अमेरिकामा नेपालीको निशुल्क स्वास्थ्य सेवा


वासिङ्गटन डिसी (अमेरिका)- एउटा पुरुष शिक्षित भयो भने एउटा व्यक्तिको लागि मात्र हुन्छ तर एउटा महिला शिक्षित भए परिवारका सबै सदस्यहरुको लागि नै हुन्छ । माहात्मा गान्धीद्वारा महिला शिक्षा’boutमा उल्लेख यस भनाईलाई  अमेरिकामा रहेका नेपाली महिलाले प्रमाणित गरेका छन् । उचित अवसर र वातावरण  पाउने हो भने महिलाहरुबाट परिवार मात्र होइन समाज नै लाभान्वित हुन सक्ने उदाहरण बनेको छ- अमेरिका नेपाल महिला  एसोसिएसन अफ ग्रेटर वासिङ्गटन डिसी ।

सन् २००५ मा स्थापना भएको AMERICA NEPAL WOMEN’S ASSOCIATION OF GRETAER WASHINGTON DC(ANWA)  ले यस क्षेत्रका ७ सय भन्दा धेरै व्यक्तिहरुलाई प्रत्यक्ष स्वास्थ सेवा पुर्‍याइसकेको छ भन्दा हो र भन्ने लाग्न सक्छ धेरैलाई ।

अमेरिकी नेपाली सङ्घ संस्थाहरुको भिडमा नदेखिने, अनावश्यक चर्चा र प्रचारमा नआउने तथा नेतृत्वका लागि आन्तरिक कलहमा फसेको देखा नपरेको एन्वाले सन् २००५ मा अमेरिकामा बढ्दै गएका नेपालीहरुको आबश्यकता र समस्या पहिचानका लागि एक सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको पहिलो निष्कर्ष थियो – रोजगारी र दोश्रो स्वास्थ ।

एन्वाले रोजगारीका स्रोत र सम्भावनाका लागि सर्वप्रथम  रोजगारीका सम्बनधमा केही कार्यशाला पनि सञ्चालन गर्‍यो । त्यस प्रकारको  कार्यशालाले पनि स्थानीय नेपालीहरुलाई रोजगारी सम्बन्धमा सामान्य जानकारी तथा रोजगारदाताका पहुँचसम्म पुर्याउन न्युनततम गोरेटो नदेखाएको होइन । तर रोजगारीका लागि सम्बन्धित व्यक्ति र सम्पर्कका व्यक्तिहरुको समेत चासो तथा सहयोग प्राप्त हुन सक्ने तर स्वाथ्य सेवाको पहुँचसम्म पुग्ने विकल्प भने नदेखिएकाले एन्वाले सन् २००७ को जनवरी २८ देखि नियमित मासिक स्वास्थ क्लिनिक संचालन गर्दै आएको छ ।
सुरुका वर्षमा मेरिल्याण्ड लाहमस्थित नेपाली मन्दिरमा नै ल्किनिक संचालन भएको भए पनि मन्दिरमा अन्य कतिपय सुविधा तथा पर्याप्त ठाउँसमेत नभएकाले हाल यो सेवा मेरिल्याण्ड कै सिल्भर स्प्रिङ १५३०० न्युह्याम्साएअर् एभेन्युस्थित एक चर्चमा हुने गरेको छ । हरेक महिनाको अन्तिम आइतबार सम्पन्न हुने यस क्लिनिकमा सेवा लिन चाहनेहरुले सामान्यतया अग्रिम नाम दर्ता गराउनका लागि सार्वजनिक सूचना आह्वान गरिन्छ । यो सुचनाको पहुँच नहुने वा अन्य अबस्थमा ल्किनिकमा पुग्ने सेवा ग्राहिका लागि पनि एन्वाले सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म ४८ वटा मासिक स्वास्थ ल्किनिक संचालन गरिसकेको एन्वाको सेवा ७ सय २० जना स्थानीय नेपालीहरुले प्राप्त गरेको एन्वाका रिता तिवारी बताउँछिन् । तिवारी एन्वाका संस्थापक सदस्यहरुमध्ये एक हुन ।
अमेरिका हो, काम नगरी खान पाइँदैन भनेर सामाजिक चासोका गतिविधिहरुमा नकारात्मक धारणा राख्न थालेका नेपाली समुदायका  हामी सदस्यहरुका लागि एन्वाले यस अभियानमा तापाई हामीहरुमध्येकै नेपालीहरूको भरपर्दो सहयोग पाएको छ ।
यस मासिक ल्किनिकका एक खम्बा हुन- डा. महेश्वर वैद्य । डा. वैद्य शुरुकै दिनदेखि यो अभियानमा सरिक छन् भने डा शर्मिला अर्याल सन् २००८ देखि यस अभियानको अभिन्न अङ्ग बनेनी छन्। मन्जु सङ्ग्रौला नर्सिंग सेवामा मात्र होइन यस अभियानको संस्थापक अभियन्तामध्ये पर्छिन् । नर्सिङ सेवामा सन् २००९ देखिको सुनिता श्रेष्ठको संलग्नता पनि प्रेरणादायी मान्नुपर्छ ।
मुटुरोग बिशेषज्ञ डा. वैद्य GENERAL MEDICINE  सेवा पनि प्रदान गर्छन् भने डा. अर्याल महिला तथा बालबालिकाका लागि सहयोग पुर्‍याउँछन् ।

भगवान कृष्णले अर्जुनलाई भनेको ”कर्म गर, फलको आसा नगर” सम्झौं वा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफको मर्म खोजौं –

खोज्छौ तिमी सुख भनी सुख त्यो कहाँ छ र ?

आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।
अमेरिकी भूमिमा नेपालीजनको सेवामा संलग्न हुन सक्नु वा हुन पाउनु पनि स्वयम्सेवीहरुका लागि पनि गौरव नै हो । यो गौरव गर्नेहरुमा छन् – सुनिता शिवाकोटी, सरिता डङ्गोल, साङ्ग्रिला पाण्डे, मीना प्रधान, विना वैद्य र रिता तिवारी तथा अन्य सहयोगी । यसै श्रृङ्खलामा जोडिने अन्य नाम सङ्गीता गौचन र समिर निरोला पनि हो  । स्वास्थ ल्किनिकबाहेकका अन्य कार्यक्रमका लागि पनि एन्वा स्वयम्सेवीको लामो सूची छ ।

एन्वाले नियमित मासिक ल्किनिक बाहेक सन् २००८ देखि वार्षिकरुपमा महिला स्वास्थ क्याम्प पनि सञ्चालन गर्दै आएको छ । यस क्रममा जर्ज वाशिङ्टन युनिभर्सिटी मेडिकल विभागको  सहयोगमा निशुल्क MAMMOGRAM SERVICES  पनि उपलब्ध गराउँदै आएको छ । ल्किनिकका सबै सेवा स्वेच्छिक चन्दाबाहेक निशुल्क नै हो ।

महङ्गो अमेरिकी स्वास्थ सेवाबाट वन्चित स्थानीय नेपाली समुदायमा विशेषगरी भरखरै नेपालबाट आएका परिवार, कम आय हुने परिवार जसको स्वास्थ बीमा हुन्न र अमेरिका भ्रमणमा रहेका अभिभावकका लागि उपयोगी मानिएको यो स्वास्थ ल्किनिकमा नेपाली भाषामा पुर्‍याइने सेवाले गर्दा सेवाग्राहीले धेरै नै सजिलो अनुभव गर्दै आएका छन् । ल्किनिकमा आउने मुख्य समस्यामा विभिन्न पुराना रोगहरु, उच्च रक्तचाप, डाइबिटिज, वाथ, मुटु रोग, डिप्रेसन, थाइराइडको समस्या, फोक्सोसम्बन्धी समस्या, पेट दुख्‍ने, नाक-कान र घाँटीलगायत छन् ।

क्लिनिकमा उपचार हुन नसक्ने समस्याका लागि सुलभ सरकारी सेवा वा निशुल्क सेवाका लागि पनि आवश्यक परामर्श दिने गरिन्छ ।
हालसम्म चन्दा बाकस, डाक्टर, नर्स र स्वयमसेवीहरुको सहयोग तथा दाताहरुको स्वेच्छिक औषधी वा अन्य व्यवस्थापकीय सहयोगमा सञ्चालन भइरहेको यस स्वास्थ ल्किनिकप्रति सेवाग्राहीहरुको चासो बढ्दै गएको छ । यस ल्किनिकलाई दैनिक सेवा उपलब्ध गराउने गरी बिस्तार गर्दै लैजानुपर्ने आवश्यकता देखिन थालेको छ भने त्यसका लागि पूर्णकालीन नेपाली स्वयमसेवीहरु तयार हुन सके अमेरिकी सरकारको पनि सहयोग हुने सम्भावना रहेको एन्वा स्वयमसेवी रिता तिवारी बताउँछिन्।

स्वास्थ्य सेवाका लागि मासिक नियमित ल्किनिक बाहेक एन्वाले महिलाका अन्य समसामयिक सवालहरुमा पनि उत्तिकै चासो राख्दै आएको छ । अमेरिकी स्थानीय समुदायमा हरेक वर्ष १ वा २ पटक यार्ड सेल गरेर नेपालमा २ जना अनाथ तथा आर्थिक रुपमा अति नै कमजोर भएका बालिकाहरुका लागि छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ एन्वाले ।
अमेरिकी सरकारको सहयोगमा विभिन्न अल्पसङ्ख्यक तथा न्युन आय हुने समुदायहरुले दक्ष जनशक्ति तथा इच्छुक स्वयमसेवीहरुलाई रोजगारीसहित यस्तो स्वास्थ सेवा र अन्य सेवा पनि  उपलब्ध गराउँदै आएको छ । अमेरिकामा नेपाली समुदायको पनि बढ्दो सङ्ख्या र आवाश्यकतालाई  पूरा गर्न एन्वाको यस अभियानमा खोजिहेरौं – तपाईं हाम्रो भूमिका पनि केही हुन सक्छ  कि !

– लेखनाथ भण्डारी

Posted by: Shiva Paudel

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.