लेखनाथमा प्लास्टिकबाट पेट्रोल निकालियो


कास्की, जथाभावी फालिने प्लास्टिकलाई पुनः प्रयोग गर्न सकिने ’boutमा सचेतना जगाउन विदेशी नागरिक यति बेला पोखरामा व्यस्त छन् । इको पार्टी जापानाका इन्जिनियरहरुको एक टोली विगत ४ महिनादेखि प्लास्टिकको पुनः प्रयोग गर्न सकिने तथा यसबाट इन्धन निकाल्न सकिने ’boutमा विद्यालयहरुमा सचेतना जगाउन लागिपरेका हुन् । पेट्रोलिय पदार्थबाट नै बनेको प्लास्टिकलाई पुनः इन्धनमै परिणत गरेको टोलीले प्रत्यक्ष देखाउँदै आएको छ ।

वातावरणको क्षेत्रमा काम गर्दै आएको इको पार्टी जापानका इन्जिनिरयहरुले प्लास्टिकलाई पगालेर इन्धन निकाल्ने मेसिन नै पोखरामा ल्याएर प्लास्टिकलाई जथाभावी नफाल्न पोखरेलीलाई अनुरोध गरेका छन् । इको पार्टी जापानको टोलीले लेखनाथको शिशुवामा रहेको कञ्चनजंघा एकेडेमी सेन्टरका विद्यार्थी तथा अभिभावकहरुलाई जथाभावी फालिने प्लास्टिकबाट इन्धन निकालेर प्रत्यक्ष देखाएको छ । प्लास्टिकबाट इन्धन निकालेको विद्यार्थीहरुले उत्सुकतापूर्वक अवलोकन गरेका थिए ।

इको पार्टीको सहयोगमा पोखरामा ल्याइएको ब्लेस्टर मेसिनबाट प्लास्टिक पगालेर पेट्रोलियम पदार्थ बनाइएको हो। एकेडेमीका विद्यार्थीहरुले २० दिन लगाएर करिब १० केजी प्लास्टिक संकलन गरॆपछि इको पार्टी जापानका टोली विद्यालय प्रांगणमै पुगेर इन्धन निकालेको हो। प्लास्टिक पगालेर इन्धन निकाल्ने मेसिन पोखरामा रहेको थाहा पाएपछि प्लास्टिकको ’boutमा सचेतना जगाउन विद्यार्थीलाई प्लास्टिक संकलन गर्न लगाएको एकेडेमीका प्रिन्सिपल सन्दीप अधिकारीले जानकारी दिए।

वातावरणलाई प्रदूषण हुनबाट जोगाउन तथा मेसिनबाट इन्धन निकालेको देखेपछि प्लास्टिक जताततै नफालीकन थन्क्याएर राख्ने सन्देश दिन पुसमा ल्याइएको मेसिन अझै तीन महिना पोखरामा राखिने इको पार्टी जापानका निर्देशक मासानोरीले जानकारी दिए। उनका अनुसार उक्त मेसिनबाट जथाभावी फालिएको प्लास्टिकमध्ये ५४ प्रतिशत प्लास्टिकबाट इन्धन निकाल्न सकिन्छ। शहरबजारमा फालिने प्लास्टिकबाट वातावरण प्रदूषित भएकोले पोखरालाई सुन्दर बनाउन पनि यो मेसिनले सघाउ पुर्याउने विश्वास मासानोरीको छ।

पोखरामा मेसिन ल्याएपछि पहिलो पटक विद्यालयमा पुगेर इन्धन निकालिएको इको पार्टी जापानका नेपाल प्रतिनिधि राजु सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार अन्य विद्यालयहरुले प्लास्टिकलाई सुरक्षित राख्न शुरुसमेत गरेका छन्। पोखराबाहिर पनि अन्य संघसंस्थाले प्लास्टिक संकलन गरी बोलाएमा आफूहरु सोही ठाउँमा पुगेर प्रत्यक्ष इन्धन बनाएर देखाउने जानकारी सापकोटाले दिए।

एक केजी प्लास्टिक पगाल्दा करिब ८ सय मिलिलिटर पेट्रोलियम पदार्थ निस्कने र सपिङ ब्याग चाउचाउ दूध तेल बिस्कुटलगायतका प्लास्टिकबाट इन्धन निकाल्न सकिनेछ। प्लास्टिकबाट निस्केको पेट्रोलियम पदार्थ ट्रुक्टर ट्रक र जेनेरेटरमा प्रयोग गर्न सकिने सापकोटाले जानकारी दिए। उक्त मेसिनले प्लास्टिक पगालेर निस्केको इन्धनलाई पेट्रोल डिजेल र मट्टीतेलमा पनि परिणत गर्न सक्छ।

पोली प्लेन पोली एचलेन र पोली सिचलेन गरी तीन प्रकारका प्लास्टिकबाट पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ भने प्लास्टिकबाट निकालिएको तेललाई सीधै प्रयोग गर्न सकिने तथा उच्च गुणस्तरको बनाउन पनि मिल्छ।

५० लाख पर्ने उक्त मेसिनलाई ट्रकमै जडान गरिएको छ भने सडक पुगेको ठाउँमा सजिलै लैजान सकिन्छ। तीन किलो प्लास्टिक पगाल्न एक घण्टा लाग्छ भने तपक्रम ४ सय २० डिग्री सेन्टिग्रेट आवश्यक पर्छ। इन्धन निकाल्न मेसिनसँगै नेपालका ३ र जापानका ३ गरी ६ जना प्राविधिक कार्यरत छन्।

Posted by: Amar Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.