विदेश गएकालाई फोन गर्न नेपाल बाट नै सस्तो


के तपाईंका आफन्त रोजगारी या भ्रमणको सिलसिलामा विदेशमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईं निर्धक्क भएर यतैबाट फोन गर्न सक्नुहुन्छ । किनकि, दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र यूटीएलबाट सस्तोमा विदेशमा भएका आफन्तसँग कुरा गर्न सकिन्छ ।

ती कम्पनीबाट भारतमा प्रतिमिनेट ३ रुपैयाँ (करबाहेक) शुल्कमा फोन गर्न सकिन्छ । टेलिकमबाट सिंगापुर, हङकङ र चीनमा प्रतिमिनेट ३ रुपैयाँमा कल गर्न सकिन्छ । तर, ती देशबाट नेपालमा कल गर्न न्यूनतम १० रुपैयाँ प्रतिमिनेट लाग्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय कल बाइपास तथा अन्तरआबद्धता सम्बन्धमा तयार गरिएको परामर्श पत्रमा विदेशबाट नेपालमा कल गर्नभन्दा नेपालबाट विदेश कल गर्न लाग्ने शुल्क तेब्बर सस्तो भएको उल्लेख छ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई चुनौती दिँदै इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोडलिंकले ‘इन्टरनेट टेलिफोनी’ (इन्टरनेटमा सेट जडान गरी गरिने फोन)बाट भारतलगायत १५ देशमा ९९ पैसा (करसहित)मा कल गर्न सकिने सुविधा दिएको छ । ब्रोडलिंकबाट विदेश कल गर्न अन्य सेवा प्रदायकबाट भन्दा तेब्बर सस्तो हुनेछ ।

विदेशी सेवा प्रदायकलाई तिर्नुपर्ने बाहन शुल्क र टर्मिनेसन दुवै शुल्कसमेत स्वतः समावेश भएकाले प्रति मिनेट केवल ८८ पैसादेखि ३ रुपैयाँसम्म मात्र लाग्ने नेपाल दूरसञ्चार प्राधिकरणको परामर्शपत्रले देखाएको छ ।

विदेशबाट नेपाल आउने कलको महसुल दर कति छ भन्ने थाहा पाउन कठिन भएको समेत सो पत्रमा उल्लेख छ । कम्प्युटरबाट इन्टरनेट टेलिफोनी सेवा प्रदान गर्ने इन्टरनेटका साइटहरु गुगल, स्काइप र याहुबाट पनि विभिन्न देशमा कल गर्दा लाग्ने महसुल दरले अन्तर्राष्ट्रिय टेलिफोन सेवाको महसुल दर बढी छ ।

नेपालबाट नेपाली सेवा प्रदायकहरूमार्फत विदेश कल गर्दा महसुल दर प्रतिमिनेट ३ रुपैयाँमात्रै लाग्ने सम्बद्ध सेवा प्रदायकहरुले बताएका छन् । तर, बाहिरबाट नेपालमा कल गर्दा प्रति मिनेट १० रुपैयाँभन्दा बढी लाग्छ । विकसित देशमा कल गर्न २ रुपैयाँ प्रतिमिनेट भन्दा कम लाग्छ ।

नेपालबाट अमेरिकामा टेलिफोन गर्दा एक रुपैयाँमै कल गर्न सकिन्छ । तर, अमेरिकाबाट नेपाल कल गर्दा यसको तुलनामा धेरै गुणा महँगो पर्छ । विदेशबाट नेपाललगायत अधिकांश विकासोन्मुख देशमा कल गर्दा औसतमा प्रति मिनेट १३ रुपैयाँभन्दा बढी लाग्ने अध्ययनले देखाएको छ ।

विकासोन्मुख देशमा अन्तर्राष्ट्रिय अन्तरआबद्धता शुल्क अधिक हुने भएकाले बाहिरबाट आउने कल गर्दा बढी लाग्छ । नेपालमा कल गर्दा यहाँ अव्यस्थित सेवा प्रदायकलाई धेरै शुल्क बुझाउनुपर्छ । हाल नेपालमा सबै सेवा प्रदायकहरुले औसतमा प्रति मिनेट ५ रुपैयाँभन्दा बढी अन्तरआबद्धता शुल्क लिने कारणले गर्दा बाहिरबाट आउने कल महँगो हुने अध्ययनले देखाएको छ । हाल नेपालमा सेवा प्रदायकहरुले अन्तर्राष्ट्रिय अन्तरआबद्धता शुल्क ४ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँ ५० पैसासम्म प्रतिमिनेट लिने गरेका छन् ।

विकसित मुलकुकमा प्रतिस्पर्धाका कारण मुलुकबाहिर गरिने कलका निमित्त महसुल कम राख्छन् । विकसित देशमा अन्तरआबद्धता शुल्क कम हुने हुनाले कम महसुल राख्न सम्भव हुन्छ । त्यसमा पनि आफ्नो मुनाफा कम राखेर मूल्य निर्धारण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.