सविता लामा, कुवेत
विश्वास गर्थें मैले उसलाई आफुलाई जती
त्यही कारणले भयो आज मेरो यो गती
गरौं विश्वास अब कस्को आफन्त हो भनि
छैन मलाई भरोसा आफ्नो आफन्तको पनि !
बाहिर भनें ठिक्क पार्दै कति मिठो भाषा बोल्छौ
पाप गरी पश्चातापले व्यर्थै किन छाती पोल्छौ
किन गर्छौ चम्चागिरी कस्तो रैछ तिम्रो बानी
मैले कस्को के बिगारें र गर्न खोज्छौ मेरो हानी ! पढ्नेक्रम जारी राख्नुहोस्