भारतका ११ सांसदले नेपाल भ्रमण गर्ने


आकांक्षा शाह, नयाँ दिल्ली, चैत १०- नेपाली सभासदले करिब पाँच महिनाअघि दिल्ली भ्रमणको श्रृंखलाकै निरन्तरताका रुपमा आगामी साता ११ जना भारतीय लोकसभा सदस्य काठमाडौं भ्रमणमा जाँदै छन्। दुई देशका सांसदहरूलाई छिमेकी मुलुकको परिस्थिति’bout ‘जानकार बनाउन’ सांसद आदानप्रदान कार्यक्रम सुरु भएको हो। भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले यही चैत १२ देखि १५ सम्म भ्रमण गर्ने छन्।
 भ्रमणमा प्रिया सुनील दत्त र अखिलेश यादवजस्ता चर्चित सांसदहरू टोलीमा छन्। बलिउड अभिनेता सुनील दत्त र नर्गिसकी छोरी प्रिया दत्त भारतीय राष्ट्रिय कांग्रेस सांसद हुन्। यादव भने भारतको उत्तर प्रदेश राज्यका प्रभावशाली नेता मुलायम सिंह यादवका छोरा हुन्। अखिलेश यादवले कन्नौजबाट समाजवादी पार्टीका तर्फबाट चुनाव जितेका हुन्।

भ्रमणमा सहभागी अन्य सांसदमा कमलेश पासवान, संजय जयसवाल, निरज शंकर, श्रुती चौधरी, पारायामपारानबिल कुट्टापन बिजु, कालिकेश नारायणन सिंह देव, बिजु छन्। त्यस्तै अन्य सांसदमा टाकाम संजोय, ओटी लेप्चा, प्रदीप माझी सहभागी हुने छन्।

स्रोतका अनुसार उनीहरूको भ्रमण’bout भारतीय राजदूताबासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ। भ्रमणका क्रममा उनीहरूले विभिन्न राजनीतिक नेताहरूलाई भेट्नुका साथै युवा सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।

यसअघि गत नोभेम्बरमा ११ जना संविधानसभा सदस्यले भारतको भारत भ्रमण गरेका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका समयमा दुई देशबीच भएको सहमति अनुरुप सांसदहरूको भ्रमण गराइन थालेको हो। त्यसै बेला नेपाल र भारतबीच ‘युवा संसदीय मञ्च’ गठन गर्ने सहमति समेत भएको थियो।

Posted by: Shiva Paudel

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.