मध्यपश्चिममा “सन्त्रास”


जे पाण्डे                    
 नेपालगन्ज, चैत्र १५ – पश्चिम नेपालको प्रख्यात बागेश्वरी मन्दिरको एक छेउमा कलाकार, पत्रकार, प्रहरी र राजनीतिक दलका नेताहरूसँगै पूजाआजा गर्न आएका भक्तजनको घुइँचो थियो । बिहानीपखको समयमा मन्दिरमा भेला भएकाहरू आ-आफ्नै धुनमा देखिन्थे । ‘अब तिमीहरू सबै मर्छौ, गइहाल… गइहाल यहाँबाट ।’ एक्कासि दौडँदै आएको एउटा पागल भीडभित्र पसेर चिच्याउन थालेपछि मन्दिर क्षेत्रमा सन्त्रास फैलियो । केही डरले भागे पनि ।

नेपालगन्जलाई मुख्य थलो बनाएर निर्माण गर्न थालिएको ठूलो पर्दाको फिल्म ‘सन्त्रास’ को साइत शनिबार यसरी निकालिएको थियो र स्थानीय कलाकार वीरेन्द्र यादव पागल बनिरहेका थिए ।

लेखक मोहन निरौलाका अनुसार भूतप्रेत, तन्त्रमन्त्र र विज्ञान मिश्रति कथावस्तु समेटिएको उक्त फिल्म अपराध गरी समाजमा सन्त्रास फैलाउनेविरुद्ध लक्षित छ । ‘अन्यमा भन्दा यो फिल्ममा मन्त्रको बढी प्रयोग छ,’ उनले भने ।

दिनेश कार्की निर्देशक रहेको ‘सन्त्रास’ मा क्षितिजा शाक्य र रूपा खनाल गरी दुई नायिका छन् । नायक चार छन् ः सुसन्त मैनाली, धु्रव न्यौपाने, मुकेश आचार्य र एस राज । निर्मातामा मनोज केसी छन् ।

चैतको महिनामा नेपालगन्ज पुग्ने भनेपछि चर्को घाम र भतभती पोल्ने गर्मीले छालाको रंग कालो हुने डरले धेरै कलाकारको मनमा काठमाडौंमै सन्त्रास उत्पन्न भएको रहेछ । ‘यहाँ आएपछि डर भाग्यो, माया धेरै पाएँ,’ ९ वर्षपछि ‘सन्त्रास’ मार्फत नै कम ब्याक गरिरहेकी क्षितिजाले भनिन् । ‘घामछाया,’ ‘कैदी,’ ‘नातेदार’ सहित पाँच फिल्ममा खेलिसकेकी क्षितिजा आमा बनेपछि ठूलो पर्दाबाट ओझेल भएकी थिइन् । यस अवधिमा धेरै नयाँ र राम्रा कलाकार देखा परेका छन् । ‘ग्ल्यामरमा म अन्य नायिकाहरूभन्दा कम नभएकाले निर्माता/निर्देशकले मलाई यो फिल्ममा अवसर दिनुभएको हो,’ उनले सुनाइन् ।   

नेपालगन्ज-१७ फुलटेक्रास्थित राणाहरूको पुरानो बंगलालाई ‘सन्त्रास’ को भवन बनाइएको छ । बाँकेको पूर्वी जंगल क्षत्रेमा पर्ने भँवर भवानी, राप्ती नदीलगायतमा ८० प्रतिशत सुटिङ गरिने निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार यो फिल्ममा धेरैजसो कलाकार नयाँ हुनेछन् । नेपालगन्जकै जिनु हलवाई र फिकल शर्माले समेत अभिनयको मौका पाउँदै छन् ।

‘पश्चिम क्षेत्रलाई महत्त्व दिन नेपालगन्जलाई सुटिङको मुख्य थलो बनाएका हौं,’ निर्माता केसीले भने । 

 Posted by: Shiva Paudel

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.