गंगा बीसी
दार्चुला, चैत्र ७ – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रियताको विषयमा सबै दलले साझा अवधारणा तयार पार्नुपर्ने बताएका छन् । उनले राष्ट्रियता बलियो पार्न सबै एक हुनुपर्नेमा जोड दिएका छन् । सोमबार बिहान दार्चुलाको खलंगामा ओयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘राष्ट्रियता बलियो बनाउनको लागि भारतसँग जोडिएका सिमाना व्यवस्थित गर्नुपर्छ ।’ उनले विवादको टुंगो लगाउन वैज्ञानिक सत्य तथ्यका आधारमा सिमासँग जोडिएको विवाद निर्धारण गरिनुपर्ने बताए ।
यस्तै सिमाना विवादसंग जोडिएको कालापानी सिमाना विवादलाई माहाकालीको उदगम स्थलको आधारमा विवाद टुंगयाउनु पर्ने भट्टराईको भनाइ थियो । उनले आर्थिक रुपमा सवल बन्न सकेमात्र हामी बलियो हुनसक्ने बताए ।
Posted by: Shiva Paudel
Source: ekantipuronline