सारै बाठा रहेछन पूर्व मन्त्रि वाग्ले, पत्रकारलाईपनि ……???


चिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशः

तपाईं मन्त्री भइसकेको मान्छे, यसरी जेल पर्नुभयो, कस्तो लागिरहेको छ ?

कस्तो लागिरहेको छ भन्ने अब ? जस्तो लागे पनि नबसी सुख छैन । तर एउटा कुरा के बुझ्नुस् भने मेरा लागि जेल नौलो होइन । पहिले पनि म बसेकै थिएँ । राजनीतिमा लाग्दा राजाको शासनमा पटकपटक गरी ७ वर्षजति बसेको हुँला । अहिले पनि बस्छु । परेपछि बस्नै पर्‍यो नि !

कसरी बित्छ दिन ? पट्यार लाग्दैन ?

पट्यार लागेर बाहिर जान पाइने होइन । नर्कै लगेर राखे पनि बस्न परिहाल्यो । दिन त आखिर बितिहाल्दोरहेछ । रेडियो सुन्छु, किताब पढ्छु । यसोउसो गर्‍यो, समय घर्किहाल्छ नि ।

सबभन्दा बढी समय जेल कति बस्नुभो ?

२ वर्ष

कहिले ? कहाँ ?

३०३२ सालमा । नख्खु जेलमा

पहिले र अहिलेमा के फरक पाउनुभो ?

जेलमा के फरक हुन्छ ? उस्तै त हो नि सधैं ।

तपाईंलाई भेट्न कोको आए ?

छोरा, बुहारी, श्रीमती र आफन्तहरू आए । तर मैले दिनका दिन आउन पर्दैन भनिदिएको छु ।

पार्टीका मान्छे आएनन् ? तपाईंका समकालीन कुनै नेता ?

आजै मात्रै प्रकाशमान सिंह र बलबहादुर केसी आएर जानुभो । लोकेन्द्रबहादुर चन्द पनि आउनुभएको थियो । शेरबहादुर देउवाले फोन गर्नुभएको थियो । विदेश जान लाग्नुभएको रहेछ, फर्केपछि भेट्न आउँछु भन्नुभएको छ । शेखर कोइरालाले पनि फोन गरेर आउने कुरो गर्नुभएको

थियो । यस्तै हो । आइ नै रहेका छन् ।

सभापति सुशील कोइरालाले फोन गर्नुभएन ?

अहिलेसम्म गर्नुभएको छैन ।

तपाईंले मन्त्री हुँदा थुप्रैलाई जागिर लगाइदिनुभयो अरे, ती कोही पनि भेट्न आएका छैनन् ?

(हाँस्दै) अब ती कहाँ कहाँ होलान् । जागिर छाडेर मलाई भेट्न कसरी फुर्सद निकाल्लान् ? फेरि समय मिल्न पनि त पर्‍यो ।

जेलमा कुनै असुविधा त छैन ?

खासै छैन । यहाँ बिदामा पनि भेटघाट गर्न पाइँदोरहेछ । पानी पनि चौबिसै घन्टा आउने । घरमा बरु लोडसेडिङले अँध्यारो हुन्छ । यहाँ त इन्भर्टरले जतिखेर पनि उज्यालो हुन्छ । यस्तै त हो नि जेल ।

भनेपछि तपाईंलाई सजिलै भइरहेको छ ?

अब अप्ठेरो मानेर सुख पाइन्छ ? जस्तो पर्छ सहनैपर्छ नि ।

खाना घरबाट आउँछ कि आफैं पकाउनुहुन्छ ?

मैले घरबाट ल्याउन पर्दैन भनिदिएको छु । जेल प्रशासनले एउटा कैदी सहयोगी दिएको छ । उसैले पकाउँछ ।

के खानुहुन्छ ? घरमा जस्तो मीठो त हुन्न होला ।

मलाई युरिक एसिड र सुगरको रोग छ । भात, आलु, दाल, गुलियो र अरू धेरै कुरा खान हुँदैन । यहीँ पसलमा (जेलभित्रैको) साग, आँटा किन्छु र पकाउन लगाउँछु ।

निन्द्रा पर्छ ?

निन्द्रा भनेको यस्तैउस्तै हो । १०-११ बजे सुतिसक्छु । बिहान उठ्छु । सुतेपछि निदाइहालिन्छ नि ।

अहिले यहाँ एक्लै हुँदा केको सम्झना ज्यादा हुन्छ ?

यस्तै हो, बितेका कुरा म सम्झन खोज्दिनँ ।

तैपनि त मन हो । याद त हुन्छ नि ?

होइन, म पुराना कुरा सम्झन चाहन्नँ । अहिले जे छ, ठिकै छ ।

Posted by: DPR                                                Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.