उपसमितिको म्याद थपियो


अब्दुल्लाह मियाँ                    
 काठमाडौ, चैत्र १६ – नयाँ संविधान निर्माणमा देखिएको विवादमा सहमति खोज्न संवैधानिक समिति मातहत गठन गरिएको उपसमितिको म्याद थपिएको छ । समितिको बुधबार बसेको बैठकले २०६८ बैशाख १ गत सम्मलाई उपसमितिको म्याद थप गरेको हो । यसअघि फागुन मसान्तमा सकिएको उपसमितिको म्याद चैत्र १५ गतेसम्म लाई थपिएको थियो । उपसमितिको म्याद दोस्रो पटक थपिएको हो । उपसमितिले विभिन्न विषयमा सहमति जुटाएपनि शासकीय स्वरुप,राज्यको पुर्नसंरचना,निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण विषयमा प्रवशे नै गरेको छ्रैन ।

संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले उपसमितिले धेरै विषयम सहमति जुटाए पनि महत्वपूर्ण विषहरु बाँकी रहेकाले म्याद थप गरिएको बताए । उनले थपिएको अवधि भित्र विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उपसमितिमा अन्य दलका शीर्ष नेतहरु छन् ।

संवैधानिक समितिको बैठकमा दाहालले उपसमितिको संयोजकमा आफू नबस्ने बताएका थिए । आफ्ना उपाध्यक्ष नारायाणकाजी श्रेष्ठलाई संयोजक बनाउन  उनले गरेको प्रस्तावलाई अन्य दलका नेताले अस्वीकार गरेका थिए ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.