एउटै नम्बर प्लेटका दुई मोटरसाइकल


(माधव बराल) कास्की असोज ३- पोखरामा एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल फेला परेका छन् । पोखराको स्थानीय रेडियो अन्नपूर्णका सम्वाददाता दिननाथ बराललाई आक्रमण गरी घाइते बनाउने विशाल गौचनलाई प्रहरीले पक्राउ गरेपछि उनले नक्कली नम्बर प्लेटको मोटरसाईकल चढेको थाहा भएको हो ।

गण्डकी यातायात कार्यालयमा तनहुँ बन्दीपुरका विनोद श्रेष्ठको नाममा दर्ता रहेको ग१प ६२७२ नम्बरको कलेजी रङ्गको हिरोहेण्डा स्प्लेण्डर हो भने बराललाई आक्रमण गर्ने गौचनले सोही नम्बर प्लेट राखेर चढेको मोटरसाईकल चाईनिज हाईसुङ हो ।

बराललाई आक्रमण गर्नेले तनहुँ बन्दीपुरका विनोद श्रेष्ठको नाममा रहेको मोटरसाईल प्रयोग नियन्त्रणमा रहेमो भन्ने समाचार पोखरामा साचार माध्यममा आएपछि श्रेष्ठले यातायात कार्यालयमा रहेको ढड्डा हेरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराएपछि गौचनले चढेको मोटरसाईकलको नम्बर नक्कली भएको पत्ता लागेको हो ।

श्रेष्ठले मोटरसाईकल करिव १० बर्ष अगाडी नै आफुले बेचेको र उक्त मोटरसाईकल बागमति यातायात काार्यालयमा नामसारी गर्न सहमति भएको व्यहोरा पनि यातायात कार्यालयको ढड्डामा उल्लेख भएको जानकारी दिनुभयो । उहाँले नक्कली नम्बर प्लेट राख्नेलाई कडा कारवाही गर्न माग समेत गर्नु भएको छ । पत्रकार बराललाई कुटपिट गर्ने गौच्ानले आफुले एक जना दाईसँग उक्त मोटरसाईकल किनेको र नामसारी नगरेको प्रहरी समक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रवक्त प्रहरी निरिक्षक विश्व अधिकारीकाले गौचनलाई मोटरसाईकल बच्ने व्यक्ति विदेशमा रहेको थाहा भएको र यस’bout अनुसन्धान भईरहेको जानकारी दिनुभयो । पोखराको नयाँ बजारमा बस्ने २० बर्षिय गौचन पोखरा बगरस्थित भिमकाली मोटरसाईकल वर्कशपमा काम गर्दै आएको प्रहरीले बताएको छ ।

एउटै नम्बरका दुई वटा मोटरसाईकल फेला परेपछि नक्कली नम्बर प्लेट राख्ने गिरोह नै सकि्रय रहेको आंशका प्रहरीले गरेको छ । अर्कै अाचलमा नामसारी भएर गण्डकीमा यातायाता कार्यालयमा खाली रहेको नम्बरको मोटरसाईकल फेला पर्नुले नक्कली नम्बर प्लेट राख्ने गिरोहमा यातायाता कार्यालयका कर्मचारीको पनि सम्लग्नता हुनेसक्ने आशंकामा समेत उब्जाएको छ । नक्कली नम्बर प्लेट भएको गौच्ान चढेको मोटरसाईकल र गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

पत्रकार बराललाई बुधबारबार राती आक्रमण गरी भागेका गौचनलाई प्रहरी निरिक्षक रविन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीले बिहिबार राती अवेर पक्राउ पक्राउ गरेको थियो । एक कार्यक्रममा सहभागी भई कार्यालय फर्कने क्रममा नयाँबजारस्थित क्षेत्रीय संग्रालय नजिकै बराल सवार मोटरसाईकल रोकी अश्लिल शब्द प्रयोग गरी विना कारण बुधबार राती कुटपिट गर्ने गौचन विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीको लागि बरालले जाहेरी दिएका छन् । गौचनको आक्रमणबाट बरालको अनुहारमा चोट लागेको छ ।

पत्रकार बरालाई आक्रमण गर्ने विशाल गौचनले चढेको नक्कली नम्बर प्लेट राखिएको मोटरसाइकल ।

Poste by: Amar gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.