राष्ट्रिय फुटबल खेलाडीबीच मदिरापान पछि झगडा


काठमाडौ, चैत्र ७ – एएफसी च्यालेन्ज कप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीबीच शनिबार राति पोखरामा झगडा र हात हालाहाल भएको छ । राष्ट्रिय टिम भुटानविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि पोखरा गएको थियो । शनिबार दोस्रो खेलपछि टिम व्यवस्थापनले खेलाडीलाई राति ११ बजेसम्म घुम्न छुट दिएको थियो र झगडा खेलाडीहरू फर्केपछि सुरु भएको थियो । टिम लेकसाइडस्थित बेड-रक होटलमा बसेको थियो । अधिकांश खेलाडीले मदिरा सेवन गरेका कारण एकापसमा विवाद उत्पन्न भएको बताइएको छ ।

स्रोतका अनुसार अनिल ओझा र शिव श्रेष्ठले मदिरा सेवन गरेपछि होहल्ला गरेका थिए । उनीहरूको व्यवहारमा आपत्ति जनाएपछि सिनियर खेलाडीसँग वादविवाद सुरु भएको थियो । होहल्लाको विरोध गरेका विकास मल्ल र जगजित श्रेष्ठसँग उनीहरूले विवाद गरेका थिए ।

त्यसपछि हात हालाहालको स्थिति पनि उत्पन्न भएको थियो । आइतबार नेपाली राष्ट्रिय टिम पोखराबाट काठमाडौं फर्केको छ । त्यसमा अनिल र शिव भने थिएनन् । उनीहरू छुट्टै फर्केका छन् । आइतबार बेलुका राजधानी फर्केयता टिम क्राउन प्लाजा होटलमा बसेको छ ।

स्थिति तनावपूर्ण भएपछि नेपाली टिमका बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले अनिल र शिवलाई टिमबाट बाहिर राखेको तथा निष्कासन गरेको स्रोतले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को यस घटनाको विषयमा सोमबार बैठक बस्ने भएको छ । ‘उत्पन्न स्थिति’bout राष्ट्रिय टिमका व्यवस्थापक, प्रशिक्षक र खेलाडीसँग सोमबार छलफल गरिनेछ । उनीहरूसँग आवश्यक सोधपुछपछि मात्र केही निर्णय हुनेछ,’ एन्फा उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठले भने, ‘त्यसपछि मात्र केही बताउन सक्नेछौं ।’

Posted by; Shiva Paudel

source: ekantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.