झापाको भुटानी शरणार्थी शिविरमा भीषण आगलागी, ६ सय छाप्रा जले


राजु अधिकारी, झापा चैत ८- आज बिहानैदेखि सल्किएको आगोले झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरका सयौं छाप्रा जलेर नष्ट भएका छन्। बिहान साढे सात बजे सुरु भएको आगलागीबाट शिविरका ६ सय भन्दा बढी छाप्रा जलिसकेका छन्। आगो अझै नियन्त्रणमा आउन नसकेकाले क्षति बढ्ने निश्चित जस्तै छ।

  कूल नौ सय छाप्रा भएको शिविरमा अहिले चार हजार शरणार्थी बसोबास गर्छन्। प्रहरीले विद्युतीय गड्बडीका कारण शिविरको दक्षिणी भेगबाट आगो उठेको अनुमान गरेको छ। आगलागीबाट शिविरमा रहेका दातृ निकायका कार्यालयहरु समेत ध्वस्त भएका छन्।

दमक, मेचीनगर र भद्रपुरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। प्रहरी, सेना र सशस्त्रको टोली उद्दारमा खटिएको छ। यद्यपि चैते हुरीका कारण आगो क्रमशः फैलिरहेको छ। आगो नियन्त्रणमा नआएकोले क्षतिको र मानवीय क्षतिको यकिन भएको छैन। प्रहरीले बालबालीका र वृद्धवृद्धा घाइते हुन सक्ने अनुमान गरेको छ।

गोलधाप शिविरमा सन् २००८ को मार्च १ मा पनि भीषण आगलागी भएको थियो। त्यस बेला १ हजार २ सय ६५ छाप्रा जलेका थिए। शरणार्थी तेस्रो देश पुनःस्थापनाका कारण जनसंख्या कम भए पछि यो शिविर बेलडाँगीमा गाभ्ने तयारी भइरहेको थियो।

Posted by: Shiva Paudel

Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.