मन कुमार गुरुङ्ग, कुवेत
अभावै अभावले पिल्सीएको मेरो जीवनमा जती-जती आवश्यकताहरु पुरा हुँदै थियो, त्यती-त्यती नै चाहना र इच्छाहरु पनि बढदै गयो । उनीसँगको यो अघोषित सम्बन्ध सँग-सँगै धेरै समस्या, अभाब र चुनौतीहरु थपिदै गएको थियो । आर्यघाटको चितामा राखीएको लाश जस्तो निर्जीव र निश्प्राण किन हुँदैन पिडा र दु:खहरु ? किन मेरो एउटा अभाव तुहीन नपाउदै अर्को अभाबले गर्भाधान गर्छ ? के दु:ख्, अभाब र समस्याहरुलाई दागबत्ती दिएर सदा-सदाको लागि बागमतीमा बगाउन सकीदैन ? यस्तै प्रश्नहरुले मेरो मन पिरोलिरहयो । मेरो जीवनमा खटकीएको उनको अभाबलाई पुरा गर्न मैल अलग-अलग बाटो नरोजेको हैन, अभाब र मजबुरीको घेराभीत्र कैदी भएर आफ्नै चाहना र खुशीसँग पटक-पटक सम्झौता नगरेको पनि हैन । तर खै त मेरो उपलब्धी ?
पत्थरका चार बलियो पर्खालले मात्र सुन्दर घर नबन्दो रहेछ । त्यसभित्र बस्ने मानिसहरुको एकतले मात्रै भौतीक संरचना र जीवनलाई जिवित राख्न सक्दो रहेछ । मेरो अनुभबले मलाई यस्तै सिकायो । सायद म गलत हुन पनि सक्छु । घर भित्र असमझदारी चलिरहदा टाढैबाट ढुङ्गा फ्याँकेर अझै बिथोल्नेहरुको हाम्रो समाजमा कमी छैन । अरुको पिडा र बेदना देखी सहानुभुतिको बदलामा अगुल्टो ठोसी उपहास गर्नेहरुको भीड ठुलोनै छ हाम्रो बस्तीहरुमा । अनि, सफलताको भर्याङ चढदै गर्दा खुट्टा तानेर पछार्दै रमाउनेहरुको हुल धेरै छ । अझ यसो भनु स्वार्थी मानिसहरुको संख्या धेरै छ यो समाजमा । त्यही स्वार्थी मानिसहरुको भिडबाट अलग्गिएर सबैलाई सधै उस्तै मायाको डोरीले बाध्न चाहने उनको निस्वार्थ प्रेम्, असंक्षमलाई संक्षम बनाउन सधै प्रेरित गरीरहने उनको बानि, सधै सहयोगका लागी सलबलाउने उनका हातहरु… तर उनकै जीवनका उत्तरार्धहरु निकै कष्टप्रद बित्यो । आन्तरीक र वाहय समस्याहरुको गुजुल्टो फुकाउन नपाउदै उनलाई म बाट दैबले चुँडी लग्यो । सायद्, स्वर्गमा यस्तै मानिसको अभाव थियो होला । आज म मेरो बाबाबाट एक्लीएको पनि बर्षदिन बितिसकेछ । यो एक बर्ष भित्रको उपलब्धिहरु केलाउन थाले तर शुन्यता मात्र हात पर्यो । अस्पतालको बेडमा जीवन र मृत्युसँग लडीरहँदा पनि मेरो खुशी र सफलताको सांकेतीक भाषा बोल्नु भएको थियो । शिथिल बन्दै गएको उनको आँखाहरुमा मेरो उज्वल भविष्य र सुन्दर घर परिवारको चाहनाको प्रतिबिम्ब स्पष्ट देखिन्थ्यो । सायद्, यहिनै मेरो बाबाको अन्तिम इच्छा थियो होला ।
यता मेरो उनीसँगको भेटघाट निरन्तर चलिरहयो । म मेरो बाबाको चाहना र मेरो सपनाहरुलाई वास्तबिकतामा बदल्न आतुर थिए । सम्भावनाका प्रशस्त संकेतहरु देखिरहेको थिएं तर धेरै टाढा । त्यहाँसम्म पुग्नलाई मैले धेरै कसरत गर्नुपर्ने स्पष्ट थियो । एकातिर वाधा, अवरोध र अप्ठ्यारा बाटोहरु मेरो अगाडी चुनौती बनेर उभियो भने अर्कोतिर सहज तर उनि बिनाको यात्रा । मैले आजसम्म कैले पो सहज बाटो हिडेको थिए र ! उनिसँगको चुनौतिपूर्ण यात्रानै रमाइलो लाक्छ मलाई । किन की, सहज बाटो त जसले पनि हिंड्न जान्दछ र हिंडीरहेकै छ । मैले चुनौतिपूर्ण यात्रानै आफ्नो रोजाइमा पारें । यो यात्रामा मलाई एउटा बलियो धरातलको आवश्यकता थियो जसलाई जापानको जस्तो भुकम्पले पनि फटाउन नसकोस् । आफु उभिएको धरातल बलियो बनाउन म भरपुर कोशीष गरिरहें । सार्बजनिक पुस्तकालयमा राखीएको खुल्ला किताब बनेर उनको सामु खुलें । उनले पनि एकपछी अर्को गर्दै आफ्नो बेदनाका पोकोहरु मेरो सामु खोली रहिन र भन्दै थिइन्, हामी अलग्गीए पछी हामी दुबैको खुशिहरु अपहरणमा पर्यो । कसैले पनि फर्काएर ल्याउन सकेनन् ।
त्यसो हो भनें अब हामी एक हुनु आजको आवश्यकता हैन, के हामी फेरी एक हुन सक्दैनौ ? मैल भने ।
आमा, के भन्नु भ’को ? आफै सोच्नुहोस त, कसरी सम्भब छ ? घर परिवार, इष्ट मित्र अनि यो समाज ? के भन्लान यो दुनियाँले ? यस्तो हुनसक्दैन । आज हामी जे छौं यसैमा सिमित रहनु पर्छ । टाढै बसेर एक अर्काको सहयोगी बन्न सक्छौ तर, फेरी नाता असम्भब छ ।
म सम्झाउदै थिएं… हेर नानी, असम्भब मुर्खहरुको डायरीमा मात्र हुन्छ । यदी, तिमी ति मुर्खहरुको झुन्डबाट अलग्गै रहन चाहन्छौ भने आउ हिजोको संसारलाई भुलेर मैले शुरु गर्न लागेको यात्रामा मलाई साथ देउ । सबै कुराहरु सम्भब छन्, मात्र इच्छा शक्ती र बलियो मनोबल चाहिन्छ । त्यसैले इच्छा र मनोबल दुबै लिएर आउ । बेहुली अन्माइसकेपछिको विवाह घर जस्तो लथालीङ मेरो घरलाई सम्हाली देउ । यस्तै के-के भने एकोहोरो फलाकिरहेथें ।
अन्तत्, उनिले घर परिवारलाई पनि सम्झाएर अगाडी बढ्ने सल्लाह दिइन मैल पनि हुन्छ भनें । आज भोली म उनिले हिजो छाडेर गएको सम्झना र झझल्कोहरु आँखा भरी सजाउँदै, ठाढै मर्न लागेको प्रित ब्युँझाउने प्रयास गर्दै उनको आगमनको बाटो हेरिरहेछु । रित्ती सकेको प्रेमको टोकरीमा फेरी आशाको बीज रोपेर बिश्वास र भरोसाको मलजल हाल्दैछु । हेरौ कस्तो फल दिन्छ…!!
प्रेम भित्रपनी राजनीति हुँदो रहेछ । अघोषित दल र संगठनहरु प्रेमलाई असफल बनाउन कुनै न कुनै रुपमा षड्यन्त्र गरिरहेका हुन्छन् । अझ मेरो प्रेमलाई देख्न नचाहनेहरुको टाउको धेरै छ । यहाँ यतिबेला मैल मेरो बर्तमान र भाबी योजना सार्बजनिक गरीरहँदा हिजोसम्म निष्कृय बसेका सैतानहरु सल्बलाउन थालेको आभाष हुँदैछ मलाई । मानबताको खोल ओढेर दानबीय सोंच राख्ने राक्षसहरु खबरदार…!! तिम्रा हरेक प्रयत्नहरुलाई निस्तेज पार्न यतिबेला हामीसँग सम्पूर्ण शक्ती सिंचित छ । हाम्रो बिरुद्धमा उठनु भन्दा पहिले आफु बसीरहेको धरातल र आफ्नो वरीपरी तिम्रो साथमा को-को छन नियालेर हेर । अन्यथा, हाम्रो हारमा रङ्हरुको उत्सब मनाउन संकलित ति तिम्रै रङ्हरुले मेरो उनिको सिउँदो रङगिनेछ । होशीयार…!!
क्रमश…
Posted by: Jay Ale