Daily Archives: 30/03/2011
कुवेत आउने नेपाली कामदारहरुले अनिवार्य रुपमा श्रम स्विकृती लिई आउन नेपाली राजदूतावास कुवेतको अनुरोध
Posted in दूतावास गतिविधि, प्रेस बिज्ञप्ति
तिमी धेरै राम्री छौ…
धर्मराज गिरी, कुवेत
प्रिया तिमी कती धेरै राम्री छौ
हाँस्दा झन राम्री देखिन्छौ
खुशी हुँदा अझ राम्री देखिन्छौ
रिसमा पनि तिमी हाँसी रहन्छौ
रुँदा पनि तिमी हाँसेकी देखिन्छौ
दु:खमा पनि तिमी सुखी देखिन्छौ… पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
पत्रकार महासङ्घको प्रभातफेरी
काठमाडौं, चैत १६- नेपाल पत्रकार महासङ्घको ५६ औं स्थापना दिवसको उपलक्ष्यमा आज बिहान काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो। भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सहिदद्वार, नयाँसडक, रत्नपार्क हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा नागरिक समाजका अगुवा, मानअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, कानुनव्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
श्रीलंका तेस्रो पल्ट फाइनलमा
कोलम्बो (रोयटर्स), चैत्र १६ – श्रीलंका मंगलबार तेस्रोपल्ट विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । उसले न्युजिल्यान्डलाई पहिलो सेमिफाइनलमा पाँच विकेटले पराजित गर्यो । श्रीलंकाको जित सहज भने रहेन र न्युजिल्यान्ड लगातार दोस्रो अप्रत्याशित नतिजा निकाल्नबाट वञ्चित रह्यो । श्रीलंकाले जितका लागि २ सय १८ रनको झिनो लक्ष्य पाएको थियो । एक समय घरेलु टिम एक विकेट गुमाएर १ सय ६० रनको स्थितिमा थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
उपसमितिको म्याद थपियो
अब्दुल्लाह मियाँ
काठमाडौ, चैत्र १६ – नयाँ संविधान निर्माणमा देखिएको विवादमा सहमति खोज्न संवैधानिक समिति मातहत गठन गरिएको उपसमितिको म्याद थपिएको छ । समितिको बुधबार बसेको बैठकले २०६८ बैशाख १ गत सम्मलाई उपसमितिको म्याद थप गरेको हो । यसअघि फागुन मसान्तमा सकिएको उपसमितिको म्याद चैत्र १५ गतेसम्म लाई थपिएको थियो । उपसमितिको म्याद दोस्रो पटक थपिएको हो । उपसमितिले विभिन्न विषयमा सहमति जुटाएपनि शासकीय स्वरुप,राज्यको पुर्नसंरचना,निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण विषयमा प्रवशे नै गरेको छ्रैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण
-विश्वदिप
ब्रुनाई, २८ मार्च २०११ । विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो । बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्मले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार