गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार


चैत्र ११ – अफगानिस्तानमा १२ तालिबान विद्रोहीको सशक्त प्रतिकार गरेका एक बेलायती गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार दिइने भएको छ । म्याग्दीका ३२ वर्षीय सर्जेन्ट दीपप्रसाद पुनले कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) पाएका हुन् । आफ्नो बटालियनका संघर्षपूर्ण लडाइँहरूमा उनले दिएको योगदान ‘बहादुरीपूर्ण’ भएको उल्लेख गर्दै पुरस्कृत गरिएको हो । द रोयल गोर्खा राइफल्स पहिलो बटालियनका पुनले एउटा भिडन्तमा १ सय मिटर टाढाबाट घसि्रँदै दुई विद्रोही ढालेका थिए । त्यतिखेर एउटा सानो पोस्टमा उनीसहित चार जना मात्र थिए । उनले दुईतिरबाट आक्रमण गर्दै रकेट, प्रोपेल, गि्रनेड र साना हतियारसहित आएका विद्रोहीमाथि गोली चलाएका थिए । विद्रोहीको एउटा गि्रनेड पुन रहेको छत अगाडि पर्खालमा लागेर उनलाई पछाडितिर हुत्याएको थियो । त्यसपछि पनि उनले १५ मिनेटसम्म लडेका थिए । उनले २० मिटरको दूरीबाट तीन सशस्त्र आक्रमणकारीलाई मेसिनगनबाट गोली हानेका थिए । १० मिटर मात्र टाढा देखिएका अर्का विद्रोहीलाई पनि उनले ढालिदिए । छतमै रहेका बेला २० मिटर पर रहेका दुई आक्रमणकारीलाई गोली प्रहार गर्दा भने उनको मेसिनगन बिगि्रए पछि उनले अर्को गह्रुँगो मेसिनगनको ट्राइपोड नै आक्रमणकातर्फ हुर्‍याएका थिए । त्यसपछि पनि उनले हातैले मेसिनगन उठाएर ८० मिटर टाढाका ४ आक्रमणकामाथि गोली वर्षाएका थिए । गोली सकिएपछि मात्र उनी सुक्षत स्थानतिर लागेका थिए ।

त्यतिबेला पुनले आफूनो र साथीहरूको ज्यान जोगाउनबाहेक केही सोच्नै नभ्याएको बताएको बेलायती ‘आर्मी मिडिया एन्ड कम्युनिकेसन्स’ले जनाएको छ । ‘दीपको साहस र वीरता अचम्मको थियो, मृत्युको खतरा थाहा पाएर पनि उनले दुश्मनलाई हराए । उनको योगदान कदरयोग्य छ,’ शुक्रबार उनलाई पुरस्कृत गरिने उल्लेख गर्दै भनिएको छ । सन् २००० मा बेलायती सेनामा भर्ना भएका पुन अफगानिस्तानसहित बोस्निया र कोसोभोमा समेत खटिएका थिए ।

Posted by: DPR                                                              Source: ekantipur

Advertisements

3 responses to “गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार

  1. nepali ta k bhannu ra khai “GURKHA” bhanauda haru lai arko ladai ko lagi front line ma rakhera homne tayari ho yo

  2. thx bhai

    puspa tamu +Amar Tamu
    kuwait

  3. gud job vhai dippun you really brave jasari hamro purkhaharule garda aju hamilai jun tarikale world le chinincha tyo tapaile feripani taja garaidinu vayo teskolagi badhai cha dippun vhai,keep duing the gud job,be strong n brave….ani tapailai thahaicha ti swami (b…y) vanaudaharuko kurale kamjorhaina ajhai strong banaune cha ra hamile sada timro sathdinecha graet job.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.