केदारनाथ खरेल, कुवेत
कमिलालाई ईश्वरले अनौठो किसिमको किरा वर्गमा पर्ने प्राण धारीको रुपमा सृष्टि गर्नु भयो । यो जमीनको लगभग सबै भागमा पाइन्छ । धेरै जसो कमिलाहरु रातो या कालो रंगको हुन्छन्, तर केही प्रजातिहरु हरियो या धात्विक चम्किलो रंगको पनि हुन्छन् । कमिलाको खुट्टाहरु ६ वटा हुन्छन् जस मध्ये एक साइडमा तीनवटा र अर्को साइडमा तीनवटा हुन्छन् । तिनका खुट्टाहरु धेरै बलिया हुन्छन्, यसैले यिनीहरु धेरै छिटो हिंड्न सक्छन् । कमिलाको ब्रेन सेलहरु २५०,००० हुन्छन् तर मानिसको १०,००० मिलियन हुन्छन् । कमिलाको विकाशक्रम यसरी हुन्छ, पहिले अण्डा त्यसपछि लार्भा, प्युपा अनि पूर्णरुपमा कमिला बन्दछ ।
कमिलाको धेरैजसो आदतहरु मानिसहरुसँग मिल्दो जुल्दो हुन्छ । यि मानव जाती जस्तै सामाजिक स्वभावका पनि हुन्छन् । याने आपसमा मिलजुल गरेर काम गर्दछन् । यिनको ठूला-ठूला घरहरु हुन्छन् । जसमा यिनको ठूला-ठूला ग्रुप हुन्छन् । यिनीहरुको ग्रुपमा आ-आफ्नो कामको अनुसार हर प्रकारको कमिला हुन्छन्, जसमा मजदूर, सिपाही र अण्डा दिनेवाला रानी (पोथी) कमिलाहरु सामेल हुन्छन् । घरमा रहने धेरैजसो कमिला पोथी जातका हुन्छन् । साथमा केही भाले कमिला ‘ड्रोन’ पाइन्छ । यि सबै कमिला आ-आफ्नो काम एक अर्काको सहयोगबाट पूर्ण गर्दछन् । यहाँसम्म कि टाढा-टाढासम्म खाना लिन जान्छन् । यिनीहरु एक आपसमा आफूले ल्याएको चीजलाई पालोफेरो गरि बोक्ने गर्दछन् । सिपाही कमिला आफ्नो घरलाई बचाउनको लागि आक्रमणकारीसँग पूरा बहादुरीका साथ लड़ाई लड्छन् ।
कमिलामा कठिन परिस्थितिसँग लड़ने ताकत हुन्छ र आपसमा कुराकानीको लागि यिनीहरुसँग धेरै राम्रो तरीका हुन्छ । जुन धेरैजसो मानवविय तरीकासँग मिल्दो जुल्दो हुन्छ । कमिलाको आँखा दुईवटा हुन्छन् तर ति दुईवटा आँखामा कयौं छोटा-छोटा लेन्स जोडिएको हुन्छ यसकारण यिनीहरु कयौं दिशामा एकै पटक देख्न सक्छन् । तर यिनका आँखाले राम्रो र प्रष्टसँग देख्नलाई असमर्थ हुन्छ । यसको अलावा यिनका टाउकोमा दुई एंटीना हुन्छ यसकारण यसले चीजलाई छोएर महशुस गर्न सक्छ । साथै यिनलाई शिकारलाई पक्रनको लागि बलिया दाँत पनि बनाइएको छ । आफ्नो वजन भन्दा पचास गुणा भारी सामान यिनले उठाउन सक्छ ।
कमिलाहरुमा रहेको खास बासनाको कारण उनिहरु एक अर्कासँग सूचना आदान-प्रदान गर्न सक्दछन् । यो बासनामा खास केमिकल फेरोमोन्सको हुन्छ । खानाको खोजीमा अगाडि जानेवाला कमिला खाना मिल्नसाथ फर्केर आफ्नो घरसम्म फेरोमोन्सको एक रेखा छोड्दै छोड्दै फर्केर आउँछ । यसै बासनाको सहाराले कामदार कमिलाहरु वहाँसम्म पुग्न सक्छ र त्यस खानालाई टुक्रा टुक्रा बनाएर बिस्तारै विस्तारै लान थाल्छन् । साथै हरेक प्रकारका अघिल्लो कमिला साथिको लागि फेरोमोन्स पनि छोड्दै जान्छ । जब खाना खत्तम हुन्छ तब यिनीहरु फेरोमोन्स छोड्न बन्द गर्छन् र कमिलाको यात्रा रोकिन थाल्छ । जब कुनै कमिलालाई कहीं कतै खतरा महशुस हुन्छ । यो कुनै कारणले त्यो कुनै बाटोमा घाइते हुन गयो भने कुनै खास किसिमको केमिकल अलार्म जस्तो चीज छोड्छ, जसलाई सूंघेर बाँकी कमिला त्यसतर्फ जानै छोड्छ ।
कमिलाहरु रहने ठाउँ अँधेरो वा सुरुङ मार्गले भरीपूर्ण हुन्छ । जहाँ बैक्टीरियल वा फंगल इंफेक्शन हुनसक्छ । अल्लाहले कमिलालाई यसबाट बचाउनको लागि यिनको जीउमा खास मेटाप्ल्यूरल ग्लैंड बनाएको हुन्छ । जुन ठाँउ भित्र एण्टीबैक्टीरियल र एण्टीफंगल केमिकल्स रहेको हुन्छ र यसै कारणले कमिला बैक्टीरिया वा फंगलको हमलाबाट सुरक्षित रहन्छ ।
कमिलाले केही किसिमको खेती पनि गर्दछ । जस्तै लीफकटर कमिला एक खास किसिमको पत्ता खाएर बाँच्दछ । यसैले पत्तालाई जम्मा गर्नको लागि ’em पत्तालाई काटेर छोटो-छोटो टुक्रा पार्दछ र त्यसलाई आफ्नो सुरुङमा गुँढ(बासस्थान) बनाएर राख्दछन् । यसै पत्तामा खास किसिमको जालो हुन्छ । यसैले हामी कमिलालाई ईश्वरको अनौठो किसिमको सृष्टी हो भन्न सक्छौं ।
Posted by: Jay Ale
oh good job kedar ji hajur ko lekh ati nai chetana mulak ra ramro chha. aauda dinama pani yesta lekh haru padna paiyoss good job yar keep it up.
suresh tamu
oho naya kura padna payakoma lakhak lai dhanyabad.
lekh yakdamai ramro lagyo aune din haru nee yastai naya kura rakhnu hola