आठ बिहे गर्ने हलिउड अभिनेत्री टेलर रहिनन्


लस एन्जलस, चैत १०- (एजेन्सी) – हलिउड अभिनेत्री एलिजाबेथ टेलरको ७९ वर्षको उमेरमा बुधबार निधन भएको छ। हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथ करीब पाँच दशक फिल्ममा सक्रिय रहिन्। लस एन्जलसको सेडार्स सिनाइ अस्पतालमा उनको निधन हुँदा नाति नातिनी सँगै थिए। उनी १० नाति/नातिनी र चार पनाति/पनातिनीको रेखदेखमा थिइन्। ५९ वर्षको उमेरमा आठौं बिहे गरेकी उनी वैवाहिक जीवनका कारणले पनि चर्चामा आएकी थिइन्। त्यस्तै ७५ वर्षको पुग्दा उनले साथी जेसन विन्टर्स्सँग नवौं बिहे गरेको हल्ला चलेको थियो। तर उनले त्यसको खण्डन गरेकी थिइन्।

अमेरिकन फिल्म इन्स्टिच्युटले प्रकाशन गरेको ‘महान नारी’को सूचीमा उनलाई सातौं स्थान दिइएको छ। उनको जन्म लन्डनमा भएको थियो। बालकलाकारकै रूपमा करियर सुरु गरेकी उनले आफ्नो जीवनकालमा दुईवटा अस्कर अवार्ड जितेकी थिइन्। सन् १९४२ मा १० वर्षको उमेरमा फिल्म अभिनय सुरु गरेकी उनले अन्तिमपटक सन् २००१ मा एक टेलिफिल्ममा अभिनय गरेकी थिइन्।

Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.