थप कीर्तिमानको लागि खगेन्द्र इटली


गिनिज वुक अफ वर्ल्ड रेकर्ड्समा सबै भन्दा होचा व्यक्तिको नाम लेखाई सकेका नेपालका खगेन्द्र थापा मगर थप नयाँ कीर्तिमानका लागि इटली गएका छन् । नेपालबाट कतारको दोहा आएर एउटा साँस्कृतिक कार्यक्रममा सहभागी भएका खगेन्द्र आइतबार राति दोहाबाट त्यसतर्फ लागेका हुन् । खगेन्द्र आफ्ना बुवा रुपबहादुर र खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष निमबहादुर रानासँग इटली जाँदै छन् । युरो टिभीको खर्चमा जान लागेका उनीहरु इटलीको समय अनुसार सोमबार बिहान नै पुगेका छन् । उनीहरु इटलीमा एक साता रहने छन् ।

प्रतिस्थानका अध्यक्ष रानाले सबै भन्दा सानो खुट्टा, सबै भन्दा सानो हात र सबै भन्दा कम तौलको प्रतिस्पर्धा गर्नका लागि जान लागेको ईटली उड्नु अघि दोहामा इकान्तिपुरलाई बताए । ‘प्रस्ताव लगेका छौं, रेकर्ड होला नहोला थाहा छैन तर हामी प्रतिस्पर्धा गर्ने छौं’ रानाले भनेका छन् ।

बागलुङको धुल्लुबास्कोट गाविस वडा नम्बर ६ उर्लेनीमा जन्मेका साढे १८ वर्षिय खगेन्द्रको उचाई ६७.८ सेन्टी मिटर र तौल साढे ५ केजी छ । उनलाई ६ महिना अघि अशोज २८ गते १८ वर्ष पुरा भएकै दिन गिनिज वुक अफ वर्ल्ड रेकर्ड्सका उपाध्यक्ष मार्को पिरगाटी पोखरा आएर विश्वमा सबै भन्दा होचो व्यक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।

शुक्रवार सबेरै दोहा आएका खगेन्द्र तीन दिन यहाँ बसेर इटली गएका छन् । दोहाबाट अघिल्लै इटली दिन जाने भने पनि एक दिन ढिलाई थियो । पर्यटन वर्ष २०११ को सद्भाव राजदुत समेत तोकिएका खगेन्द्रलाई नेपाली प्रवासी मगर संघ, कतारले साँस्कृतिक कार्यक्रम सहित आफ्नो दिवस मनाउने क्रममा दोहामा सम्मान गरेको थियो ।

उनी इटली जाने क्रममा दोहाको कार्यक्रममा सहभागी भएका थिए ।

Posted by: DPR                                                     Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.