Daily Archives: 22/03/2011

को हुनेछ २०११ को विश्वकप विजेता ?


– सीताराम अग्रहरि

भारत, श्रीलङ्का, बङ्गलादेशमा यही फेबु्रअरी १९ तारिख अर्थात् फागुन ७ गते सुरु भएको एक महिना १३ दिन लामो विश्वकप क्रिकेट प्रतियोगिताको विजेता को हुने कौतूहल क्रिकेट प्रेमीहरूमा बढ्दै गएको छ । यस पटक सहभागी हुने १४ टिम दुई समूहमा विभाजित गरिएका छन् जसबाट चार चार टिमले राउन्ड रोविन लिग खेल्ने छन् र शीर्ष चार चार टिम दुवै समूहबाट क्वाटर फाइनलमा प्रवेश गर्ने छन् । र यहीँबाट मात्र रियल च्याम्पिएनको प्रतिस्पर्धा सुरु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

Most expensive marriage ceremony of this decade


Probably the most expensive personal event of this century in India, one of the most expensive marriage ceremony of this decade, Indian press go crazy for mega-bucks wedding which continues till Sunday the 06th March 2011. The groom wore a garland made of bank notes and received a helicopter as a gift, there were 18,000 guests – or perhaps it was 30,000 – and 1,000 workers took 40 days to prepare the venue. पढ्नेक्रम जारी राख्नुहोस्

कानको जाली फुट्ने गरी प्रहरीले पत्रकार कुटे


८ चैत्र, काठमाडौं । हिमालयन टेलिभिजनका फोटो पत्रकार दिवाकर पोखरेललाई प्रहरीले निर्घात कुटपीट गरेको छ । सशस्त्र प्रहरी बल पशुपति प्रभागका असई बिरबहादुर लामा नेतृत्वको प्रहरीको कुटाइबाट पोख्रेलको वायाँ कानको जाली फुटेको छ । पोख्रेल नेपाल पत्रकार महासंघ हिमालयन टेलिभिजन प्रतिष्ठान सदस्यसमेत हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

गद्दाफी निवासमै आक्रमण


त्रिपोली, चैत्र ८, पश्चिमेली गठबन्धन फौजले लिबियाली शासक मुअमर गद्दाफीको त्रिपोलीस्थित निवासमै क्षेप्यास्त्र प्रहार गरेका छन् । आइतबार राति लगातार गरिएको क्षेप्यास्त्र आक्रमणबाट गद्दाफी सरकारको ‘कमान्ड कन्ट्रोल’ का साथै एक प्रशासकीय भवनसमेत ध्वस्त भएको छ । आक्रमणका बेला गद्दाफी त्यहाँ भए/नभएको यकिन छैन । पढ्नेक्रम जारी राख्नुहोस्

एक करोडको प्रायोजन- नेपाली खेल इतिहास कै ठूलो राशी


काठमाडौं, चैत ८ -फुटबलले नेपाली खेल इतिहासकै ठूलो राशीको प्रायोजक भेट्टाएको छ। गोर्खा ब्रुअरीले प्रायोजन दायरा फराकिलो बनाउँदै फुटबलमा वार्षिक करोड रूपैयाँ खर्च गर्ने भएको छ।  यसअघि २०५४ मा फुटबलकै लागि कोकाकोलाले वार्षिक ५० लाख रुपैयाँको प्रायोजन गरेको थियो। गोर्खा बु्रअरीले पछिल्लो पाँच वर्षदेखि सहिद स्मारक लिगलाई वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

झापाको भुटानी शरणार्थी शिविरमा भीषण आगलागी, ६ सय छाप्रा जले


राजु अधिकारी, झापा चैत ८- आज बिहानैदेखि सल्किएको आगोले झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरका सयौं छाप्रा जलेर नष्ट भएका छन्। बिहान साढे सात बजे सुरु भएको आगलागीबाट शिविरका ६ सय भन्दा बढी छाप्रा जलिसकेका छन्। आगो अझै नियन्त्रणमा आउन नसकेकाले क्षति बढ्ने निश्चित जस्तै छ। पढ्नेक्रम जारी राख्नुहोस्

कास्कीमा भूकम्पको धक्का


काठमाडौ, चैत्र ८ – कास्कीमा मंगलबार भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको लाहाचोक गाविस आसपास केन्द्र बनाएर आज बिहान चार रेक्टर स्केलको भूकम्प गएको हो ।यसअघि फागुन २८ गते पनि सोही क्षेत्र केन्द्र बिन्दु बनाए १२ घण्टाको अवधिमा भूकम्पका तीन धक्का महशुस गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कवि सुनुवारको कविताकृति सन्तानहरू विमोचित


विश्व नेपाली सहित्य महासंघद्वार प्रकाशित कवि रामकृष्ण सुनुवार ‘आँकला’ को नवीनतम कविताकृति सन्तानहरूको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले आज प्रतिष्ठानकै प्रेक्षालयमा विमोचन गर्नु भयो । प्रवासमै रहेर अढाई दशकदेखि साधनारत श्रष्टा आँकला को प्रस्तुत कृतिमा कविताहरु समाविष्ट छन् । पढ्नेक्रम जारी राख्नुहोस्