एनआरएनए, बहराइनको प्रेस-बिज्ञप्ति


मिति : २३ मार्च २०११

बहराइनमा चलीरहेको राजनैतिक आन्दोलनले एक हप्ता अघी केही उग्ररुप लिएको थियो । गत शुक्रबार देखी नै सैनीकहरुले बहराइनलाई पुरै नियन्त्रणमा लिईसकेकाले गर्दा केही शान्तिको अनुभव गरीएको छ । सोहि दिन देखी अहिले सम्म कुनै किसीमको आन्दोलन नभएको र कुनै किसीमको अप्रीय घटना भएको छैन् । तर बहराइन सरकार पक्ष र आन्दोलनकारी पक्ष राजनैतिक सम्झौता नभएकाले फेरी हिंसा हुनसक्ने त्रास भने छदैछ । यस आन्दोलनमा परि अहिले सम्म कुनै पनि नेपालीहरु हताहत भएको साथै कुनै प्रकारको विपतीको सामना गर्नु परेको समाचार अहिले सम्म प्राप्त हुन सकेको छैन् । साथै कुनै पनि नेपालीले यस आन्दोलनमा हताहत हुन नपरोस भनी भगवान संग प्राथना गरीरहेका छौं । अहिलेको यो बहराइनको आन्दोलन ’bout नेपालका केही संचार माध्यमहरुले प्रयाप्त बिना प्रमाणका समाचारहरु प्रसारण गरीदिएको पाईएकोले  यस्ता किसीमका समाचार प्रति बहराइनमा कार्यरत नेपालीहरुको अत्याधीक जनगुनासो आईरहेको छ । उनीहरुका परिवारहरुले नेपालबाट बारम्बार फोन गरी चिन्तालर्ीइरहेको ले उनीहरुका परिवारमा नराम्रो मानसीक असर पर्न सक्ने भएकाले गर्दा नेपालका संचार माध्यमहरुले बहराइनमा कार्यरत नेपालीहरुको समाचार प्रसारण गर्दा प्रयाप्त प्रमाण लिएरमात्र समाचार प्रसारण गरीदिनहुन अनुरोध गर्दछौ । साथै समाचार प्रसारण गर्नु भन्दा पहिला समाचारको ’boutमा बहराइनलाई हेर्ने सम्बन्धीत निकायमा बुझेरमात्र समाचार प्रसारण गरीदिनहुन हार्दिक अनुरोध गर्दछौ । बहराइनमा कार्यरत नेपालीहरुलाई कुनै किसीमको आपतीआई परेमा सहयोग गर्नका लागि गत एक हप्ता अघि देखी नै बहराइन स्थित नेपाली क्लब र एनआरएनए, बहराइनले स्थानीय एफएमबाट हटलाईन नम्बर प्रसारण गरेर सहयोग गरीरहेको छ । नेपाली क्लब, बहराइन र एनआरएनए, बहराइनले बहराइनमा कार्यरत नेपालीहरुको विवरण संकलन गर्ने काम गरीरहेको छ भने यसरी विवरण संकलन गर्न बिभिन्न संस्थाहरुले सहयोग गरीरहनु भएको छ । अहिले सम्म ८०० भन्दा बढीले एफएम सुनेर आफ्नो विवरण दर्ता गर्राईरहनु भएको छ । यसरी विवरण दिनेहरुमा धेरै जसो नेपालीहरु नेपाल र्फकन चाहने कुरा बताउछन् तर उनीहरुको कम्पनीले उनीहरुलाई तत्कालै घर र्फकन नदिएको गुनासो सुनाउँछन् । यी घर र्फकन चाहने नेपालीहरुलाई नेपाल सरकारले कसरी घर फर्काउने हो, यो चाहि हेर्न बाकी नै छ ।

भवदीय,

महासचिव                                                का.वा. अध्यक्ष
सन्तोष दाहाल                                         छवीलाल बि.क

 

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.