के महात्मा गान्धी ‘गे’ थिए ?


भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीका विषयमा अहिलेसम्म थुप्रै यौनचर्चा भैसकेका छन् । गान्धीका विषयमा हुने अधिकांश यौनचर्चामा उनी ब्रम्हचार्य हुँदाहुँदै पनि कसरी महिलामित्रसँग यौन क्रियाकलापमा सहभागी हुन्थे भन्ने उल्लेख हुने गरेका थिए । तर अहिले एक जना विदेशी पत्रकारले गान्धीको रुची महिलासँग नभई पुरुषसँग थियो भन्ने दावी गरेका छन् । उनले गान्धी ‘गे’ भएको र जातीयता विरोधी नभई पक्षधर भएको दावी पनि गरेका छन् ।

न्युयोर्क टाइम्सका पूर्वकार्यकारी सम्पादक जोसेफ लेलिवेल्डले लेखेको किताव ‘ग्रेट सोल ः महात्मा गान्धी एण्ड हिज स्ट्रगल विथ इण्डिया’मा महात्मा गान्धी ‘बाइसेक्सुल’ भएको दावी गरेका हुन् । उनले त्यो दावीलाई पुष्टी गर्न थुप्रै प्रमाणहरु पनि पेश गरेका छन् ।

लेखक जोसेफका अनुसार गान्धीले बडिविल्डर तथा जर्मन यहुदी आर्किटेक्ट हरमन कैलनबाकसँग सम्वन्ध बनाएका थिए, यही सम्वन्धका कारण उनले आफ्नी श्रीमती छोडेको दावी पनि लेखकको छ । लेखकका अनुसार गान्धी दक्षिण अफ्रिकामा हुँदा हरमनको घरमा दुई वर्षसम्म बसेका थिए, यहीवीचनमा दुई जनावीच प्रेम सम्वन्ध विकसित भएको थियो । लेखकका अनुसार हरमन र गान्धीले एकअर्कावीच प्रतिज्ञा पनि गरेका थिए, एक अर्कालाई यति धेरै माया गर्नेछौं, त्यति माया अहिलेसम्म कसैले कसैलाई गरेको छैन । लेखकको दावी छ, गान्धीले एकपटक हरमनलाई भनेका थिए, हरमन तिमीले मेरो शरिर पुरै नियन्त्रणमा लियौ, यो गुलामी मलाई निक्कै मिठो लाग्छ ।’

Posted by: Raju Gurung                            Source: Purbanchaltimes

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.