कडा प्रतिस्पर्धामा धोनी र अफ्रिदी


नयाँदिल्ली (एएफपी), चैत्र १४ – भारतीय कप्तान महेन्द्रसिंह धोनी र पाकिस्तानी कप्तान साहिदअफ्रिदीबीच बुधबार हुने विश्वकप क्रिकेटको सेमिफाइनलमा कडा प्रतिस्पर्धा हुने पक्का छ ।अफ्रिदीको टिमले अस्ट्रेलियाको विश्वकपमा अपराजित ३४ औं खेलको यात्रालाई समूह चरणमा तोडेको थियो । भारतले भने क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई हराएर घरको बाटो देखायो ।

धोनी रअफ्रिदी खेलको परिस्थिति अध्ययन गर्न चतुर छन् । जस्तै, उनीहरूले चाहिलेका बेलामा स्पिनरलाई समेत प्रारम्भिक बलिङ गर्न लगाए । जसले गर्दा पेस बलरको अपेक्षा गरेका टिम झुक्किएका थिए । भारतले क्वाटरफाइनलमा अस्ट्रेलियाविरुद्ध स्पिनर आर आस्विनलाई उतारेको थियो । आस्विनले कप्तानको अपेक्षाअनुरूप शेन वाट्सनलाई १० ओभरअगावै आउट गरेका थिए । धोनी बलिङ परिवर्तन गर्न माहिर छन् । तर टिममा पाँचौं बलर छैनन् ।

युवराज सिंहले पाँचांै बलरको जिम्मेवारी पूरा गरेका छन् । युवराजले प्रतियोगितामा ११ विकेट लिएका छन् । धोनीले अस्ट्रेलियाविरुद्धको खेलमा युसुफ पठानको स्थानमा सुरेश रैनालाई राखेर सही निर्णय गरे । रैनाले युवराजसँग मिलेर नटआउट ७४ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए । ‘समयअनुसार काम गर्ने मेरो चलन छ,’ धोनीले भने । भारतले विश्वकपमा एक खेलमा मात्र हार बेहोरेको छ ।

उसले दक्षिण अपि|mकासँग हार बेहोर्‍यो ।अफ्रिदीको नेतृत्वमा रहेको पाकिस्तानले न्युजिल्यान्डसँग हार बेहोरेको थियो ।अफ्रिदीले ब्याटिङमा रन बटुल्न नसके पनि लेगस्पिनको जादूले विपक्षी ब्याट्सम्यानलाई तनावमा राखेका छन् । उनले प्रतियोगितामा सर्वाधिक २१ विकेट हात पारिसकेका छन् । न्युजिल्यान्डविरुद्ध खराब प्रदर्शन गरे पनिअफ्रिदीले विकेटकिपर ब्याट्सम्यान कमरान अकमललाई टिममा राखे । अकमलकै खराब प्रदर्शनमा पाकिस्तानले त्यस खेलमा हार बेहोरेको थियो ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

 

 

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.