ढिस्कोले पुरिएर पाँचको मृत्यु


कृष्ण आचार्य                    
गोरखा, चैत्र १५ – गोरखाको छेक्मपार गाविसमा गोरेटो बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । वडा न.६ र ७ मा बाटो खन्दै गरेको बेला सोमबार साँझ जमीन भासिएको थियो ।मृतकहरुमा वडा नं ६ का ५० वर्षीय दोर्जे लामा र ३९ वर्षीय साङोदोर्जे लामा छन् । त्यस्तै वडा नं ७ का ३९ वर्षीय नालाङलुन्डुप लामा,४० वर्षीय छेवाङडुन्डुप लामा र २३ वर्षीय याङ्जोन लामाको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय छिरिङ्आङ्दो लामाले टेलिफोनमा बताए । बाटो खन्ने क्रममा स्थानीय १८ जना खटिएकोमा १३ जना बाँच्न सफल भए । स्थानीय छेक्पार प्रहरी चौकीले पुरिएको स्थानबाट शव निकालेको छ । घटनास्थल सदरमुकामबाट ६ दिनको पैदल दुरीमा छ ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.