पत्याउनुस् या नपत्याउनुस् – नेपाली संगीतका आश्चर्यलाग्दा सत्यहरु


– संगीतकार शान्तिराम राईका छोराको नाम जर्जबिन राई हो। भनिन्छ, इराक–अमेरिका युद्धताका शान्तिराम राईलाई बिन लादेन असाध्य मन परेका हुनाले बिन र उनकी धर्मपत्नीलाई जर्ज बुस जँचेका हुनाले दुवैले आफ्नो रुचिको नाम  छोराको नामसँग जोड्ने इच्छा भएकाले छोराको नाम जर्जबिन रहन गएको हो। 

– नवीन भट्टराई र नरेशदेव पन्तले संगीत सिक्दा सँगै गीतार किनेका थिए। पछि नरेशलाई गीतार बजाउन अल्छी लाग्न  थालेपछि त्यो बेचेर एउटा जिन्सको पेन्ट किनेका थिए। तर नवीनले लगातार त्यो गीतार बजाउने प्रयासलाई जारी राखे   । कालान्तरमा नवीन राम्रा संगीतकर्मी बनेर निस्किए भने नरेशले किनेको पेन्ट केही समयपछि नै च्यात्तियो।

– स्वरसम्राट नारायणगोपालको विवाहको जन्ती जम्मा दुई जनामात्र थिए। दुई जनामध्ये नारायण गोपाल आफैं थिए भनें अर्का कर्म योञ्जन थिए।

– अजर अमर गीत गाएका बच्चु कैलाशको वास्तविक नाम बच्चु कैलाश बहादुर बस्न्यात हो। बच्चु कैलाश नेपालका  एकमात्र यस्ता गायक हुन्, जसले पत्रपत्रिका, रेडियो र टेलिभिजन कसैलाई पनि अन्तरवार्ता दिदैनन्।

– गायक अम्बर गुरुङ्गले आफ्नो पहिलो गीत नौ लाख तारा २३ वर्षको उमेरमा रेकर्ड गराएका थिए। सन् १९५८ मा  संगीत गरेको उक्त गीत जनवरी १९६१ मा हिन्दूस्थान रेकर्ड कम्पनी कलकत्तामा रेकर्ड भएको थियो। त्यतिखेरको  चर्चित एचएमभी कम्पनीले उहाँको गीत रेकर्ड गर्न नमानेपछि ५०० प्रति आफैं किन्ने शर्तमा हिन्दूस्तान रेकर्डिग कम्पनीले उक्त गीत रेकर्ड गरेको थियो। यसमा लाग्ने सम्पूर्ण खर्च सचिन्द्रमणि नामक संगीत पारखीले व्यहोरेका थिए।

– कुनै पनि गीत रेकर्ड गराउनु पर्दा अहिलेका नाम चलेका र मै हुँ भन्ने गायक गायिकाहरुलाई समेत एक टेकमा ओके  हुने गरि गाउने कुरा सपना जस्तै लाग्न सक्छ। तर दार्जिलिङ निवासी ६५ वष गायक कुमार सुव्बा त्यस्ता गायक हुन्, जो आफूले गाउने कुनै पनि गीत टेक नै नलिई ओके गराउन सक्छन्।

– पञ्चायतकालमा शिक्षा मन्त्री भैसक्नु भएका गीतकार क्षेत्रप्रताप अधिकारीले आफ्नो संघर्षकालमा काठमाडौं–पोखरा  रुटको बसमा कन्डक्टरको कामसमेत गर्नुभएको थियो ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.