न आदेश दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीद्वारा जग्गा कब्जा


कब्जा घोषणा गर्न झण्डा गाड्दै कार्यकर्ता । तस्विरः गणेश चौधरी टीकापुर, चैत्र १७ – माओवादीले टीकापुर- ९ मा रहेको रेशमलाल चौधरी र मीनबहादुर रावलको जग्गा कब्जा गरेको छ । चौधरीले पत्रकारिताको आडमा टीकापुर नगर विकास समितिबाट अवैध रूपमा फूलबारी एफएमका नाममा ५ कठ्ठा जग्गा लिएका र मीनबहादुर रावलले राजाको शासनकालमा ओपन स्पेसका रूपमा रहेको सार्वजनिक २ कठ्ठा जग्गा आफ्ना आफन्तका नाममा गराएको कब्जा गरेको कैलाली क्षेत्र नं. १ का इन्चार्ज महेश बडुवालले बताए । उनले भने, ‘कब्जा जग्गामा सहिद परिवार तथा सुकुम्बासीलाई बसाउँछौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

१० अर्ब घोटाला बयान दिनुपर्ने भएपछि अर्थमन्त्री लेखा समिति गएनन्


सुदर्शन सापकोटा, काठमाडौं, चैत १७- अर्थ सचिव रामेश्‍वर खनालको राजीनामा प्रकरणमा ‘भ्रष्ट्रचारको गन्ध र माफियाको चलखेल’ भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले बयानका लागि उपस्थित हुन दिएको निर्देशन अर्थमन्त्री भरतमोहन अधिकारी अस्वीकार गरेका छन्। १० अर्ब रुपैयाँभन्दा बढी घोटालामा संसदीय समितिमा उपस्थित भइ बयान दिनुपर्ने भएपछि अर्थमन्त्री लेखा समितिमा अनुपस्थित भएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

भारत उपाधिनजिक


  मोहाली (एजेन्सी), चैत्र १७ – सचिन तेन्दुलकरले अर्द्धशतक बनाएपछि भारत विश्वकपको बहुप्रतीक्षित सेमिफाइनलमा बुधबार परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई २९ रनले हराउँदै उपाधिनजिक पुगेको छ । उपाधिका लागि भारतले शनिबार मुम्बईमा श्रीलंकाको सामना गर्नेछ ।भारतले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २ सय ६० रनको मध्यम योगफल तयार पार्‍यो । प्रत्युत्तरमा पाकिस्तान एक बल बाँकी हुँदा सबै विकेट क्षतिमा २ सय ३१ रनमा सीमित भयो । पढ्नेक्रम जारी राख्नुहोस्