फेरि चुलियो दाहाल-भट्टराई वाकयुद्ध


उजिर मगर, काठमाडौं, चैत १५- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको विवाद आन्तरिक रूपमा पुनः वाकयुद्धमा उत्रिएका छन्। दुवै पक्षले आ-आफ्ना निवासमा निकटस्थ नेताहरूसँगका भेटघाटबीच एकार्काबीच आरोप प्रत्यारोप गर्नेक्रम तीव्र भएको छ।पछिल्लोपल्ट मजदुर संगठनमार्फत छताछुल्ल हुँदै गए पनि दाहाल-भट्टराई सम्बन्ध ‘सात बुँदे’ प्रति भट्टराईसहितका नेताहरूको ‘नोट अफ डिसेन्ट’, उनी पक्षधर सांसदहरूको हस्ताक्षर प्रकरणदेखि चुलि”दै आएको हो।

दाहालले पछिल्लोपल्ट सोमबार बिहान आफू निकट पार्टी पदाधिकारी र मन्त्रीसँगको अनौपचारिक छलफलमा भट्टराईले पार्टीमा ‘गुटगत राजनीति गरेको’ आक्रोश पोखे।
आन्तरिक विवादका कारण स्थायी समितिको बैठक समेत बस्न नसकेकाले आफूलाई गम्भीर बनाएको दाहालले बताएका थिए।

अहिले सबैभन्दा समस्या मजदुरमा देखिएको स्वीकार्दै ‘त्यस’bout बढी गम्भीर भएर जाने’bout’ छलफल भएको एक सहभागीले जानकारी दिए। अध्यक्ष दाहाल आफ्नो निवास नयाँ बजारमा उपाध्यक्ष मोहन वैद्य, महासचिब रामबहादुर थापा, मन्त्रीहरू कृष्णबहादुर महरा र वर्षमान पुन तथा कार्यालय सचिव शक्तिबहादुर बस्नेतसँग छलफल गर्दै थिए।

‘पार्टीका जिम्मेवार नेताले गुटगत अभिव्यक्ति दिंदै हि”डेका छन्। यो शैली पार्टीमा गलत परिपाटी हो’, दाहाललाई उदृत गर्दै ती सहभागीले नागरिकस”ग भने। उनका अनुसार दाहालले व्यक्तिको नाम लिएनन्, तर उपाध्यक्ष वैद्यले भने अर्का उपाध्यक्ष भट्टराईको कार्यशैली गलत भएको भनी आरोप लगाएका थिए।

‘पार्टीको कार्ययोजना एउटा छ। त्यसको कार्यान्वयन कतैबाट भएको छैन। पार्टीभित्र गुट मौलाउँदै गएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती आएको छ’, दाहालले भनेका थिए।

दाहालले केही दिनअघि भट्टराई निकटस्थ स्थायी समिति सदस्य देवेन्द्र पौडेल समेत सम्मिलित आफ्नो निवासको छलफलमा भट्टराई पक्षले पार्टी फुटाउन लागेको, गुट बढाउन खोजेको लगायत टिप्पणी गरेका थिए। त्यसपछि भट्टराईले पनि आफ्नो निवास पुगेका नेता-कार्यकर्तासँग पार्टी अलग गर्ने आफ्नो सोच नहु”दानहु”दै पनि अध्यक्षले जथाभावी बोलेको प्रति लाञ्छना लगाएका थिए।

भट्टराईले पालुङटार बैठकदेखिको फरक मत बाहिर लाने विषयमा प्रशिक्षण बहिष्कार गरेपछि दाहाल उनीसँग थप सशंकित बन्दै आएको स्रोतको दाबी छ। पछिल्लो पटक भट्टराईले देशव्यापी भ्रमण गरेपछि दाहाल थप सशंकित बनेका छन्।

भट्टराईले भने आफूलाई पार्टी फुटाउन लागेको भन्ने आरोप लगाउ”दै अध्यक्षले षडयन्त्र गर्न थालेको, आफूविरूद्ध मोबाइल एसएमएसमार्फत घृणा सञ्चार गर्न थालेको, गुटबन्दी गरेको भन्दै आक्रमण गर्न थालेको गुनासो आफू पक्षधर नेताहरूसँग गरेका छन्।

भट्टराई पक्षमा लाग्ने कार्यकर्ता सधैं पीडित हुने र उनले नेतृत्व लिन नसक्ने आरोप खेपिरहेका भट्टराईले त्यसलाई व्यवस्थित गरेर जाने बताउँदै आएका छन्।

‘दाहाल भित्रीरूपमा शान्ति प्रक्रिया चाहन्छन्। त्यसको जस पाउन उनी संबैधानिक उप समितिमा बसे। यता कार्यकर्तालाई जनविद्रोह भन्छन्। शान्ति प्रक्रिया र संविधान निर्माणमा आफ्नो नीति पारित भएको देखाउन उनको चालबाजी मात्रै हो’, भट्टराईले उनी निकट नेताहरूसँग भन्ने गरेको बुझिएको छ।

भट्टराईले उदाहरण दिंदै भन्ने गरेका छन्, ‘अहिले मुख्य जोड शान्ति र संविधानलाई दिनुपर्छ। अध्यक्षले यसलाई सीधै स्वीकार्नुहुन्न। मैले भनेको यति मात्रै हो- लक्ष्यमा पुग्न पिच गरेकै बाटोबाट मोटर चढेर जाऔं। किन कच्ची बाटो हिँड्ने?’

Posted by: Shiva Paudel

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.