सरकारद्धारा उर्जा संकटकालको घोषणा


साढे चार वर्षमा लोडसेडिङ अन्त्य गर्ने महत्वकाक्षी लक्ष्य

९ चैत्र, काठमाडौं । सरकारले आगामी साढे चार वर्षमा लोडसेडिङ अन्त्य गर्ने महत्वकाक्षी लक्ष्य सहित उर्जा संकटकालको घोषणा गरेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा उर्जामन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले आगामी साढे चार वर्षका लागि उर्जा संकटकालको घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै सरकारले उर्जा संकट समाधान गर्न अधिकारसम्पन्न तीन सदस्यीय उर्जा संकट निवारण आयोग गठन गर्ने निर्णय पनि गरेको छ । 

उर्जा समस्या समाधान नगर्ने हो भने मुलुकमा विकराल समस्या आउने भन्दै अधिकारीले समस्या समाधान गर्नका लागि सरकारले विशेष कार्यायोजना ल्याउन लागेको जनकारी दिनुभयो । जस अनुसार हाल बन्द रहेका विरानगरको मल्टिफ्युल, हेटौंडाको डिजेल ल्यान, कोइरा र थर्मल प्लान्ट मर्मत गरी आगामी वर्ष लोडसेडिङ चार घण्टा कम गरिनेछ । यसैगरी सरकारले आगामी साढे चार वर्षमा २५ सय मेघावाट विद्युत उत्पादन गरी २०७१ सालसम्ममा लोडसेडिङ अन्त्य गर्ने तथा २०७५ सम्ममा ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सरकारले भारतबाट विद्युत आयातलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने अर्थमन्त्री अधिकारीले जानकारी दिनुभयो । यस्तै सरकारले एक मेघावाट विद्युत उत्पादन गर्ने गाविसले ल्याउने परियोजनालाई ७५ प्रतिशत अनुदान दिने, पाँचै विकास क्षेत्रमा एक-एक सय मेघावाट क्षमताका विद्युत गृह बनाउन दातृ निकायहरुलाई विशेष अनुरोध गर्ने बताएको छ ।

सरकारले हाल रहेको २६ प्रतिशत विद्युत चुहावटलाई २० मा झार्ने, व्यापारिक प्रतिष्ठान र औद्योगिक क्षेत्रहरुमा छड्के जाँच गरि दोषी पाएमा तीन महिनासम्म कैद र जरिवाना गर्ने, सीएफ एलचिमको भन्सार १५ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने, सिंहदरवार, वीर अस्पताल, राजधानीका सडक लगायतका स्थानमा ९ महिना भित्र सौर्य विद्युतको प्रयोग गर्ने, सौर्य उर्जा प्रयोगमा ल्याउने प्रोत्साहन दिने र हरेक घरलाई १० हजार रुपौयाँ अनुदान सहयोग उपलब्ध गराउने बताएको छ ।

Posted By : Narayan Nepal                                                  Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.