श्रीलंका तेस्रो पल्ट फाइनलमा


कोलम्बो (रोयटर्स), चैत्र १६ – श्रीलंका मंगलबार तेस्रोपल्ट विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । उसले न्युजिल्यान्डलाई पहिलो सेमिफाइनलमा पाँच विकेटले पराजित गर्‍यो । श्रीलंकाको जित सहज भने रहेन र न्युजिल्यान्ड लगातार दोस्रो अप्रत्याशित नतिजा निकाल्नबाट वञ्चित रह्यो । श्रीलंकाले जितका लागि २ सय १८ रनको झिनो लक्ष्य पाएको थियो । एक समय घरेलु टिम एक विकेट गुमाएर १ सय ६० रनको स्थितिमा थियो । त्यसयता उसले चाँडै चार विकेट गुमायो र दबाबमा आयो । उसको पाँच विकेट जित १३ बलको खेल बाँकी छँदा प्राप्त भएको थियो ।

सन् १९९६ को विजेताले अब उपाधिको भिडन्तमा बुधबार हुने भारत र पाकिस्तानको दोस्रो सेमिफाइनल विजेतासँग हुनेछ । फाइनल शनिबार मुम्बईमा हुनेछ । न्युजिल्यान्डले यसअघि क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो । विश्वकप इतिहासमा न्युजिल्यान्ड छ पल्ट सेमिफाइनल पुगे पनि प्र्रत्येक पल्ट फाइनल पुग्न असफल रहेको छ ।

तिलकरत्ने दिल्सानले ७३ रनमा विकेट गुमाएपछि श्रीलंकाको संक्षिप्त पतन सुरु भएको थियो । महेला जयवर्द्धनेले एक र कप्तान कुमार संगकराले ६४ रनमा विकेट गुमाए । चोटका बाबजुद ब्याटिङ गरिरहेका एन्जेलो म्याथ्युसले छक्का प्रहार गर्दै श्रीलंकाली तनाव कम गरेका थिए ।

यसअघि स्कट स्टायरसको महत्त्वपूर्ण योगदानमा न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । उनले ७७ बलमा ५७ रन बनाए । उनी मुथैया मुरलिधरनको बलमा एलबीडब्लू भए । मुरली श्रीलंकाली भूमिमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । विश्वकपपछि उनी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै छन् ।

 Posted by: Shiva Paudel

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.