निजामती कर्मचारी सगरमाथा आरोहण अभियानमा


निजामती कर्मचारीहरूको टोली आगामी चैत २१ गते सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलको नेतृत्वमा रहेको टोलीले पर्यटन वर्षको प्रवद्र्धन तथा आरोहण क्षेत्रको वस्तुस्थित अध्ययन गर्नेछ । कर्मचारीहरूले पर्वतारोहण क्षेत्रका समस्या र चुनौतीसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ आरोहणमा सहभागी हुन लागेको बताएका छन् । अभियानमा सहभागी हुने कर्मचारीहरू यतिबेला अन्तिम चरणको प्रशिक्षणमा जुटिरहेका छन् । उनीहरू दुई वर्षअघिदेखि नै प्रशिक्षणमा थिए । कर्मचारीहरूले पूर्वतयारीस्वरूप काठमाडौं तथा रसुवा जिल्लाको हिमशृंखलाअन्तर्गत याला पिक क्षेत्रमा  गत असारमा पर्वतारोहण प्रशिक्षण लिएका थिए ।

अभियानको सम्पूर्ण प्रशिक्षण र व्यवस्थापनको जिम्मा पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिलाई दिइएको छ । समितिले १५ सदस्यीय टोलीलाई बिदाका दिनमा काठमाडौं’roundका डाँडामा प्रशिक्षणका लागि लैजाने गरेको छ । प्रतिष्ठानले बन्द प्रशिक्षणसमेत दिँदै आएको छ, जसमा सचिव पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भट्टराईलगायत छन् ।

मुलुकको आर्थिक विकासमा पर्वतीय पर्यटनको महत्वपूर्ण भूमिका भएको महसुस गरेर आरोहणमा जान लागिएको पर्यटन प्रवक्ता तथा आरोहणदलका सदस्य लक्ष्मण भट्टराई बताउँछन् । “नीतिनिर्माणमा कर्मचारीको योगदान महत्वपूर्ण हुने भएकाले नै यो अभियानलाई पर्यटन वर्ष २०११ मा सम्पन्न गर्न लागिएको हो,” उनले भने, “दुई वर्षअघिदेखिको तयारी अन्तिम चरणमा पुगेको छ र कर्मचारीहरूले यो अभियानलाई सफल पार्नेछन् ।”

आरोहणको सम्पूर्ण व्यवस्थानपन जिम्मा पाएको प्रतिष्ठानले सबै आवश्यक सामग्री टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको जानकारी भट्टराईले दिए । “हामी चैत २१ गते काठमाडौंबाट सगरमाथा आरोहणका लागि औपचारिक रूपमा प्रस्थान गर्नेछौं,” उनले भने ।

आरोहण दलले ७५ दिनमा यो कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ । अभियानको सुरुमा ६ हजार ७ सय मिटर उचाइको आइल्यान्ड पिक आरोहण गर्ने कार्यक्रम छ । सम्पूर्ण खर्च सरकारले बेहोर्नेगरी सुरु गरिएको अभियानमा ३ करोड रुपयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको भट्टराईले जानकारी दिए ।

प्रत्येक वर्ष पर्वतारोहण क्षेत्रबाट नेपाल सरकारले करोडांै रुपैयाँ रोयल्टी प्राप्त गर्दै आएको छ । गत वर्ष पनि सरकारले ठूला हिमालबाट मात्र ७ करोड रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । नेपाल भ्रमण गर्ने पर्यटकको जम्मा संख्यामा २५ प्रतिशत हिस्सा ओगटे पनि आम्दानीका हिसाबले यसको योगदान ५० प्रतिशत रहेकाले यसलाई महत्व दिइएको भट्टराईको भनाइ छ । नीतिनिर्माताहरूले नै आरोहण गर्दा पर्वतीय पर्यटनमा नयाँ आयाम थपिने आशाले पर्यटन व्यवसायीहरूले समेत यो अभियानमा सघाइरहेका छन् । अभियानको अनुगमनका लागि पर्यटन मन्त्रालयमा एक समितिसमेत गठन भइसकेको छ, जसले आवश्यक सबै काम गरिरहेको छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.