Daily Archives: 26/03/2011

कलाकारले जिते पत्रकारलाई


फिल्म कलाकार र पत्रकार टोलीबीचको फुटबल खेल हुनुअघि गित गाउँदै राजेशपायल राई र रेखा थापा।

सन्तोष पोखरेल, पोखरा, चैत १२- पोखरा रंगशालामा शनिबार भएको फिल्म कलाकार र पत्रकारबीचको फुटबल खेलमा फिल्म कलाकार विजयी भएका छन्। फिल्म कलाकार टोलीले ३-१ गोल अन्तरमा पत्रकारलाई पराजित गरेका छन्। बक्स अफिस फुटबल लिगअर्न्तगत कलाकार टोली र पत्रकारबीच फुटबल खेल भएको हो। कलाकारको तर्फबाट सुभास मेचेले २ तथा रोशन श्रेष्ठले एक गोल गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा निशा सुनारको साथमा “युएई एक्सचेंज” लाइभ कन्सर्ट भब्यताका साथ सम्पन्न


डम्बर रिमाल, कुवेत

२५ मार्च २०११, शुक्रवारको दिन अपरान्ह ३ बजेदेखी कुवेतको मालियास्थित एसीया-एसीया होटलमा नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने सन्दर्भमा प्रस्तुत गरिएको युएई एक्सचेंज लाईभ कन्सर्ट भब्य रूपमा सफल   भएको छ । यो कार्यक्रम आयोजक सौगात सुबेदी एवं कृष्ण मल्लको रातदिनको मेहनतको प्रतिफल स्वरूप भब्यताका साथ सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सारै बाठा रहेछन पूर्व मन्त्रि वाग्ले, पत्रकारलाईपनि ……???


चिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशः

तपाईं मन्त्री भइसकेको मान्छे, यसरी जेल पर्नुभयो, कस्तो लागिरहेको छ ? पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास यूएईले साहित्य दिवस तथा पारिजात स्मृति दिवस मनाउने


विरही रिजाल,

अबुधाबी, २५ मार्च २०११
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूएई च्याप्टरले आगामी २२ अप्रिल २०११ शुक्रवारका दिन अनेसास यूएई साहित्य दिवस तथा पारिजात स्मृति दिवस संयुक्त रुपमा एक समारोहका बीच भव्यताका साथ मनाउने बताएको छ | यूएईमा सर्वप्रथम नेपाली साहित्यको वीजारोपण भएको दिनको स्मरण गर्न र पारिजातको स्मृति दिवस एकैसाथ मनाउने र अप्रतियोगितात्मक साहित्यिक गोष्ठी गरिइने कुरा च्याप्टरका अध्यक्ष समदर्शी काइँलाले बताए | पढ्नेक्रम जारी राख्नुहोस्

न्युजिल्यान्डको पहिलो नकआउट विजय


ढाका, चैत १२- निर्णायक खेल हार्ने दक्षिण अफ्रिकी छविले निरन्तरता पाउँदा शुक्रबार न्युजिल्यान्डले ४८ रनको स्तब्धपूर्ण विजयसाथ विश्वकपको सेमिफाइनल यात्रा गरेको छ। विश्वकपको नकआउट चरणमा पहिलो विजय हात पारी न्युजिल्यान्ड छैटौं पटक सेमिफाइनल प्रवेश गरेको हो। दक्षिण अफ्रिकाले विश्वकपको इतिहासमा अझै नकआउट चरणमा विजय हात पारेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

बस दुर्घटनामा ३९ पर्यटक घाइते


कान्तिपुर संवाददाता                    
नवलपरासी, चैत्र १२ – काठमाडौंबाट पर्यटक लिएर लुम्बिनी जाँदै गरेको बस शनिबार नवलपरासीको झरही खोला नजिक पल्टिंदा ३९ पर्यटक घाइते भएका छन् घाइतेमध्ये सातको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि भैरहवा लगिएको छ । अवस्था समान्य रहेका पर्यटकहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । ना ३ ख ५०८३ नम्वरको बस बिहान तीब बजे झरही खोला नजिकै पल्टिएको हो । बसमा भारत र तिब्बती पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।

 Posted by: Shiva Paudel

राजनीतिक दलका कारण शान्ति र संविधान अवरोध भयो : मन्त्री रायमाझी


समुन्द्र पौडेल, तनहुँ, चैत १२- भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले शान्ति र संविधानमा अवरोध खडा हुनुमा राजनीतिक दल नै दोषी भएको बताएका छन्। सरकार निर्माणका लागि भारतीय र विदेशी शक्तिको दबाब आएपछि उनीहरुको दबाब सहायक हुने उनको भनाई थियो। पढ्नेक्रम जारी राख्नुहोस्