पाकिस्तान विश्वकपको सेमिफाइनलमा


 चैत्र ९ – प्रतियोगिता अगाडि ‘डार्क हर्स’ का रूपमा रहेको पाकिस्तानले बुधबार त्यसै अनुरूप प्रदर्शन गर्दै विश्वकप क्रिकेट २०११ को सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकाको मिरपुरमा भएको क्वाटरफाइनलमा पाकिस्तानले वेस्ट इन्डिजलाई सजिलै दस विकेटले पराजित गर्‍यो । अब सेमिफाइनलमा उसको सामना डिफेन्डिङ च्याम्पियन अस्टे्रलिया र भारतबीचको खेलको विजेतासँग हुनेछ । त्यस दोस्रो क्वाटरफाइनल बिहीबार मोहालीमा हुनेछ । पहिलो क्वाटरफाइनलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय १३ रन मात्र बनायो ।

पाकिस्तानले विना विकेट क्षति २०.५ ओभरमा पूरा गरेको थियो । उसका लागि कमरन अकमलले ४७ र मोहम्मद हाफेजले ६१ रन बनाए । यसअघि वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।उसका लागि अनुभवी शिवनारायण चन्द्रपउले नटआउट रहेर सर्वाधिक ४४ रन बनाए । पाकिस्तानका तर्फबाट कप्तान साहिद अपि|mदीले ३० रन खर्चेर चार विकेट लिए । यस्तै हाफेज र सइद अजमले दुई दुई विकेट लिए ।

Posted By: DPR                                                                            Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.