न्युजिल्यान्डको पहिलो नकआउट विजय


ढाका, चैत १२- निर्णायक खेल हार्ने दक्षिण अफ्रिकी छविले निरन्तरता पाउँदा शुक्रबार न्युजिल्यान्डले ४८ रनको स्तब्धपूर्ण विजयसाथ विश्वकपको सेमिफाइनल यात्रा गरेको छ। विश्वकपको नकआउट चरणमा पहिलो विजय हात पारी न्युजिल्यान्ड छैटौं पटक सेमिफाइनल प्रवेश गरेको हो। दक्षिण अफ्रिकाले विश्वकपको इतिहासमा अझै नकआउट चरणमा विजय हात पारेको छैन।

जेसी राइडरको ८३ ररोज टेलरको ४३ रनमा न्युजिल्यान्डले शेर ए बंगला रंगशालामा उपस्थित २३ हजार दर्शकमाझ निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय २१ रन बनायो। टेलरले १ सय २१ बलको सामना गरी ८ चौका प्रहार गरे। टेलरले ७२ बल खेली १ चौका र १ छक्का प्रहारगरे।

केनी विलियम्सले ४१ बलमा १ चौका र १ छक्कासहित अविजित ३८ रन बनाएपछि न्युजिल्यान्डले २ सय रन नघाएको थियो। म्यान अफ द म्याच ज्याकोब ओरामले ४ विकेट लिएपछि दक्षिण अफ्रिका ४३.२ ओभरमा १ सय ७२ रन बनायो। कप्तान ग्रिम स्मिथले २८ र ज्याक कालिसले ४७ रन बनाउदै ६१ रनको साझेदारी गर्दा दक्षिण अफ्रिका २४ औं ओभरमा १०८-२ को स्थितिमा थियो।

तर त्यसपछिको अन्तिम ८ विकेट ६४ रनमा गुमाउँदा दाबेदारको छविलाई टोलीले नकआउट चरणमै टुंगाउनुपर्‍यो। ओरामले ९ ओभरमा १ मेडन राख्दै ३९ ®न खर्चे।

उनलाई स्पिनर नाथान म्याकलमले ३ विकेट लिँदै राम्रो साथ दिए। म्याकलमलले देब्रे हाते स्पिनर डेनियल भिट्टोरीसँग नयाँ बल लिएर बलिङ गरेका थिए।
Posted by: Shiva Paudel

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.