न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजाबाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न


प्रदिप थापा मगर, न्यू योर्क

The joint memorial of Late Prime Ministers of Nepal Girija P. Koirala & Krishna P. Bhattarai. Photos: eEyeCam.com

नेपाली जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरद्वारा स्वर्गीय नेपाली काँग्रेस नेताद्वय कृष्णप्रशाद भट्टराई तथा गिरिजाप्रशाद कोइरालाको क्रमश: १३ दिने तिथी र वार्षिकी स्‍मृति सभाको न्यू योर्कस्थित सत्य नारायण मन्दिरमा सम्पन्न गरेको छ ।

आइतबार अपरान्ह आयोजना गरिएको उक्त स्‍मृति सभा च्याप्टर संयोजक कृष्ण पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो। च्याप्टरकि सदस्य माया भट्टले स्वागत मन्तब्य राख्नु भएको थियो ।

सभामा एक मिनेट स्व. नेताहरुको सम्झनामा मौन धारण गरियो भने उपस्थित अतिथी तथा आयोजकहरुद्वारा स्व. नेता द्वयको तस्बिरमा पुष्प गुच्छा अर्पण गरियो । संरासंकालागि नेपाली स्थाई नियोग प्रमुख तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यद्वारा दीप प्रज्ज्वलित गरिएको थियो ।

Ambassador H.E. Gyanchandra Acharya paying tribute by lighting the candles to later Nepalese leaders. Photos: eEyeCam.com

उक्त स्‍मृति सभामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै महामहिम राजदूत आचार्यकासाथै उपप्रमुख शंकर बैरागी र मिनिस्टर काउन्सिलर अमृत राइ सहभागी हुनुभएको थियो भने न्यू योर्क झन्डै एक दर्जन संघ संस्था प्रतिनिधीहरु तथा न्यू योर्कका नेपालीहरुको उपस्थिती रहेको थियो।

Khagendra GC, Coorodinator, Nepali Jana Samparka Samiti America at the memorial. Photos: eEyeCam.com

आ-आफ्नो शोक मन्तब्य ब्यक्त गर्नुहुनेहरुमा महामहिम आचार्य, नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय संयोजक तथा वकिल खगेन्द्र जिसी, जनसंपर्क समितीका पूर्व केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, सहसंयोजक बेद खरेल, नेपाल तरुण दल अमेरिकाका अध्यक्ष गजेन्द्र बुढाथोकी, तरुण दल अमेरिकाका महासचिब मनमोहन घिमिरे, युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलप्मेन्ट सेन्टर अध्यक्ष थानेश्वर राइ, नेपाली काँग्रेस पूर्व महासमिती द्वय बंशलाल तामाङ तथा कृष्णबहादुर चुनारा, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम (UNDF) न्यू योर्क च्याप्टर अध्यक्ष सीता खरेल्, एन एन्ड जे इन्टरटेन्मेन्ट इङ्ककि अध्यक्ष कमल प्रसाइ, न्यू योर्क नेवा गुठीका अध्यक्ष आदित्य महर्जन, कलाकार शैलेश श्रेष्ठ र हरिशचन्द्र हमाल हुनुहुन्थ्यो।

Ambassador H.E. Gyanchandra Acharya at the memorial. Photos: eEyeCam.com

सभामा अन्तरराश्ट्रिय नेपाली साहित्य समाजकि केन्द्रिय महासचिब गीता खत्री र यम अर्यालले स्व नेता द्वयको सम्झनामा लेखेको कविता पाठ गर्नुभएको थियो । कार्यक्रम च्याप्टरका महासचिब बिकास बिष्टले सन्चालन गर्नुभएको थियो ।

Anand Bist, former President, Nepali Jana Samparka Samiti America at the memorial. Photos: eEyeCam.com

स्‍मृति सभामा बक्ताहरुले नेपालका पूर्व प्रधानमन्त्रीसमेत रहेका काँग्रेसका पूर्व सभापति द्वय स्व. भट्टराई र कोइरालालाई श्रद्दान्जली अर्पण गर्ने बहानामा अमेरिकामा जन संपर्क समितीको नाममा एक आपसमा मुख बराबर होउन्जेल रडाको मच्चाएका काँग्रेसी बन्धुहरुलाई नेपाली काँग्रेसको मेलपिलापको निती र पूर्व नेताहरुको पदचापलाई पछ्याउन सके मात्र स्व. नेताहरुप्रति सच्चा श्रद्दान्जली हुने सुझाए।

अझ एक काँग्रेसी बन्धुले स्व. भट्टराई र कोइराला स्वर्गबाट झरेर मिलाउन आएपनि न्यू योर्कका काँग्रेसीहरु मिल्न नसक्ने ठोकुवासमेत गरे।

Nepalese paying tribute to two late Nepalese leaders Prime Ministers of Nepal Girija P. Koirala & Krishna P. Bhattarai by Jana Samparka Samiti America NY Chapter in New York on March 20, 2011. Photos: eEyeCam.com

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.