को हुनेछ २०११ को विश्वकप विजेता ?


– सीताराम अग्रहरि

भारत, श्रीलङ्का, बङ्गलादेशमा यही फेबु्रअरी १९ तारिख अर्थात् फागुन ७ गते सुरु भएको एक महिना १३ दिन लामो विश्वकप क्रिकेट प्रतियोगिताको विजेता को हुने कौतूहल क्रिकेट प्रेमीहरूमा बढ्दै गएको छ । यस पटक सहभागी हुने १४ टिम दुई समूहमा विभाजित गरिएका छन् जसबाट चार चार टिमले राउन्ड रोविन लिग खेल्ने छन् र शीर्ष चार चार टिम दुवै समूहबाट क्वाटर फाइनलमा प्रवेश गर्ने छन् । र यहीँबाट मात्र रियल च्याम्पिएनको प्रतिस्पर्धा सुरु हुनेछ । लिग म्याचलाई एक किसिमले अभ्यास म्याच भने पनि हुनेछ । यस अघि ‘फुच्चे टिम’ बाट भने ठूल्ठूला टिम पनि प्रारम्भमा धाराशायी नभएका होइनन् । गैरटेस्ट खेल्ने राष् ट्रमा क्यानडा, नेदरल्यान्डस्, आयरल्यान्ड यस पटक छनोट भएका छन् । यिनको सबभन्दा ठूलो उपलब्धि ठूला टिमसँगको टक्करमा मूलतः अनुभव हासिल गर्ने नै हुनेछ । त्यो भन्दा अलि ठूलो माथिल्लो अर्थात् मध्यम खालको टिम हुन केन्या, जिम्बाब्बे र बङ्गलादेश । यसमा बङ्गलादेशले एक दिवसीय क्रिकेटमा केही यता राम्रो प्रगति गरेको छ । न्युनिल्यान्डमाथि विजयपछि यस टिमको खासगरी आफ्नो गृह मैदानमा, घरेलु दर्शकसमक्ष हौसला राम्ररी बढेको पाइन्छ । बङ्गलादेश अहिले लिग चरणबाट पार पाउने एवम् क्वाटर फाइनलसम्म प्रवेश गर्ने ल्याकत राख्दछ । टेस्ट टिममध्ये न्युजिल्यान्ड र वेस्टइन्डिज यस पटकका कमजोर टिम हुन् ।

पाकिस्तान

जहाँसम्म उपाधि विजयको कुरा छ, अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड, श्रीलङ्का दक्षिण अफ्रिका र पाकिस्तानसमेत उपाधिका प्रवल दावेदार छन् । यी सबैमा पाकिस्तान अलि अभागी टिम नै हो जहाँ श्रीलङ्काली टिम पाकिस्तान भ्रमणमा रहँदा आतङ्कवादी आक्रमण भएको थियो । यसले गर्दा पाकिस्तानले सहआयोजनाको सनौलो अवसर गुमाउनु पर्‍यो । त्यसपछि म्याच फिक्सिङ प्रकरणले गर्दा पाक क्रिकेटमा खैलाबैला नै मच्चियो । फलस्वरूप पाकटिमले मोहमद आमीर र मोहमद आसिफजस्ता पूर्व कप्तान इमरान खानको शब्दमा विश्वकै सबभन्दा राम्रो बलिङ जोडी गुमाउनु पर्‍यो भन्नु पर्दैन कप्तान सलमान बट्ट पनि फिक्सिङको आरोपमा आमीर र आफिफसँगै प्रतिबन्धित भएका छन् । पाकिस्तानलाई अर्को झट्का तेज बलर सोहेल तनवीरको चोटले लागेको छ । उनको सट्टा जुनैद खान टिममा समावेश गरिएका छन् । कप्तानीको विवाद पनि पाक टिमको मनस्थिति निर्माणमा वाधक बन्यो । साहिद अपि|mदी टिमको घोषणाको निकैपछि मात्र कप्तान नियुक्त गरिए । यी सबै परिस्थिति पाक टिमको सम्भावनालाई असर पार्ने खालका छन् । पाक टिमका लागि नकारात्मक पक्ष हो घरेलु दर्शकको अनुपस्थिति तथापि पाक खेलाडी अब यसका लागि अभ्यस्त भइसकेको हुनुपर्छ । यसका बाबाजुद पाक टिम अप्रत्यासित नतिजा ल्याउन क्षमता भएको टिम हो । आफ्नो दिनमा यसले ठूलो उलटफेर गर्न सक्छ तर के उपाधि नै जित्ला र ? इमरानको शब्दमा आमीर र आसिफ भएको भए पाक प्रवल दावेदार हुन सक्थ्यो तर अब यो ‘अन्डर डग’ अर्थात् ‘छुपे रुस्तम’ टिम हो । नबिर्सौं, १९८३ मा विश्वविजेता टिम भारतलाई कसैले विजेताको रूपमा लिएको थिएन । यो पाक टिमले निरन्तर राम्रो गर्न सक्ने कुरामा भने शङ्कै देखिन्छ ।

श्रीलङ्का

यो खतरनाक टिम हो । चामिण्डा भास र सनथ जयसूर्याको अभावमा पनि यो श्रीलङ्काली टिम एकदमै बलियो र सन्तुलित छ । यसको उदाहरण हालै सकिएको वेस्टइन्डिया विरुद्धको अन्तिम म्याच हो । जहाँ मुरलीधरण, लसिथ मालिङ्गाको अनुपस्थितिमा समेत श्रीलङ्काले सहज नै वेस्टइन्डिजलाई हराएको थियो । आफ्नो मैदानमा त श्रीलङ्का झनै बलियो हुनेछ र यो टिममा अलराउन्डर पनि प्रशस्त छन् । स्मरणीय छ, भारतीय उपमहाद्वीपमा भएको प्रतियोगितामा भारत र पाकिस्तानले कप जित्न कसेका छैनन् मात्र श्रीलङ्काले -१९९६मा) यो गौरव पाएको छ ।

अस्ट्रेलिया

अस्ट्रेलिया विश्वको नम्बर एकदिवसीय क्रिकेट टिम हो र यसले जसरी इङ्ग्ल्यान्डलाई भर्खरै ६-१ ले पराजित गर्‍यो त्यसपछि यो टिम पुनः उपाधिको प्रवल दावेदारको रूपमा देखापरेको छ । अस्ट्रेलियाका लागि सबभन्दा चिन्ताका कुरा थियो, कप्तान रिकी पोन्टिङको र्फम र फिटनेस । अर्को चिन्ता, उपकप्तान माइकल क्लार्कको र्फम । यहाँसम्म कि इङ्ग्ल्यान्डविरुद्ध आफ्नै गृह मैदानमा ओलर्ंदा उनका समर्थकले क्लार्कलाई हुटिङ गरेका थिए तर त्यो म्याचमा महìवपूर्ण अर्द्धशतक ठोकेर अर्को म्याचमा शानदार पाली खेल्दै उनी र्फममा फर्किएका छन् । अस्ट्रेलियाका लागि ठूलो झट्का भने ३६ वषर्ीय अनुभवी माइक हसीको चोट हो जसले गर्दा उनी विश्वकपबाट बाहिरिएका छन् । भारतीय उपमहाद्वीपको विकेटमा एवम् घरेलु दर्शकको समर्थन बिना अस्ट्रेलियाका तेज बलरले कस्तो प्रदर्शन गर्ने छन्, त्यसैमा अस्ट्रेलियाको सम्भावना निहीत छ ।

इङ्ग्ल्यान्ड

अस्ट्रेलियासँग ताजा ७ एकदिवसीयल म्याचको शृङ्खलामा १-० ले पराजित भए पनि इङ्ग्ल्यान्डलाई कमजोर आफ्नु भूल हुनेछ । अस्ट्रेलियासँगको हार एकतर्फी नरहेको, ३०० भन्दा बढी रन बनाएर पनि इङ्ग्ल्यान्ड पराजित भएको कुरा स्मरणीय छ । चोटग्रस्त तर र्फममा रहेको इयान मोर्गन विश्वकपबाट बाहिरिए पनि रवि वोपारा र्फकनु राम्रै कुरा हो । इङ्ग्ल्यान्ड सबभन्दा उपाधिका लागि भोको टिम हुनपर्छ र यही कुरा उसको सवल पक्ष हो । उसको एउटा मात्र समस्या विश्वकपमा मानिसकताकै हो यही कारणले राम्रो टिम भएर पनि फुटबलमा समेत बेलायती हार्ने गरेका छन् ।

दक्षिण अफ्रिका

राम्रो साथै विश्वकप जित्न नसकेको टिम इङ्ग्ल्यान्डपछि दक्षिण अफ्रिका पनि हो । हासिम अमलाग ज्याक कालिस, एवी डिभिलियर्स कप्तान ग्राहम स्थिमको दावेदारलाई प्रवल र उज्जवल बनाउने खेलाडी हुन् । डेल स्टेन, मोनी मार्कल तगडा बलिङ स्टार हुन् । अलराउन्डरको कमी, दक्ष स्पिनरको अभाव दक्षिण अफ्रिकाको कमजोर पक्ष हो ।

भारत

सन् १९८३ का विशव कप विजेता टिमका कप्तान कपिलदेव एवम् नवजोत सिंह सिद्धको शब्दमा यो टिम १९८३ भन्दा पनि प्रतिभाशाली छ । यस टिममा वीरेन्द्र सहबाग, सचिन तेन्दुलकर, विराट कोहली, युवराज सिंह, महेन्द्र सिंह धोनी, सुरेश रैना, युसूफ पठानको रूपमा एक से एक म्याच विजेता छन् । महìवपूर्ण र सकात्मक कुरा यो भारतीय टिमको हकमा के छ भने पहिले जितको स्थितिमा समेत भारतीय खेलाडीले म्याच गुमाउथें यसपाली हारको स्थितिमा समेत जित्न सक्ने विश्वास तिनमा छ । नकारात्मक पक्ष तेन्दुलकरलगायत महìवपूर्ण खेलाडीका फिटनेसको कुरा हो । अर्को कुरा, दक्षिण अपि|mकामा भारतीय व्याट्सम्यान पठान बाहेक लगभग ‘फ्लप’ रहे । मुरली विजयले ३ म्याचमा १८ रन बनाए, रोहित शर्माले ५ म्याचमा ४९ रन बनाए । युवराजले ५ म्याचमा ९१ रन, सुरेश रैनाले १११ र धोनीले मात्र ७५ रन बनाए । अर्थात् यो टिम ‘क्रेक’ हुन सक्छ । भारतीय मिडियामा खेलाडी नाम चर्चा खुब हुन्छ तर नामले होइन जित कामले मात्र हासिल हुनसक्छ । खेल समीक्षक एआर हेमन्तले ‘इज इन्डियाज ग्लास हाफ फुल अर इम्पट’ शीर्षकमा लेखेका छन्, ” २००७ को -विश्वकपको) पाठ बिर्सिएको छ । भारतमा खेलाडीको र्फमभन्दा नामले मूल्याङ्कन गरिन्छ ।…. युवराजले रन बनाउन र हरभजनले विकेट लिन जरुरी छ ।” ओपनिङमा सफलता र मध्यक्रम टिकाउ भए मात्र भारत लक्ष्यसम्म पुग्न सक्छ । निसन्देह भारतीय टिम अन्य टिमभन्दा सशक्त छ -उसको सम्भावना यस पाली बढी छ तर जितका लागि कागजमा हैन कर्ममा सम्भावनालाई अनुवाद गर्न सक्नु पर्छ ।

Posted by: Raju Gurung                    Source: Youba Munch

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.