आफ्नो गन्तव्यमा छिटो पुग्न रिक्सा चढ्न चाहने सर्वसाधारणलाई ध्यानमा राखी नेपालगन्जमा पहिलो पटक ब्याट्रीबाट चल्ने रिक्सा ल्याइएको छ । नेपालगन्ज–१४ का असरद जयसवालले भारतको लखनउबाट आफ्नै व्यवसायका लागि २४ हजार भारतीय रुपैयाँमा खरिद गरी सो रिक्सा नेपालगन्ज ल्याएका हुन् । उनले सो रिक्सा ल्याउन १० हजार भन्सार तिरेको बताए । ब्याट्रीबाट चल्ने रिक्सा अन्य रिक्साभन्दा छिटो दौडने र चालकलाई परिश्रम गर्नु नपर्ने भएकाले सहज र आम्दानीको राम्रो स्रोत बन्ने जायसवालको विश्वास छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/03/2011
ब्याट्रीबाट चल्ने रिक्सा अब नेपालमा
Posted in नेपाल समाचार
इण्डियन आइडल रनर अप पनि नेपाली एल्बम लिएर आउँदै
अमेरिकन आइडलको हिन्दी संस्करण ‘इन्डियन आइडल’को तेश्रो संस्करणमा नेपालीभाषी प्रशान्त तामाङ्गले बाजी मारेपछि इन्डियमा रहेका धेरै नेपालीहरु जुर्मुराएका थिए। नभन्दै चौथो संस्करणमा अर्का नेपाली भाषी कपिल थापा बाँकी प्रतिस्पर्धीलाई उछिन्दै फस्ट रनर अप हुन सफल भए। यो संस्करणको विजेता भनें सौरभी बर्मा भएकी थिइन्। प्रशान्त तामाङ्गले नेपालीले लगाएको गुन तिर्न ‘नमस्ते’ र ‘धन्यवाद’ नामक एल्बम निकालेर गुन तिर्ने प्रयास गरेका थिए। प्रशान्त तामाङ्गको पद चिन्ह पछ्याउँदै कपिल थापा पनि नेपालीहरुका लागि एल्बम लिएर आउँदैछन्। र एल्बमको नाम राखिएको छ–“आइडोल”। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
कुवेतले नेपाललाई नेरु. ५ करोड २० लाख आर्थिक सहयोग गर्ने सम्बन्धमा नेपाली दूतावासको “प्रेस बिज्ञप्ती”
Posted by: Jay Ale
Posted in दूतावास गतिविधि, प्रेस बिज्ञप्ति
सीतापाइला-धार्के सडकका लागि कुबेतले ५ करोड २० लाख दिने

Posted in अर्थतन्त्र
भारतका ११ सांसदले नेपाल भ्रमण गर्ने
आकांक्षा शाह, नयाँ दिल्ली, चैत १०- नेपाली सभासदले करिब पाँच महिनाअघि दिल्ली भ्रमणको श्रृंखलाकै निरन्तरताका रुपमा आगामी साता ११ जना भारतीय लोकसभा सदस्य काठमाडौं भ्रमणमा जाँदै छन्। दुई देशका सांसदहरूलाई छिमेकी मुलुकको परिस्थिति’bout ‘जानकार बनाउन’ सांसद आदानप्रदान कार्यक्रम सुरु भएको हो। भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले यही चैत १२ देखि १५ सम्म भ्रमण गर्ने छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कस्तो प्रश्न आउने हो ?
पाल्पाको एक परीक्षा केन्द्रमा एसएलसी परीक्षार्थी। यस वर्ष नियमिततर्फ देशभर ४ लाख ३६ हजार ४ सय ११ परीक्षार्थी सहभागी हुँदैछन्। तस्बिरः टेकनारायण भट्टराई
Posted By: Shiva Paudel
Posted in फोटो फिचर